नेपालगन्ज : स्वस्तिका अटो एण्ड इन्जिनियरिङ वक्र्सले ‘नेपालगन्ज एक्सचेन्ज मेला’ सञ्चालन गर्ने तयारी गरेको छ । बाँकेको गनापुरस्थित आफ्नै शोरुम परिसरमा यही यही बैशाख २६ र २७ गते मेला सञ्चालन गर्न लागेको हो ।
मेलामा फोर्ड, सिट्रोन, लिपमोटर, काई र जेएसी लगायत ब्राण्डको गाडीसँग कुनै पनि अन्य कम्पनीका पुरानो गाडी एक्सचेन्ज गर्न सकिने स्वस्तिका अटो एण्ड इन्जिनियरिङ वक्र्सका प्रबन्ध निर्देशक निरन्जन राजभण्डारीले सोमबार पत्रकारमाझ जानकारी दिए । उनका अनुसार स्वस्तिका अटो पश्चिम नेपालमा विश्व प्रतिष्ठित ब्राण्ड फोर्ड, सिट्रोन, लिपमोटर, काई र जेएसीको स्थानीय वितरक हो ।
‘एकै छानामुनि पाँच वटा ब्राण्डलाई ग्राहकले एक्सचेञ्ज गर्न पाउनु हुनेछ,’ उनले भने । करिव डेढ दशकदेखि नेपालगन्जमा अटो मोबाइल व्यवसाय गर्दै आएको स्वस्तिका अटोले एउटै छातामुनि धेरै प्रकारका ब्राण्ड बिक्री वितरण र साटफेर गर्ने नयाँ सोंच अगाडी सारेको हो ।
राजभण्डारीले भने, ‘एउटै छातामुनि धेरै प्रकारका ब्राण्ड भेट्दा ग्राहकहरुलाई छनोटमा सहज हुने हामीले अपेक्षा गरेका छौं, हामीले आफ्नै जमिनमा अत्याधुनिक भौतिक पुर्वाधार संरचना निर्माण गरी शोरुम र सर्भिसिङ सेन्टर खोलेर सेवा प्रदान गरिरहेका छौं, यसले पनि हामीप्रति आम मानिसको विश्वास आर्जन भएको छ ।’ नेपालगन्जलाई केन्द्र बनाएर आसपासका जिल्लामा समेत सेवा दिंदै आएको स्वस्तिका अटोले ग्राहकको सन्तुष्टी नै आफ्नो पहिलो प्राथमिकता रहेको जनाएको छ ।