Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
विशेष
  • Home
  • विशेष
  • नेपालगन्जमा रोजगार मेला आज पनि जारी, बेरोजगारको आर्कषण 
नेपालगन्जमा रोजगार मेला आज पनि जारी, बेरोजगारको आर्कषण 
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, चैत १६, २०८१

नेपालगन्ज : नेपालगन्ज कोरियनपुरकी मनिषा केसी केही समयदेखी रोजगारीको पर्खाईमा छिन् । स्थानीय महेन्द्र बहुमुखी क्याम्पसमा बिबिएस प्रथम वर्षमा पढ्ने उनी ‘पार्ट टाईम’ रोजगारी मिल्ने बित्तिकै काम गर्न तयार छिन् । रोजगारी खोजिरहेका बेला मनिषालाई अहिले ‘ढुंगा खोज्दा देउता मिलेझै’ भयो ।

मेलाको स्टलमा पुगेर उनले आफ्नो शैक्षिक योग्यतासहितको विवरण बुझाएकी छन् । रोजगार मेलाबाट आफुले खोजेको जस्तो रोजागारी मिल्ने उनको विश्वास छ । ‘मैले चार/पाँच ठाउँमा फाराम भरेर बुझाएँ,’ राम्रो मार्केटिङ र होटल लाईनमा काम गर्न खोजेकी हुँ,’ उनले भनिन् ‘बिद्यार्थी जीवन त सबैभन्दा गरिव जीवन हो, पार्ट टाइमको जब मिल्यो भने धेरै राहत मिल्थ्यो ।’ रोजगार मेलामा मनिषा जस्ता थुप्रै बेरोजगार युवा युवती तथा अन्य सर्बसाधारण नागरिक पुगेका छन् । नेपालगन्जमा शुक्रबारदेखी सञ्चालनमा आएको रोजगार मेला शनिबार(आज) पनि जारी छ ।

हेर्नुस् भिडियो रिपोर्ट :

मेलामा विशेषगरी बेरोजगार ब्यक्तीहरुको आकर्षण देखिएको छ । उक्त मेलामा दोस्रो दिन शनिबार समुह छलफल चलिरहेको संघका प्रथम उपाध्यक्ष चिरञ्जिवी ओलीले जानकारी दिए । ‘मेला आज पनि चलिरहेको छ, रोजगारीका लागि आवेदन दिनेहरुको भिड छ,’ उनले भने । मेलाबाट रोजागारी पाउने अधिकांसको अपेक्षा छ । रोजगार प्रदायक होटल तथा उद्योग, ब्यवसायिक प्रतिष्ठानले रोजगारीका लागि उनीहरुको आवेदन लिइरहेका छन् । बाँकेका ७ वटा स्थानीय तहसँगको सहकार्यमा नेपालगन्ज उद्योग वाणिज्य संघले उक्त मेला सञ्चालनमा ल्याएको हो । 

मेलाले तत्काल र दीर्घकालीन रुपमा रोजगार सिर्जना गर्ने संघको विश्वास छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी मेलाबाट रोजगारदाता र बेरोजगार ब्यक्तीलाई यसबाट ठुलो लाभ मिल्ने विश्वासमा छन् । ‘हामीलाई मेनपावर चाहिएको छ भनेर रोजगार प्रदायकहरु आएका छन्, हामी बेरोजगार भयौं, रोजगारी चाहियो भनेर बेरोजगार ब्यक्तीहरु पनि आएको अवस्था छ,’ उनले भने ‘रोजगारी पाउने र रोजगारी दिने दुबै पक्षलाई एकै ठाउँमा राखेर हामीले मध्यस्थकर्ताको काम गरेका हौं ।’

मेला अवधिमा मात्र कम्तिमा एक सय जनाले रोजगार पाउने संघले अपेक्षा गरेको छ । औद्योगिक प्रतिष्ठानको जनशक्तिको आवश्यकता अनुसार सीपमूलक तालिम दिएर दक्ष जनशक्तिलाई भविष्यमा रोजगारी दिइनेछ । मेलामा तालिम प्रदायक सरकारी तथा गैरसरकारी निकायप्रति पनि बेरोजगार ब्यक्तीको आर्कषण रहेको पाइएको छ । मेलामा बाँकेका ग्रामिण क्षेत्रबाट समेत रोजगारी माग्न बृद्ध, बृद्धाहरु समेत आएका छन् ।

