नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) सुवासचन्द्र बोहराले सेतोखरी डटकम र सद्भाव दैनिकका सम्पादक दामोदर भण्डारीलाई समाचार नलेख्न धम्की दिएको भन्ने घटनाप्रति नेपालगन्जस्थित मानव अधिकारवादी संघ, संस्थाले ध्यानाकर्षण भएको जनाएका छन् । नेपालगन्जमा शुक्रबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएका हुन् ।
समाचारका बारेमा चित्त नबुझे कानुनी प्रक्रियामा जान सकिने उपायहरु हुँदा हुदै धम्की दिनु गलत भएको उनीहरुको धारणा छ । ‘नागरिकको शान्ति सुरक्षा जीउधनको सुरक्षा गर्ने राज्यको दायित्व भएकाले अध्यक्ष दामोदर भण्डारीको सुरक्षाको प्रत्याभुती गर्न प्रहरी प्रशासनलाई अनुरोध गर्दै संविधान तथा कानुन प्रदत्त अधिकारको संरक्षणका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौं,’ विज्ञप्तीमा भनिएको छ ।
कडा शब्दमा पत्रकार महासंघको भत्र्सना
नेपाल पत्रकार महासंघ बाँकेले पनि एक विज्ञप्ती जारी गर्दै घटनाको कडा शब्दमा भत्र्सना गरेको छ । सचिव कमल डाँगीद्धारा जारी विज्ञप्तीमा पदिय जिम्मेवारी विर्सिएर शक्तिको आडमा समाचारको विषयलाई लिएर पत्रकारलाई हतोत्साहित गर्ने र आतंकित पार्ने बोहराको कदमको कडा शब्दमा भत्र्सना गरिएको हो ।
एसएसपी बस्नेतको नेतृत्वमा छानविन समिति गठन
घटनाको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आफ्नो विशेष ध्यानाकर्षण भएको जनाउँदै छानविन समिति गठन गरिएको उल्लेख गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरा लगायत अन्य प्रहरी कर्मचारीको बारेमा स्थानीय सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशन भएका समाचार र विभिन्न टिकाटिप्पणीका सम्बन्धमा विशेष ध्यानाकर्षण भएको उल्लेख छ ।
सो सम्बन्धमा छानबिन गरी सत्य तथ्य बुझ्नका लागि कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेतको अध्यक्षतामा छानविन समिति गठन गरिएको प्रदेश प्रहरी कार्यालयले आफ्नो आधिकारिक फेसबुकमा लेखेको छ ।
![Manabadhikar-Stetment-1712312895.jpg](https://www.dursanchar.com/uploads/posts/Manabadhikar-Stetment-1712312895.jpg)
![FNJ-Stetment-2080--12---23-1712312893.jpg](https://www.dursanchar.com/uploads/posts/FNJ-Stetment-2080--12---23-1712312893.jpg)
![Lumbini-Pradesh-Police-Office--1712312892.jpg](https://www.dursanchar.com/uploads/posts/Lumbini-Pradesh-Police-Office--1712312892.jpg)
सम्बन्धित समाचारहरु :
महासंघ अध्यक्ष भण्डारीलाई दिएको धम्कीप्रति गम्भीर ध्यानाकर्षण
एसपी बोहराले दिएको धम्कीप्रति पत्रकारको चासो र चिन्ता
पत्रकार महासंघ अध्यक्ष भण्डारीलाई एसपी बोहराको धम्की