Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
मेरो कथा
  • Home
  • मेरो कथा
  • जनावरलाई असाध्यै माया गर्ने रेखा
जनावरलाई असाध्यै माया गर्ने रेखा
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, भदौ १३, २०७८

नेपालगन्ज :  मानिसका इच्छा, चाहना अनेक हुन्छन् । आफुले चाहेर पनि कतिपयले इच्छा चाहना पुरा गर्न सकिरहेका हुदैनन् । तर, यही समाजमा कोही ब्यक्ति यस्ता पनि छन्, जसले आफ्नो इच्छा पुरा गर्न सफल भएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ निवासी रेखा श्रेष्ठको जीवन पनि यस्तै छ ।

स्याङ्जा, पुतलीबजार नगरपालिका वडा नम्बर १ घुम्ती गाउँ जन्मेपनि उनको बाल्यकाल बाग्लुङ र स्याङ्जामा बित्यो । ‘बुवा सरकारी जागिर खानुहुन्थ्यो, बुवा जता सरुवा भएर जानुहुन्थ्यो, सानोमा म पनि बुवासँगै जान्थ्ये,’ उनले स्मरण गरिन् । स्याङ्जास्थित हिमालयन इंगलिस मिडियम बोर्डिङ स्कुलमा एस.एल.सी. सम्मको अध्ययन पुरा गरेपछि महाकवि देवकोटा उच्च माध्यामिक बिद्यालय सुनवल नवलपरासीमा रेखाले प्लसटु सम्मको अध्ययन गरिन् ।

बुटवल बहुमुखी क्याम्पसबाट स्नातक तह र प्दम कन्या क्याम्पस काठमाडौंबाट स्नातकोत्तर तह अध्ययन गरेकी उनी अहिले नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा एल.एल.बी गर्दैछिन् । बिबाह भएपछि रेखाको कर्मभुमी नेपालगन्ज बन्यो । नेपालगन्जका सामाजिक अभियन्ता सुरेन्द्रदीप कार्कीसँग रेखाको बिबाह हुनुमा रोचक प्रसंग जोडिएको छ ।

दुबै जना ‘ओशो’ को सन्याशी हुन् । ‘भोजन, भजन र बिचार मिलेपछि दाम्पत्य जीवन दिर्घकालिन हुन्छ भन्ने मान्यता अनुरुप हाम्रो बिबाह भएको हो, अर्को कुरा हामी दुबै जना पशु प्रेमी पनि हौं,’उनले भनिन् । नेपालगन्जमा पशुको अधिकारको बारेमा पहिलो पटक आवाज उठाउने ब्यक्ति नै सुरेन्द्र थिए ।

पशुसँग नजिक हुने सानैदेखीको रुची, त्यसमा पनि सुरेन्द्रसँगको बैबाहिक सम्बन्धले रेखालाई पनि पशुको अधिकारको विषयमा वकालत गर्न सहज भयो । ‘म सानो छँदा घरमा कुकुर र बिरालोलाई असाध्यै माया गथ्र्ये, घरमा पालेका कुकुर र बिरालोलाई कस्ले सुताउने भन्ने विषयमा हामी दिदी बहिनी र दाजु भाईबीच तानातान हुन्थ्यो,’ उनले भनिन् ‘आखिरमा सानो छँदा मैले जुन इच्छा राखेको थिए, मैले अहिले त्यही काम गर्न पाएकी छु ।’

उनी अहिले एनिमल नेपालको फिल्ड अफिसरको रुपमा नेपालगन्जमा कार्यरत छिन् । रेखा कुकुर र बिरालोको मायाले हुरुक्कै हुन्छिन् । छोरा आसुतोस दीप कार्की पनि कुकुर बिरालोसँगै खेल्छन् । रेखाले अहिले पशुको कल्याण सम्बन्धी काम गर्छिन् । ‘मैले आफ्नो ह्याविट अनुसार काम गरिरहेकी छु, बाटोमा कुनै कुकुरले दुःख पाएको देखेपछि मेरो मन आर्कषित हुन्छ, त्यस्ता दुःखी कुकुरको सेवा गर्न मन लाग्छ ।’

पशुले पाएको पीडाले आफुलाई दुःख्ने रेखा बताउँछिन् । अहिले विषेशगरी गधा, घोडा र खच्चडको निःशुल्क उपचार गर्न तथा गधा, घोडा र खच्चड पाल्ने समुदायको आर्थिक उत्थानमा उनको सक्रियता छ । नेपालगन्जमा पहिलो पटक घोडाको बिमा गराउन रेखा सफल भएकी छन् । ‘अहिलेसम्म एक दर्जनबढी घोडाको बिमा बनाएका छौं,’ उनले भनिन् ।

नेपालगन्जमा दुई वर्षअघि कुकुरको बन्ध्याकरण शिविर गरेर चर्चा कमाएकी रेखाले यसवर्ष पनि सोही कार्यक्रम गरिन् । उनका अनुसार १ सय ८० वटा कुकुरको बन्ध्याकरण गरिएको थियो । यसवर्ष २ सय ५० वटा कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य राखेकी छन् । ‘कुकुरको संख्या मात्रै धेरै हुने, तर उनीहरुले स्याहार नपाउने हुँदा बन्ध्याकरण गर्न थालिएको हो,’ उनले भनिन् ।

नेपालगन्जमा कुकुरलाई उद्धार गरेर अमेरिका सम्म पुर्याउन रेखा सफल भएकी छन् । ‘नेपालगन्जको सिग्नेट होटलको छेउमा नाजुक अवस्था देखेर एउटा कुकुरको उद्धार गरेको थिए, त्यो कुकुर अहिले अमेरिकामा छ,’ रेखाले सुनाईन् । नेपालगन्जमा कुकुरको लागि सेल्टर बनाउने उनको सपना छ । ‘सेल्टर बनाएपछि कुकुरको ब्यवस्थापन गर्न सजिलो हुन्छ, कुकुरले पनि बाटोमा दुःख पाउँदैनन्,’ उनले भनिन् । पशुको कल्याणमै जीवन सर्मपित गर्ने उनको योजना छ ।


प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  २२:२०
प्रतिक्रिया दिनुहोस्
थप मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन शुक्रबार, फागुन १, २०८२
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर शनिबार, साउन १७, २०८२
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ शनिबार, जेठ ५, २०८१
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता शनिबार, फागुन २६, २०८०
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  बुधबार, कात्तिक ३०, २०७९
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  बुधबार, कात्तिक ३०, २०७९
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! सोमबार, कात्तिक २८, २०७९
'राजनीतिक र खेलकुदको संघर्ष' बाट खारिएका सुरेन्द्र हमाल
'राजनीतिक र खेलकुदको संघर्ष' बाट खारिएका सुरेन्द्र हमाल शनिबार, कात्तिक २६, २०७९
‘शालिन ब्यक्तित्व र विकासका कर्मठ’ बादशा कुर्मी
‘शालिन ब्यक्तित्व र विकासका कर्मठ’ बादशा कुर्मी शनिबार, कात्तिक २६, २०७९
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्