उक्त मेलामा विभिन्न प्रकारका ४० वटा स्टल राखिएको छ । रोजगारीको अवसरका लागि मेला महत्वपूर्ण माध्यम बनेको स्थानीय तहका रोजगार संयोजक बताउँछन् ।  ‘बेरोजगारलाई लक्षित गरेर यो प्लेटफमको विकास गरेका हौं,’ कोहलपुर नगरपालिकाका रोजगार संयोजक आशिष वर्मा भन्छन् ‘युवालाई सिकाईसँगै दक्षता, सिप कला, अनुभवका आधारमा विभिन्न उद्योगसँग जोडिने मेलाबाट अवसर प्राप्त पनि हुन्छ ।’ मेलाबाट धेरै भन्दा धेरै युवाहरु लाभाम्वित हुने उनको विश्वास छ ।  

नरैनापुर गाउँपालिकाका रोजगार संयोजक मकबुल अहमद मुकेरी स्थानीय तहमा सूचीकृत रहेका बेरोजगार ब्यक्तीलाई रोजगारी दिलाउनु मेलाको मुख्य उद्देश्य रहेको बताउँछन् । ‘यो मेला बाँकेमा पहिलो पटक सञ्चालन भएको हुँदा महत्वपूर्ण पनि छ, यसबाट धेरैले लाभ लिनुहुनेछ भन्नेमा हाम्रो अपेक्षा छ ।’

बाँकेका अधिकांस उद्योगीले भारतीय कामदारमार्फत आफ्ना उद्योग चलाईरहेका छन् । तर, नेपाली कामदारहरु भने कामका लागि भन्दै वर्षेनी भारत लगायत विभिन्न देशमा गइरहेको देखिन्छ । यस्तो अवस्थामा बाँकेमा पहिलो पटक सञ्चालन भएको रोजगार मेलाले रोजगारदाता र कामदारलाई जोड्ने काम गर्ने जयमंगलम् सिमेन्ट्स प्रा.लि.बाँकेका प्रमुख संजय अग्रवाल बताउँछन् । 

‘रोजगारदाताले कामदार नपाउने र कामदारले रोजगार नपाउने अवस्था थियो, जनशक्ती नपाउँदा भारतीय कामदार समेत राख्नुपर्ने बाध्यता छ, हामीले दक्ष कामदार पाउन मुस्किल भइरहेका बेला यो मेलाले मध्यस्थताको काम गर्छ,’ उनले नागरिकसँग भने ‘उद्योग चलाउँदाखेरी हामीलाई दक्ष र अदक्ष मान्छे चाहिन्छ, दक्ष जनशक्ती आफ्नै देशमा पाइएपछि भारतीय कामदार ल्याउन हामीलाई बाध्यता हुदैन, स्वदेशी जनशक्ती भएपछि सहज हुन्छ ।’ 

यो पनि पढ्नुस् :

नेपालगन्जमा रोजगार मेला सुरु : रोजगारीमा सबैको चासो

बाँकेमा भोलिदेखी लाग्दै रोजगार मेला


प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्
थप विशेष
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक  बुधबार, असार १८, २०८२
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण सोमबार, असार १६, २०८२
आज राष्ट्रिय धान दिवस, १६ प्रतिशत धान रोपाइँ
आज राष्ट्रिय धान दिवस, १६ प्रतिशत धान रोपाइँ आइतबार, असार १५, २०८२
जानकीको ५२ करोड बढी बजेट प्रस्तुत 
जानकीको ५२ करोड बढी बजेट प्रस्तुत  मंगलबार, असार १०, २०८२
बैजनाथको अनुमानित ८२ करोड २१ लाख बजेट प्रस्तुत, नीति तथा कार्यक्रम पारित
बैजनाथको अनुमानित ८२ करोड २१ लाख बजेट प्रस्तुत, नीति तथा कार्यक्रम पारित मंगलबार, असार १०, २०८२
डुडुवाको ५६ करोड बजेट सार्वजनिक, नीति तथा कार्यक्रम पारित
डुडुवाको ५६ करोड बजेट सार्वजनिक, नीति तथा कार्यक्रम पारित मंगलबार, असार १०, २०८२
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने  मंगलबार, असार १०, २०८२
नरैनापुरको ५१ करोड ६३ लाख बजेट सर्वसम्मत पारित
नरैनापुरको ५१ करोड ६३ लाख बजेट सर्वसम्मत पारित मंगलबार, असार १०, २०८२
खजुराले ल्यायो ८५ करोड बजेट, कबड्डी खेललाई मान्यता 
खजुराले ल्यायो ८५ करोड बजेट, कबड्डी खेललाई मान्यता  मंगलबार, असार १०, २०८२
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्