नेपालगन्ज : आठौं प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव बुधबार (आज) नेपालगन्जको प्रदर्शनी स्थलमा चर्चित गायिका प्रिति आलेको सांगीतिक प्रस्तुती दर्शकका लागि मुख्य आकर्षण बनेको छ ।
महोत्सवमा चर्चित गायिका आलेको 'रक्सी छैन जाडै खाउ है नभएनी मिठो' बोलको चर्चित गीत प्रस्तुत गरेपछि नेपालगन्जका दर्शक झुमेका थिए । महोत्सवमा चर्चित गायिका आलेले गाएको र्याप ब्याटल दोहोरी गीत ‘आयो तेरो मिस चुबलाग साला थिस’ बोलको चर्चित गीत गाउँदा दर्शकहरु रमाउदै झुमेका थिए ।
उक्त महोत्सवमा गायिका प्रितीले गाएको चर्चित चर्चित गीतहरु ‘सोल्टी राजाको कम्मरमा पानी सोल्टी राजाको टुम्लेटमा पानी, आफ्नै बाटो लागिहाल बरु बेर्थै पिंटाई भेट्लास है भाईहरु, डांडै माथी पिपल, सम्पत्ती न मेरो जींउडाल के को मायाजाल, त मेरो खुट्टाको जुत्ता’ लगायतका गीतहरु दर्शक माझ पस्किन । आलेका सबै गीतहरुमा दर्शकहरु चिच्याउदै हर्षाउल्लासका साथ रमाएका थिए ।

यस्तै चर्चित गायक श्रीकृष्ण बम मल्लले प्रस्तुत गरेको 'डाँडाघरे साइली' बोलको गितमा दर्शकहरु झुमी झुमी नाचेर साथ दिएका थिए । गायक मल्लले पारी परि हिडेका ढाका टोपी लाएका, म त तिम्रो भैसके सानी विद्यानास कसम खाएको छैन लगायतका ठुप्रै आफ्ना चर्चित चर्चित गित प्रस्तुत गरेका थिए । एकपछि एक चर्चित गीत प्रस्तुत गरेका गायक मल्लले आधा दर्जन बढी चर्चित चर्चित गीत प्रस्तुत गरे ।
यस्तै डान्सर तथा मोडल आरुसी अस्लामी मगरको नृत्य प्रस्तुति पनि दर्शकको रोजाइमा परेको थियो । उनको ऊर्जाशील नृत्य, आत्मविश्वासपूर्ण प्रस्तुती र लयबद्ध चालले कार्यक्रम स्थल झन् उत्साहपूर्ण बनेको थियो । आरुसीको नृत्य हेर्न दर्शकले लगातार ताली बजाएर साथ दिएका थिए भने उनको प्रस्तुतीले कार्यक्रमलाई अझै रमाइलो बनाएको थियो ।
महोत्सवमा डान्सर विन्दु विष्टले नृत्य प्रस्तुत गरेकी थिइन, भने महोत्सवमा दैनिक लोक दोहोरी, स्थानिय कलाकारको प्रस्तुती रहने गरेको छ । पुष ३० गतेदेखि संचालन भएको आठौ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एंव व्यापार महोत्सव २०८२ सूरु भएको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा, बाँकेको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगन्ज उपमहानगरपालिका समितिको सह-आयोजनामा सुरु भएको हो ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती रहेको आयोजक मुल समितिका संयोजक समरबहादुर खत्रीले जानकारी दिए । महोत्सवमा चर्चित नायक तथा मोडल पल शाह, गायक तथा मोडल दुर्गेश थापा लगायत दुई दर्जन बढि राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती रहनुका साथै स्थानीय कलाकारको समेत प्रस्तुती रहने संयोजक खत्रीले जानकारी दिए ।
महोत्सवमा बिहीबार (भोलि) चर्चित गायक विशाल सोनी, गायिका सम्झना रनपाल, डान्सर विन्दु विष्टको बेजोड प्रस्तुती रहने छ, भने माघ १० गते लोकप्रिय तथा चर्चित नायक पल शाहको बेजोड प्रस्तुति रहने महोत्सवका साँस्कृतिक संयोजक मिना डाँगीले जानकारी दिए ।