Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • बाँकेका अधिकांस बिद्यालयका छात्रामा बेहोस् हुने लक्षण  
बाँकेका अधिकांस बिद्यालयका छात्रामा बेहोस् हुने लक्षण  
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, फागुन ११, २०८०
बेहोस् भएर लडेकी बाँकेको एक बिद्यालयमा अध्ययनरत छात्रा ।

नेपालगन्ज : बाँकेको राप्ती सोनारी-१ कुसुमस्थित सिद्देश्वर महादेव माविका ५ जना छात्रामा आइतबार एकै प्रकृतिको लक्षण देखियो । उक्त बिद्यालयको कक्षा ७ मा पढ्ने ४ जना र कक्षा १० की एक जना छात्रामा बेहोस् हुने, चिच्याउने, बर्बराउने, अर्धअचेत हुने र मुर्छा पर्ने जस्ता लक्षण देखा परेपछि केहीबेरसम्म शिक्षकहरु डराए । 

विद्यालयका प्रधानाध्यापक आदित्य जिसीका अनुसार ५ जना छात्रामा एकै पटक एउटै प्रकृतिको लक्षण र समस्या देखा परेपछि अन्य बिद्यार्थी समेत त्रसित भए । त्यसदिन बिद्यालयको पठन पाठन नै प्रभावित बन्न पुग्यो । घटनाको तीन दिनपछि बुधबार न्यूरो विशेषज्ञ चिकित्सक सहितको टोली पुगेर ति छात्रालाई परामर्श दियो ।

नेपालगन्ज न्यूरो ट्रमा एण्ड मल्टिस्पेस्यालिटी हस्पिटल’ का चिकित्सकले छात्रालाई परामर्श मात्रै दिएनन्, बिद्यालयमा बिद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय जनप्रतिनिधिलाई समेत राखेर सचेतना जगायो । त्यसपछि  बिद्यालयको वातावरण केही शान्त बनेको छ । यद्यपी, अझैपनि कतिपय बिद्यार्थीमा छाएको त्रास हटेको छैन । 

यो समस्या सिद्धेश्वर महादेव माविको मात्र होईन । जिल्लाका अन्य थुप्रै बिद्यालयका छात्राहरु पनि यस्तो समस्याबाट वर्षौदेखी पीडित रहेको पाइएको छ । तर, विविध कारणले गर्दा उनीहरुले आफ्नो समस्यालाई बाहिर ल्याउन सकेका छैनन् । बाँकेका धेरैजसो बिद्यालयमा छात्रा बेहोस् हुने समस्या दिन प्रतिदिन बल्झिदै गइरहेको छ ।   

राप्ती सोनारीकै वडा नम्बर ९ मा पर्ने गणेश मावि ढकेरीका छात्राहरु पनि बेहोस हुने, मुर्छा पर्ने जस्ता समस्याबाट लामो समयदेखी पीडित छन् । उक्त बिद्यालयका प्रधानाध्यापक खडानन्द डाँगीले केही वर्षयता यो समस्याबाट छात्राहरु पीडित हुदै आएको बताउँछन् ।

‘पोहोरसाल सम्म धेरै जना छात्रा यो समस्याबाट पीडित थिए, अहिले दुई जना छात्रा बेला-बेलामा बेहोस र मुर्छा परिरहन्छन्,’ उनले भने ‘केहीले उपचार गराएर निको भएका छन्, आर्थिक अवस्था कमजोर भएका र अभिभावकको साहारा नपाएका कतिपयले नेपालगन्जसम्म पुगेर उपचार गर्न सक्ने आँट गरेका छैनन् ।’

प्रअ डाँगीका अनुसार कक्षा कोठामा पढ्दै गर्दा होस् या बिद्यालयको कुनै कार्यक्रममा सहभागी हुने क्रममा छात्राहरु एक्कासी बेहास् हुन्छन् । उनले थपे, ‘बेहोस् भएपछि शान्त कोठामा लगेर सुताउँछौं, त्यसपछि उनीहरु आफै होस्मा आउँछन् ।’ राप्ती सोनारी-७ फत्तेपुरस्थित नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय गुलरीमा पनि यो समस्या बारम्बार बल्झिदै आएको छ ।

