Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
समाज
  • Home
  • समाज
  • भेरीका तत्कालीन मेसु चापागाईं विरुद्ध सर्वोच्चको ‘परमादेश’ 
भेरीका तत्कालीन मेसु चापागाईं विरुद्ध सर्वोच्चको ‘परमादेश’  चापागाईंको नियुक्ती र लामो समयसम्म खाईपाई आएको सरकारी सेवा सुविधा धरापमा
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, कात्तिक २२, २०८०

नेपालगन्ज : भेरी अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेण्ट डा. बद्री चापागाईं विरुद्ध परेको मुद्दामा सर्वोच अदालतले ‘परमादेश’ आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरीप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले उक्त आदेश जारी गरेको हो । 

२०७० असोज २३ मा लोक सेवा आयोगले नेपाल स्वास्थ्य सेवा डर्माटोलोजी समूह, लेप्रो भेनेरेल डीजीज उपसमूहको नवौं तहको पद आन्तरिक प्रतियोगिताद्वारा पूर्ति गर्नेगरी विज्ञापन प्रकाशित गरेको थियो । उक्त पदका लागि चापागाईं सिफारिस पछि नियुक्त भएका थिए । 

डा. चन्द्रभाल झाले लोकसेवा आयोग अनामनगर र डा. चापागाईलाई विपक्षी बनाएर दायर गरेको मुद्दाको सुनुवाई गर्दै अदालतले आदेश जारी गरेको हो । अदालतले मंगलबार जारी गरेको आदेशको पूर्णपाठ भने आइसकेको छैन । यद्यपी, अदालतले निवेदकको माग अनुसार गर्न आदेश दिएको स्रोतले जनाएको छ ।

डा. चापागाईको योग्यता नपुगेको भन्दै डा. झाले लोक सेवा आयोगमा उजुरी दर्ता गरेपनि सुनुवाई नभएपछि सर्वोच्च अदालत पुगेका थिए । डा. चापागाईंको नियुक्ती सिफारिस कानून विपरीत भएको भन्दै त्यतिवेला नै झाले लोक सेवा आयोगमा उजुरी दर्ता गराएका थिए । तर, आयोगले उनको सिफारिस कानून बमोजिम भएको भनेपछि सर्वोच्च अदालत गुहार्न पुगेको डा. झाले बताएका छन् । 

झाले अदालतमा दायर गरेको मुद्दामा ‘नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा १२ को देहाय ९ घ ले सम्बन्धित परिषदमा दर्ता नभएको व्यक्ति स्वास्थ्य सेवाको पदमा नियुक्ति हुन नसक्ने उल्लेख गरिएको छ । उक्त व्यवस्था विपरीत विज्ञापनको दरखास्त दिने अन्तिम म्यादभित्र परिषदमा दर्ता नरहेका उम्मेदवार चापागाईंको सिफारिस कानून विपरीत रहेको उनले जिकिर गरेका छन् । 

त्यस्तै, लोक सेवाबाट विज्ञापन नम्बर १७०७८-०७२-७३ खुल्ला, नेपाल स्वास्थ्य सेवा डर्माटोलोजी समूह, लेप्रो भेनेरल डीजीज उपसमूहको एघारौं तहको डर्माटोलोजिष्ट पदका लागि प्रकाशित विज्ञापनमा समेत डा. चापागाई उम्मेदवार रहेका थिए । 

उक्त पदमा नियुक्त भएका चापागाईंको नियुक्ती रद्द गर्नसमेत झाले आयोगसमक्ष माग गरेका थिए । तर, आयोगले भने चापागाईंको नियुक्ती कानूनसम्मत रहेको जिकिर गर्दै आएको थियो । २०६३ जेठमा प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृत पदमा अस्थायी नियुक्ती पाएका उनले २०६३ चैत २७ मा नेपाल स्वास्थ्य सेवा जनरल हेड स्वास्थ्य समूह अधिकृतको सातौं तहको मेडिकल अधिकृत पदमा स्थायी नियुक्ती पाएर कार्यरत रहेको लोक सेवा आयोगले जनाएको छ ।

