Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
विशेष
  • Home
  • विशेष
  • नयाँ वर्ष २०८२ लाई नेपालगन्जमा भब्य स्वागत गरिदै, होटल सिद्धार्थको ‘विशेष सांगितिक कार्यक्रम’
नयाँ वर्ष २०८२ लाई नेपालगन्जमा भब्य स्वागत गरिदै, होटल सिद्धार्थको ‘विशेष सांगितिक कार्यक्रम’
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, चैत ३०, २०८१

नेपालगन्ज : नेपाली नयाँ वर्ष २०८२ लाई नेपालगन्जमा भब्य स्वागत गरिने भएको छ । नयाँ वर्षको पुर्वसन्ध्यामा होटल सिद्धार्थले विशेष सांगितिक कार्यक्रम गर्ने भएको हो  । आइतबार बेलुका होटल प्राङ्गनमा विशेष सांगितिक कार्यक्रम गर्न लागिएको शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । 

पश्चिम नेपालको सांगितिक इतिहासमा पहिलो पटक देशभरी लाखौंको मन जितिसकेको चर्चित ब्याण्ड ‘चेवाङ एण्ड द क्रेटर्स’ ले धमाकेदार लाईभ प्रस्तुती दिन लागेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । विशेष कार्यक्रमले शहरमै ऐतिहासिक माहोल सिर्जना गर्ने अपेक्षा गरिएको छ । ‘चेवाङ एण्ड द क्रेटर्स’ ले ‘जाउँ हिड कान्छी’, ‘इशाराले बोलाउनु पर्दैन’, ‘कस्तो माया तिमीसँगै बस्यो’ लगायतका दर्जनौं चर्चित गितहरु प्रस्तुत गर्दै दर्शकलाई नचाउने सिद्धार्थका कलस्टर सेल्स एण्ड मार्केटिङ म्यानेजर नवीन भट्टले जानकारी दिए ।

हेर्नुस् भिडियो रिपोर्ट :

सांगितिक कार्यक्रममा स्थानीय प्रतिभालाई पहिलो प्राथमिकता दिइने पनि उनले बताए । भट्टका अनुसार कार्यक्रमको सुरुवात नेपालगन्जकै स्थानीय ब्याण्डबाट हुनेछ । ‘द समय ब्याण्ड’ लगायतका स्थानीय प्रतिभाहरुले सांगितिक माहोल तताउनेछन् । यसैगरी स्थानीय कलाकारहरुद्धारा साँस्कृतिक नृत्य र प्रस्तुती पनि रहनेछ । जसले कार्यक्रममा मौलिकता र क्षेत्रीयताको मिठास थप्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमको अन्त्यतिर नेपालको चर्चित महिला डिजे ‘डिजे पिजा’ को करिव २ घण्टा लामो प्रस्तुति रहने होटलले जनाएको छ । उक्त कार्यक्रमलाई अवलोकन गर्न वयस्कका लागि २ हजार रुपैयाँ र ५ देखी १२ वर्षभन्दा कम उमेरका बालबालिकाको लागि १ हजार ५ सय रुपैयाँ प्रवेश शुल्क राखिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । ‘यसमा वेलकम ड्रिंक्समा जुस र क्यान बियरका साथै स्वादिष्ट स्न्याक्सको ब्यवस्था रहेको छ,’ भट्टले भने ‘कार्यक्रमको दौरानमा लक्की ड्रको पनि विशेष व्यवस्था गरिएको छ, जहाँ १० हजार रुपैयाँ बराबरको फर्निसिङ सामान जित्ने मौका रहेको छ ।’ कार्यक्रमका लागि टिकट काटेका मध्येबाट एक जना विजेतालाई आर्कषक पुरस्कारको ब्यवस्था गरिएको छ । 

सिद्धार्थ हस्पिटालिटीका क्षेत्रीय प्रबन्धक केशव न्यौपानेले नेपाली नयाँ वर्षलाई विशेष बनाउन होटलले विभिन्न शाखामा कार्यक्रम गर्न लागेको बताए । नेपाली नयाँ वर्ष मनाउने सँस्कृतिको विकास गर्न भारतसम्म पनि प्रचार–प्रसार गरिएको जानकारी दिए । ‘नेपाली नयाँ वर्षलाई अंग्रेजी नयाँ वर्षभन्दा बढी प्राथमिकतामा राखेर नेपाली कलाकारलाई अघिल्लो पटक भन्दा राम्रा कलाकार ल्याएका छौं,’ उनले भने । 