बिद्यालयका प्रधानाध्यापक किशुलाल चौधरीका अनुसार अहिले कक्षा ९ मा पढ्ने अन्दाजी १५/१६ वर्षका दुई जना किशोरीमा बर्बराउने, मुर्छा पर्ने, काप्ने र बेहोस हुने जस्ता समस्या केही वर्षदेखी बल्झिदै आएको छ । छात्रामा बल्झिएको यो समस्या पूर्ण रुपमा निको नहुँदा जतिबेला, जहाँपनि ढल्न सक्ने अवस्था रहेको उनले सुनाए । ‘कतिबेला यिनीहरुमा समस्या बल्झिन्छ थाहै हुदैन,’ प्रअ चौधरीले भने ‘एक्कासी बर्बराउँदै बेहोस हुन थालेपछि हामीलाई पनि डर लाग्छ ।’

यो समस्याबाट जिल्लाका अन्य बिद्यालयमा पढ्ने छात्राहरु पनि पीडित छन्, तर कतिपय बिद्यालयले बाहिर ल्याउँदैनन् । छात्रामा देखिएको समस्यालाई सामान्य रुपमा लिदा बाहिर नआएको हो । चिकित्सकका अनुसार यो समस्याको बेलैमा उपचार गरेपछि मात्र निको हुन्छ । 

नेपालगन्ज न्यूरो ट्रमा एण्ड मल्टिस्पेस्यालिटी हस्पिटलका वरिष्ठ न्यूरो सर्जन डा. जोशन न्यौपानेका अनुसार छात्रामा देखा परिरहेको यो समस्यालाई मेडिकल भाषामा ‘कन्भर्जन डिसअर्डर’ भनिन्छ । ‘यो समस्या किशोरी अवस्थादेखी करिव ३०/३५ वर्षको उमेरसम्मलाई हुन्छ,’ डा. न्यौपानेले भने ‘उमेर बढेसँगै आत्मबल बढ्दै गएपछि यो आफै पनि निको हुन सक्छ ।’ तर, समस्या बल्झिरहेमा समयमै चिकित्सकको परामर्शमा उपचार गर्नुपर्ने उनी बताउँछन् । 

डा. न्यौपानेले थपे, ‘यस्ता समस्या भएका किशोरीको उपचारका लागि घर परिवार र शिक्षकहरुको सहयोग हुनुपर्छ, उहाँहरुले राम्रो वातावरण बनाईदिनुपर्छ ।’ यो समस्याबाट कोही पीडित भएमा आफुले सक्दो सहयोग गर्न तयार पनि रहेको उनले बताए । डा. न्यौपानेले भने, ‘बिद्यालयले हामीसँग समन्वय गर्नुपर्यो, हाम्रो सानो सहयोगले कसैको स्वास्थ्य राम्रो बन्छ भने साथ नै रहन्छ ।’  

यो पनि पढ्नुस् :

छात्रा चिच्याउन, बर्बराउन थालेपछि शिद्देश्वर महादेव माविको पढाई प्रभावित


प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  २२:२९
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु बुधबार, वैशाख १६, २०८३
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर  बुधबार, वैशाख ९, २०८३
‘कानुनी प्रक्रिया पुरा गरेरै गुणस्तरीय सेवा’ : सेन्ट्रल सिटी हस्पिटल
‘कानुनी प्रक्रिया पुरा गरेरै गुणस्तरीय सेवा’ : सेन्ट्रल सिटी हस्पिटल आइतबार, चैत २२, २०८२
नेपालगन्जमा क्यान्सर उपचारका नवीन प्रविधिबारे चिकित्सकहरुबीच अन्तरक्रिया
नेपालगन्जमा क्यान्सर उपचारका नवीन प्रविधिबारे चिकित्सकहरुबीच अन्तरक्रिया शुक्रबार, फागुन २९, २०८२
कौशल्यामा पत्रकारको गरियो निःशुल्क स्वास्थ्य जाँच
कौशल्यामा पत्रकारको गरियो निःशुल्क स्वास्थ्य जाँच शनिबार, माघ १०, २०८२
कौशल्या मेमोरियल अस्पतालमा पत्रकारको निःशुल्क स्वास्थ्य शिविर
कौशल्या मेमोरियल अस्पतालमा पत्रकारको निःशुल्क स्वास्थ्य शिविर शुक्रबार, माघ ९, २०८२
बैजनाथ-४ मा यसवर्ष पनि हात्ती पाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम
बैजनाथ-४ मा यसवर्ष पनि हात्ती पाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम बिहीबार, माघ ८, २०८२
बाँकेमा १६ औं पटक थालियो हात्तीपाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम  
बाँकेमा १६ औं पटक थालियो हात्तीपाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम   बिहीबार, माघ ८, २०८२
प्रेस युनियन लुम्बिनी र कौशल्या मेमोरियल अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता
प्रेस युनियन लुम्बिनी र कौशल्या मेमोरियल अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता सोमबार, पुस २८, २०८२
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्