Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
समाज
  • Home
  • समाज
  • एउटा फेसबुक स्टाटसमा वडाध्यक्षको उग्रताले निम्तिएको नेपालगन्जको तनाव 
एउटा फेसबुक स्टाटसमा वडाध्यक्षको उग्रताले निम्तिएको नेपालगन्जको तनाव  फेसबुक स्टाटसको विवाद धार्मिक तनावसम्म पुग्नुमा स्थानीय प्रशासनको मुख्य कमजोरी
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, असोज १७, २०८०

नेपालगन्ज : सामाजिक सञ्जालको प्रयोग कतिसम्म संवेदनशील छ भन्ने कुरा नेपालगन्जमा उत्पन्न धार्मिक तनावले सिकाएको छ । सामाजिक सञ्जालमा लेखिएको जथाभावी टिप्पणीले बाँकेमा हिन्दु र मुस्लिम समुदाय आमने-सामने भएका छन् ।

जुनसुकै बेला दंगा भड्किने खतरा उत्पन्न भएपछि स्थानीय प्रशासनले नेपालगन्ज उपमहानगरभित्र अनिश्चितकालीन कफ्र्यु लगाएको छ । तनावको निहुँ ठूलो छैन । ११ असोजमा मुस्लिम समुदाय मोहम्मद डेमा रमाइरहेको थियो ।

बाँके नरैनापुरका एक युवाले इस्लाम धर्मका संस्थापक पैगम्बर मोहम्मदको नाम जोड्दै सामाजिक सञ्जालमा जथाभावी स्टाटस लेखे । जार्बुद यादव नामको फेसबुक आईडीबाट सो टिप्पणी लेखिएको थियो । न धेरै फलोअर्स थिए, न त लेख्ने व्यक्तिकै परिचय राम्ररी खुलेको थियो । तर, धार्मिक निन्दा गरिएको त्यो टिप्पणीबाट मुस्लिम समुदाय तरंगित हुन पुग्यो । 

सोही फेसबुक स्टाटसका कारण तनाव बढ्दै जाँदा मंगलबार नेपालगन्जमा दुई समुदायबीच झडप र कफ्र्यु लाग्ने अवस्था सिर्जना भयो । दुई समुदायलाई आमनेसामने ल्याउन नेपालगन्ज उपमहानगरपालिका-५ का वडाध्यक्ष सराफत खानको मुख्य भूमिका देखिएको प्रहरी स्रोत बताउँछ ।

जथाभावी स्टाटस लेखेको भन्दै खानको नेतृत्वमा १४ असोजमा एउटा पक्षले नेपालगन्जमा प्रदर्शन र्गयो । सो पक्षले प्रदर्शनका क्रममा टायर बाल्ने, अर्का समुदायप्रति उग्र नाराबाजी गर्ने र जिल्ला प्रशासन कार्यालयभित्र पुगेर झण्डा गाडे गरेपछि अर्को पक्ष विरोधमा उत्रियो ।

यसैबीचमा खजुराखुर्दका युवाहरूले कलुवा नामको टिकटक आईडीमा हिन्दुप्रति गालीगलौज गरेको भिडियो भाइरल भइसकेको थियो । जसपाबाट निर्वाचित वडाध्यक्ष खान स्वयम्ले अर्का समुदायविरुद्ध उत्तेजना फैलाउने गरी अभिव्यक्ति दिएपछि नेपालगन्जमा योजनाबद्ध विरोध प्रदर्शनको तयारी हुन थाल्यो । सो घटनाबारे जसपाको आधिकारिक धारणा मागियो । वडाध्यक्ष खानले माफी माग्नुपर्ने अडान अर्को पक्षको रह्यो । तर, त्यसका लागि उनी तयार भएनन् । 

NPJ Tanab Photo 21696389843.jpeg

यी घटनाक्रमले उत्पन्न तनावबीच ओमकार परिवारले मंगलबार नेपालगन्ज बन्द आह्वान गर्यो । ‘शान्तिपूर्ण’ र्याली निकाल्ने जानकारी स्थानीय प्रशासनलाई गराइयो । भिन्न समुदायबीच एकपछि अर्को प्रदर्शनले नगरको शान्तिसुरक्षा खलबलिने विश्लेषणसहित स्थानीय प्रशासनले १५ असोजमा सर्वपक्षीय बैठक बोलायो । सो बैठकले सामाजिक तथा धार्मिक सद्भाव र्याली निकाल्ने निर्णय त गर्यो, तर ओमकार परिवारको नेपालगञ्ज बन्द र प्रदर्शन रोक्न सकेन ।

मंगलबार बिहान नेपालगन्जमा निकालिएको सद्भाव र्यालीमा केही धार्मिक अगुवा, राजनीतिक कार्यकर्ता, उद्योगी व्यवसायी सहभागी भए पनि उल्लेख्य सहभागिता भने देखिएन । दुई पक्षले भित्रभित्रै प्रदर्शन र प्रतिवादको तयारी गरिरहेको बुझ्न गाह्रो भएन ।

बागेश्वरी मन्दिरको पूर्वी गेटबाट निस्केको ओमकार परिवारको जुलुस सेतु बिक चोक, धम्बोझीहुँदै बीपी चोक पुग्दासम्म शान्त नै थियो । जुलुसमा सिसा प्रहार भएपछि सहभागीको भागाभाग हुन पुग्यो । त्यसले दुई पक्षबीच झडपको स्थिति आयो ।

