Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • भूकम्प प्रभावितलाई नेपालगन्जको साथ-(विवरण सहित)
भूकम्प प्रभावितलाई नेपालगन्जको साथ-(विवरण सहित)
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, कात्तिक १८, २०८०

नेपालगन्ज : भुकम्प प्रभावित क्षेत्रमा बाँकेबाट औषधी सहित चिकित्सक टोली र राहत सामाग्री पठाउन सुरु गरिएको छ । नेपालगन्ज मेडिकल कलेजका प्रोफेसर डा. श्याम बि.के, जनरल फिजिसियन डा. देवेन्द्र आचार्य लगायत चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली शनिबार प्रभावित क्षेत्रमा पुगेको छ ।

यस्तै नेपाल रेडक्रस बाँकेले जाजरकोट र रुकुम पश्चिममा ६ सय थान कम्बल, त्रिपाल र पिफर्म पठाएको छ ।  लायन्स क्लब लगायत विभिन्न संस्थाले पनि राहत सामाग्री प्रभावित क्षेत्रतर्फ पठाएका छन् । 

जिल्ला विपद ब्यवस्थापन समिति बाँकेको निर्णय अनुसार नेपालगन्ज उपमहानगरपालिकाको तर्फबाट ४ लाख बराबरको खाद्यान्न, त्रिपाल, झुल, पिफर्म लगायत १ सय परिवारको लागि पुग्ने सामाग्रीसहित मेडिकल टिम परिचालन गरिने भएको छ । 

Jhabi Sharma_Red Cross1699106767.jpg

कोहलपुर नगरपालिकाले तत्काल राहत स्वरुप २ लाख बराबरको खाद्यान्न र औषधी उपलब्ध गराउनेछ । राप्ती सोनारी गाउँपालिकाले एक लाख बराबरको औषधी, ५० हजार रुपैयाँ बराबरको खाद्यान्न र १ जना चिकित्सक सहितको टिम परिचालन गर्ने तथा २० थान कम्मल र २० थान त्रिपाल सहयोग गर्ने भएको छ । खजुरा गाउँपालिकाले ३ लाख बराबरको औषधी सहयोग गर्ने घोषणा गरेको छ । 

जिल्ला विपद ब्यवस्थापन समिति बाँकेको तर्फबाट तत्कालै १० थान टेन्ट, ५० थान त्रिपाल, ५० थान कम्बल उपलब्ध गराउने निर्णय गरिएको छ । केमिकल एण्ड मेडिकल एशोसिएशन सप्लायर्स सर्जिकल प्रा.लि. ३ सय ५० किलो चिउरा र ९ सय प्याकेट चाउचाउ उपलब्ध गराउने जनाएको छ । बी गु्रप बाँकेका तर्फबाट २ सय परिवारका लागि त्रिपाल, म्याट्रेस कम्बल सहयोग गरिने भएको छ ।

नेपालगन्ज ग्रिन सिटीको तर्फबाट २५ बोरा चामल, २ क्विन्टल चिउरा र ४० पेटी चाउचाउ सहयोग गरेको छ । बाँके युनेस्को क्लबले भेरी अस्पतालका घाइतेका लागि अन्जनी माता रसोइमार्फत ८० जनालाई निःशुल्क रुपमा खाना सहयोग गरेको छ ।   

Doctor Toli1699106765.jpg

उद्योग बाणिज्य संघले भेरी अस्पतालमा उपचाररत बिरामीका लागि लागि १÷१ सेट लगाउने कपड़ा उपलब्ध गराएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष समेत रहेका राप्रपाका नेता एवम् ब्यवसायी नन्दलाल बैश्यले भेरी अस्पतालमा रहेका भुकम्पका घाइते तथा कुरुवालाई कम्बल र सल सहयोग गरेका छन् ।

घाइतेको उपचारमा रगत अभाव हुन नदिन नेपालगन्जमा रेडक्रस, नेकपा एमाले तथा अनेरास्ववियु लगायत विभिन्न निकायले रक्तदान पनि गरेका छन् । शनिबार रेडक्रसको रक्तसञ्चार केन्द्र नेपालगन्जमा स्वतःस्र्फुत रुपमा पुगेर कतिपय दाताले आफै रक्तदान गरेका थिए । 

Rashid Kuraisi1699106774.jpg

Nanda Lal Baise1699106768.jpg

Blood Donation1699106765.jpg

Gagan Thapa_Blood Donation1699106767.jpg

Help Banke_11699106875.jpg

Help Banke_21699106875.jpg


प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १९:४९
प्रतिक्रिया दिनुहोस्
थप विशेष
ग्याँस अभाव र समाधानबारे लिखित जवाफ दिन सर्वाेच्चकाे आदेश
ग्याँस अभाव र समाधानबारे लिखित जवाफ दिन सर्वाेच्चकाे आदेश शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्