होटल सिद्धार्थका  प्रबन्धक प्रदिप कोइरालाले पारिवारीक वातावरणमा नयाँ वर्ष मनाउने ब्यवस्था मिलाएको न्यौपानेले बताए । नयाँ वर्षको अवसरमा दर्शकमाझ विशेष कार्यक्रम पस्किने जमर्को गर्दै खानपिन, मनोरञ्जन र पर्याप्त सुरक्षा ब्यवस्था मिलाइएको उनले बताए । ‘हामीले हाम्रो आन्तरिक सुरक्षाकर्मीका साथै बाहिरबाट थप निजी कम्पनीका सुरक्षाकर्मीलाई पनि ल्याउनेछौं, साथै आवश्यकता अनुसार जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयबाट पनि सुरक्षाको प्रतिवद्धता पाएका छौं,’ कोइरालाले भने ।


प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १९:४७
प्रतिक्रिया दिनुहोस्
थप विशेष
घरेलु उद्योगबाट लुम्बिनीमा ४ करोड बढी राजश्व संकलन
घरेलु उद्योगबाट लुम्बिनीमा ४ करोड बढी राजश्व संकलन आइतबार, भदौ २२, २०८२
निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य 
निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य  आइतबार, भदौ १५, २०८२
‘महिला उद्यमीलाई अगाडी बढाउन नीतिगत काम गरिरहेका छौं' : अध्यक्ष ज्ञवाली  
‘महिला उद्यमीलाई अगाडी बढाउन नीतिगत काम गरिरहेका छौं' : अध्यक्ष ज्ञवाली   बुधबार, साउन २८, २०८२
महिला उद्यमी महासंघको लुम्बिनी प्रदेश स्तरिय समिति बिस्तार 
महिला उद्यमी महासंघको लुम्बिनी प्रदेश स्तरिय समिति बिस्तार  बुधबार, साउन २८, २०८२
महिला उद्यमी संघ बाँकेको अध्यक्षमा रेवती सिंह
महिला उद्यमी संघ बाँकेको अध्यक्षमा रेवती सिंह बुधबार, साउन २८, २०८२
महिला उद्यमी संघ कोहलपुरमा अञ्जना पाण्डे
महिला उद्यमी संघ कोहलपुरमा अञ्जना पाण्डे बुधबार, साउन २८, २०८२
जुम्लामा काँचोमै टिप्न थालियो स्याउ, ठुलो परिमाणको स्याउ बरामद
जुम्लामा काँचोमै टिप्न थालियो स्याउ, ठुलो परिमाणको स्याउ बरामद मंगलबार, साउन २७, २०८२
नेपालगन्ज-दिल्ली सिधा उडानलाई ओलीको भ्रमण एजेण्डामा राख्न माग
नेपालगन्ज-दिल्ली सिधा उडानलाई ओलीको भ्रमण एजेण्डामा राख्न माग आइतबार, साउन २५, २०८२
कर्णाली विकास बैंक घोटाला प्रकरणका मुख्य आरोपी कारागार चलान 
कर्णाली विकास बैंक घोटाला प्रकरणका मुख्य आरोपी कारागार चलान  बिहीबार, साउन २२, २०८२
लोकप्रीय
  • Week
  • Month
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
काठमाडौंको आन्दोलनमा बाँकेका सुलभराज श्रेष्ठको मृत्यु
काठमाडौंको आन्दोलनमा बाँकेका सुलभराज श्रेष्ठको मृत्यु
नेपालगन्ज कारागारमा कैदीले गरे आगजनी, सेनाले चलायो गोली
नेपालगन्ज कारागारमा कैदीले गरे आगजनी, सेनाले चलायो गोली
नेपालगन्जमा जेन-जीको प्रदर्शन, वीपी चोक क्षेत्र अस्तब्यस्त
नेपालगन्जमा जेन-जीको प्रदर्शन, वीपी चोक क्षेत्र अस्तब्यस्त
गृहमन्त्री लेखकले दिए राजीनामा
गृहमन्त्री लेखकले दिए राजीनामा
लोकतान्त्रिक खेलकुद संघ क्षेत्र नम्बर १ बाँकेमा शर्मा  
लोकतान्त्रिक खेलकुद संघ क्षेत्र नम्बर १ बाँकेमा शर्मा  
पूर्व एसएसपी विक्रमसिंह थापा कांग्रेस लुम्बिनी प्रदेश समितिबाट पदमुक्त
पूर्व एसएसपी विक्रमसिंह थापा कांग्रेस लुम्बिनी प्रदेश समितिबाट पदमुक्त
'महिलाले अधिकार पाउनमा कांग्रेसको ठुलो योगदान' : सह-महामन्त्री राठौंर
'महिलाले अधिकार पाउनमा कांग्रेसको ठुलो योगदान' : सह-महामन्त्री राठौंर
कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य पोखरेल पदमुक्त
कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य पोखरेल पदमुक्त
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्