आयोगका अनुसार २०६७ असोज १ गतेदेखि तीन वर्षका लागि अध्ययन बिदा लिई डा. चापागाईले एमडी अध्ययन गरेका थिए । त्यसपछि २०७१ असार २२ गते लोक सेवा आयोगको सिफारिस अनुसार नवौं तहमा नियुक्ती भएको आयोगले प्रष्ट्याएको छ । नवौं र एघारौं तहको परीक्षामा समावेश हु“दा विशेषज्ञ वा परिषद् दर्ता अनुसार भएको आयोगले जनाएको छ । यही कारण उजुरीकर्ताको दाबी सत्य नदेखिएको समेत आयोगको जिकिर रहँदै आएको थियो ।

डा. झाले डा. चापागाईंको ‘नियुक्ती बदरको मागसहित’ लोक सेवालाई विपक्षी बनाएर मुद्दा हालेको वर्षौ बितिसक्दा पनि फैसला हुन सकेको थिएन । अदालतले कात्तिक २१ गते (मंगलबार) पेशी तोकेको थियो । अदालतको आदेश आएपछि अब डा. चापागाईको नियुक्ती र उनले लामो समयसम्म खाईपाई आएको सरकारी सेवा सुविधा के हुन्छ ? त्यसका लागि भने आदेशको पूर्णपाठ कुर्नुपर्ने कानुन व्यवसायी बताउँछन् ।  


प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १४:३६
प्रतिक्रिया दिनुहोस्
थप समाज
नेपालगन्जमा ब्राउन सुगर कारोबार, प्रहरीले समात्यो कारोबारही 
नेपालगन्जमा ब्राउन सुगर कारोबार, प्रहरीले समात्यो कारोबारही  शुक्रबार, साउन ३०, २०८२
उच्च र जिल्ला न्यायाधीशको एकै पटक सरुवा 
उच्च र जिल्ला न्यायाधीशको एकै पटक सरुवा  शुक्रबार, साउन ३०, २०८२
कैलालीका सीडीओ हमाल तानिए गृह मन्त्रालय
कैलालीका सीडीओ हमाल तानिए गृह मन्त्रालय बुधबार, साउन २८, २०८२
सरकारले गर्यो एकै पटक ७२ सहसचिवको सरुवा
सरकारले गर्यो एकै पटक ७२ सहसचिवको सरुवा बुधबार, साउन २८, २०८२
विन्दू कुँवरको स्मरणमा चियापान, पार्वता र नील सागरलाई संकलित रकम सहयोग
विन्दू कुँवरको स्मरणमा चियापान, पार्वता र नील सागरलाई संकलित रकम सहयोग मंगलबार, साउन २७, २०८२
जुम्लामा काँचोमै टिप्न थालियो स्याउ, ठुलो परिमाणको स्याउ बरामद
जुम्लामा काँचोमै टिप्न थालियो स्याउ, ठुलो परिमाणको स्याउ बरामद मंगलबार, साउन २७, २०८२
रविलाई थुनामै राख्न अदालतको आदेश
रविलाई थुनामै राख्न अदालतको आदेश सोमबार, साउन २६, २०८२
कैलाली कारागारको कुटपिटमा गम्भीर घाइते एक जनालाई काठमाडौं पठाइयो
कैलाली कारागारको कुटपिटमा गम्भीर घाइते एक जनालाई काठमाडौं पठाइयो शनिबार, साउन २४, २०८२
कैलाली कारागारभित्र गुण्डा समूहको ‘ग्याङ वार’
कैलाली कारागारभित्र गुण्डा समूहको ‘ग्याङ वार’ शनिबार, साउन २४, २०८२
लोकप्रीय
  • Week
  • Month
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह
नेपालगन्ज-दिल्ली सिधा उडानलाई ओलीको भ्रमण एजेण्डामा राख्न माग
नेपालगन्ज-दिल्ली सिधा उडानलाई ओलीको भ्रमण एजेण्डामा राख्न माग
महिला उद्यमी संघ बाँकेको अध्यक्षमा रेवती सिंह
महिला उद्यमी संघ बाँकेको अध्यक्षमा रेवती सिंह
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्