Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • सिक्टा नहरका किसानले अझै पाएनन मुआब्जा
सिक्टा नहरका किसानले अझै पाएनन मुआब्जा आयोजना कार्यालयमा दैनिकजसो किसानको भीड
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, फागुन २०, २०८०

नेपालगन्ज : बाँके, खजुरा–७ की परमावती कुर्मीको करिव १३ कठ्ठा जमिन सिक्टा सिँचाइ आयोजनाको शाखा नहर क्षेत्रभित्र परेको छ । सिक्टाको नहर क्षेत्रभित्र पर्ने भएपछि सरकारले उनको जमिन रोक्का गरिदियो । कुर्मी परिवारले अहिले आफ्नो जमिन न कसैलाई बिक्री गर्न पाएको छ, न बैंकमा धितो राखेर ऋण निकाल्न पाएको छ, न त सरकारबाट ‘मुआब्जा’ रकम नै पाएको छ । 

लामो समयदेखि मुआब्जा रकम नपाउँदा परिवारको ठूलो खर्च टार्न मुस्किल परिरहेको कुर्मी परिवारको गुनासो छ । ‘अहिलेसम्म हाम्रो जमिन रोक्का छ, सरकारले मुआब्जाबापतको पैसा नै दिएको छैन,’ छोरा नवराजले भने, ‘सरकारले जमिन रोकेर राख्ने, पैसा पनि नदिएर हाम्रो गाउँका धेरै किसानमाथि अन्याय गरेको छ ।’ मुआब्जा रकम माग्न कुर्मी परिवारले आयोजना कार्यालयमा धाइरहेको छ । तर, सधैं रित्तो हात फर्किनुपरेको छ । 

कुर्मी परिवारको जस्तै पश्चिम मूल नहरअन्तर्गत निर्माणाधीन विभिन्न शाखा नहर क्षेत्रका किसानले मुआब्जाबापतको रकमका लागि आयोजना कार्यालयमा धाइरहेका छन् । शाखा नहर निर्माण क्षेत्रका किसानको जमिन सरकारले रोक्का गरेको छ । समयमा मुआब्जा वापतको रकम नपाएका किसानले रोक्का भएको जमिन बेचबिखन गर्न र जमिन धितो राखेर ऋण झिक्न पाएका छैनन् । केही किसानले मात्र मुआब्जाबापतको रकम पाएका छन । मुआब्जा रकम नपाउँदा किसानहरू पीडित भएका छन । पीडित किसानको आयोजना कार्यालयमा दैनिकजसो भीड लाग्ने गरेको छ ।

मुआब्जाबापतको रकम माग्न आउने किसानलाई अनुरोध गर्नेबाहेक कर्मचारीसँग अरू कुनै उपाय छैन । मुआब्जाबापतको रकम दिन ढिलाई गरेर किसानमाथि राज्यले अन्याय गरेको कर्मचारीलाई पनि महसुस भइरहेको छ । तर, किसानलाई वितरण गर्ने मुआब्जा वापतको रकम पर्याप्त नहुँदा कर्मचारीले केही गर्ने अवस्था छैन । 

मुआब्जा वापतको रकम अभाव हुँदा एकातिर किसानको माग सम्बोधन गर्न नसकिएको, अर्कोतिर आयोजनाको काम पनि दु्रत गतिमा अगाडि बढाउन नसकिएको यहाँका कर्मचारी बताउँछन । राष्ट्रिय गौरवको आयोजना भए पनि बजेट अभावको समस्याले मुआब्जा रकम वितरणको काम अधुरो हुन पुगेको छ । 

आयोजनाको पश्चिम मूल नहरअन्तर्गत पर्ने गुरुवा गाउँ, पर्सेनीपुर, अकलघरुवा, गोहवालगायत स्थानमा शाखा नहर निर्माणको काम चलिरहेको छ । शाखा नहर निर्माण क्षेत्रका किसानलाई करिब ५८ करोड ८९ लाख रूपैयाँ मुआब्जा रकम बाँड्नुपर्ने अवस्था देखिएको आयोजना निर्देशक देवराज निरौंलाले बताए । उनका अनुसार चालु आर्थिक वर्ष २०८०/२०८१ का लागि सरकारले आयोजनालाई कुल ७५ करोड रूपैयाँ विनियोजन गरेको छ । यसमध्ये मुआब्जाका लागि मात्रै १३ करोड ४० लाख रूपैयाँ छुट्याइएको छ ।

‘शाखा नहर निर्माण क्षेत्रका किसानलाई दिनुपर्ने मुआब्जाबापतको रकम ५८ करोड ८९ लाख आवश्यक छ, तर चालु वर्षमा १३ करोड ४० लाख मात्रै बजेट मुआब्जाका लागि आएको छ,’ निर्देशक निरौलाले भने, ‘यो हिसाबले कसरी आयोजनाको काम छिटो, छरितो ढंगले अगाडि बढाउन सकिएला ?’

सबै कागजी प्रक्रिया पूरा भए पनि पर्याप्त बजेट नहुँदा किसानलाई मुआब्जा रकम वितरण गर्न नसकिएको उनले सुनाए । गुरुवा गाउँ शाखा नहर क्षेत्रका किसानलाई मात्र अझै २७ करोड मुआब्जा वापतको रकम वितरण गर्नुपर्ने देखिएको आयोजना निर्देशक निरौलाले बताए । 

मुआब्जा रकम नहुँदा निर्माण कार्यमा पनि असर परेको उनी बताउँछन । पछिल्लो संशोधित गुरुयोजना अनुसार आयोजनाको सम्पूर्ण काम आर्थिक वर्ष २०८९÷९० मा सम्पन्न गर्नका लागि कुल ५२ अर्ब ६४ करोड रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । तर, सरकारले हरेक वर्ष आयोजनाका लागि न्यून मात्रामा बजेट विनियोजन गरेका कारण काम अझै लम्बिने निश्चित रहेको यहाँका कर्मचारी बताउँछन ।

आयोजनाको कामका लागि अहिलेसम्म २० अर्ब ८० करोड खर्च भइसकेको छ भने अझै ३२ अर्ब खर्च हुन बाँकी रहेको छ । ‘अबको नौ वर्षमा वार्षिक तीन अर्बका दरले बजेट खर्च हुन सकेपछि मात्र आयोजनाले तोकिएको समयभित्र पूर्णता पाउन सक्छ, यो हिसाबको बजेटबाट त्यो सम्भावना देखिँदैन,’ निरौला भन्छन । सरकारले पछिल्लो समयमा आयोजनालाई वार्षिक रूपमा एक अर्बभन्दा कम बजेट विनियोजन गर्दै आएको छ । ‘यही अवस्थाले त आयोजनाको सबै काम सम्पन्न हुन अझै ४० वर्षभन्दा बढी समय लाग्ने देखिन्छ,’ एक कर्मचारीले भने । -नागरिक दैनिकबाट 
 


प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  ११:०८
प्रतिक्रिया दिनुहोस्
थप विशेष
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो शुक्रबार, माघ १६, २०८२
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो बिहीबार, माघ १५, २०८२
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर)
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर) बुधबार, माघ १४, २०८२
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी 
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी  बिहीबार, माघ ८, २०८२
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक बुधबार, माघ ७, २०८२
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती बिहीबार, माघ १, २०८२
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’ बुधबार, पुस ३०, २०८२
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा मंगलबार, पुस २९, २०८२
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा शुक्रबार, पुस २५, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्