बीपी चोक र इदगाह रोडमा दुई पक्ष आमनेसामने भएर ढुंगा हानाहान गरेपछि नियन्त्रण गर्न प्रहरीले एक दर्जनपटक हवाई फायर गरेको थियो । सो झडपमा प्रहरी र प्रदर्शनकारीहरू घाइते पनि भएका छन् । घाइतेको नेपालगन्जका अस्पतालमा उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ ।  

‘बहुधार्मिक, बहुसांस्कृतिक शहरका आफ्नै संवेदनशीलता हुन्छन् । जनप्रतिनिधिले विवाद वा तनाव बढाउने हैन, संयम र धैर्यतापूर्वक शान्ति कायम गर्न लाग्नुपर्छ,’ नेपालगन्जका मेयर प्रशान्त विष्ट भन्छन्, ‘हामी तनाव बढ्न नदिन प्रयत्न गरिरहेका छौँ । दंगा फसाद गराएर कसैलाई फाइदा छैन भन्ने सबैले बुझ्नुपर्छ ।’ 

फेसबुक स्टाटसको विवाद धार्मिक तनावसम्म पुग्नुमा स्थानीय प्रशासनको कमजोरी मुख्य देखिएको छ । धार्मिक र साम्प्रदायिक प्रदर्शनलाई निषेधाज्ञा लगाएर रोक्नुपर्नेमा जिल्ला प्रशासनले अनुमति दियो । त्यसले एकपछि अर्को प्रदर्शनलाई निम्त्यायो ।

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले स्थितिलाई सम्हाल्ने गरी परिपक्वता देखाउन नसक्दा प्रहरी प्रशासन मुकदर्शनजस्तो बन्न पुग्यो । उनी भने अमुक व्यक्तिले केही लेख्दैमा वा टिकटकमा बोल्दैमा उत्तेजित भएर प्रदर्शनमा उत्रिनु दुर्भाग्यपूर्ण रहेको बताउँछन् ।

‘स्टाटसको नाममा यो विवाद निस्कियो । लेख्ने मान्छे सार्वजनिक व्यक्ति हैन । तर, त्यसले उत्तेजना फैलायो । प्रशासनले छानबिन गरिरहेको छ,’ प्रजिअ आचार्यले भने, ‘अहिले जे तनाव उत्पन्न भएको छ, यसलाई रोक्न र समाजलाई शान्तिपूर्ण बाटोमा फर्काउन सामुदायिक अगुवा, धार्मिक गुरुहरू, मिडिया र सिङ्गो बाँकेवासी लाग्नुपर्छ ।’ -शिलापत्रबाट


प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  ०९:०६
प्रतिक्रिया दिनुहोस्
थप समाज
कैलाली कारागारको कुटपिटमा गम्भीर घाइते एक जनालाई काठमाडौं पठाइयो
कैलाली कारागारको कुटपिटमा गम्भीर घाइते एक जनालाई काठमाडौं पठाइयो शनिबार, साउन २४, २०८२
कैलाली कारागारभित्र गुण्डा समूहको ‘ग्याङ वार’
कैलाली कारागारभित्र गुण्डा समूहको ‘ग्याङ वार’ शनिबार, साउन २४, २०८२
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी शनिबार, साउन २४, २०८२
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह शनिबार, साउन २४, २०८२
आज जनै पूर्णिमा, धुमधामका साथ मनाइदै
आज जनै पूर्णिमा, धुमधामका साथ मनाइदै शनिबार, साउन २४, २०८२
उच्च अदालतमा न्यायाधीश नियुक्तिप्रति बारको असन्तुष्टि
उच्च अदालतमा न्यायाधीश नियुक्तिप्रति बारको असन्तुष्टि शुक्रबार, साउन २३, २०८२
भारत उत्तराखण्डको बाढीमा जाजरकोटका १३ मजदुर बेपत्ता
भारत उत्तराखण्डको बाढीमा जाजरकोटका १३ मजदुर बेपत्ता बिहीबार, साउन २२, २०८२
अपांगता व्यक्तिलाई कृत्रिम अंग र सहायक सामाग्री वितरण
अपांगता व्यक्तिलाई कृत्रिम अंग र सहायक सामाग्री वितरण बुधबार, साउन २१, २०८२
राप्ती नदीको जलसतहले सतर्कताको चिन्ह पार गर्यो
राप्ती नदीको जलसतहले सतर्कताको चिन्ह पार गर्यो मंगलबार, साउन २०, २०८२
लोकप्रीय
  • Week
  • Month
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
राप्ती नदीको जलसतहले सतर्कताको चिन्ह पार गर्यो
राप्ती नदीको जलसतहले सतर्कताको चिन्ह पार गर्यो
अपांगता व्यक्तिलाई कृत्रिम अंग र सहायक सामाग्री वितरण
अपांगता व्यक्तिलाई कृत्रिम अंग र सहायक सामाग्री वितरण
'हरियो साउन' मा सन्तानेश्वर महादेव मन्दिर दर्शन
'हरियो साउन' मा सन्तानेश्वर महादेव मन्दिर दर्शन
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्