Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
प्रविधी
  • Home
  • प्रविधी
  • नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, जेठ १, २०८३

नेपालगन्ज : नेपालगन्जमा शुक्रबारदेखि संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकारण तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना एवम् नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा सुरु भएको चार दिने तालिमको नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले डिजिटल युगको प्रतिस्पर्धामा पत्रकारलाई अझ सक्षम, दक्ष र आत्मविश्वासी बनाउन तालिम उपयोगी हुने विश्वास व्यक्त गरे । विष्टले नेपालगन्ज उपमहानगरपालिकाले नेपाल पत्रकार महासंघसंग सहकार्य र समन्वय गरेर 'पत्रकार कल्याणकारी कोष' स्थापना गर्न लागेको जानकारी समेत दिए ।

त्यसका लागि कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको उनको भनाई छ । 'अब हामी छिट्टै सुरुको मूलधन १५ लाख हुने गरी अक्षयकोष खडा गर्दैछौं, त्यसमा प्रत्येक वर्ष ५ लाख थप्दै जान्छौं,' उनले भने-'जेठ १५ गते गणतन्त्र दिवसको दिन हामी घोषणा गर्छौं ।' नगर प्रमुख विष्टले मिडिया प्रवर्द्धन कार्यक्रमलाई पनि व्यवस्थित बनाउन कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै अबदेखि आर्थिक वर्षको प्रारम्भदेखि नै कार्यान्वयनमा जाने बताए । नेपालगन्ज उपमहानगरपालिकाले यस अघि नै संचार नीति भने बनाइसकेको छ ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले पत्रकारितामा एआईको विवेकपूर्ण प्रयोग आवश्यक रहेको बताए । चौलागाईले पत्रकारहरूले समय अनुसार आफूलाई अद्यावधिक गर्नुपर्नेमा जोड दिँदै तालिमले सीप र आत्मविश्वास विकास गर्ने विश्वास व्यक्त गरे ।

बाँके शाखा अध्यक्ष गिरीले पत्रकारहरुको क्षमता विकासका लागि एआई तालिम आयोजना गरिएको बताए । "आज विश्व तीव्र रूपमा प्रविधिमैत्री बन्दै गएको छ । पत्रकारिता पनि अब परम्परागत सीमा भन्दा बाहिर पुगिसकेको छ," गिरीले भने-'समाचार लेखन, तथ्य जाँच, भिडियो सम्पादन, सामग्री निर्माण, अनुसन्धान तथा सूचनाको विश्लेषणसम्म AI को प्रयोग हुन थालेको छ । यस्तो अवस्थामा पत्रकारहरूले समय अनुसार आफूलाई अद्यावधिक गर्नु अत्यावश्यक बनेको छ, त्यसैले यो तालिमको महत्व छ ।'

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बम, कार्यपालिका सदस्य वसन्त कनोजिया, वरिष्ठ प्रशासकीय अधिकृत कृष्ण प्रसाद जोशी, प्रशिक्षक जीवन भण्डारी, महासंघ बाँकेका पूर्व अध्यक्षहरु झलक गैरे, निरज गौतम, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगी लगायतको उपस्थिति थियो ।

तालिममा ४० जना पत्रकारहरुको सहभागिता रहेको सचिव कृष्ण ओलीले जानकारी दिए । तालिममा भण्डारी र उमंग निरौलाले सहजीकरण गर्ने ओलीले बताए ।


प्रकाशित मिति: शुक्रबार, जेठ १, २०८३  २२:५०
प्रतिक्रिया दिनुहोस्
थप प्रविधी
त्रिवि सेवा आयोगको निर्णयविरुद्ध विद्यार्थी आमरण अनशनमा
त्रिवि सेवा आयोगको निर्णयविरुद्ध विद्यार्थी आमरण अनशनमा मंगलबार, पुस १५, २०८२
सरकारले बन्द गराएको चार दिनमै खुले फेसबुक, युटुव सहितका सामाजिक सञ्जाल 
सरकारले बन्द गराएको चार दिनमै खुले फेसबुक, युटुव सहितका सामाजिक सञ्जाल  सोमबार, भदौ २३, २०८२
फेसबुक, एक्स, युट्युबसहित २६ सञ्जाल बन्द गर्ने सरकारको तयारी
फेसबुक, एक्स, युट्युबसहित २६ सञ्जाल बन्द गर्ने सरकारको तयारी बिहीबार, भदौ १९, २०८२
लुम्बिनी प्राविधिक विश्व विद्यालय : स्नातह तहमा नयाँ भर्ना प्रक्रिया सुरु
लुम्बिनी प्राविधिक विश्व विद्यालय : स्नातह तहमा नयाँ भर्ना प्रक्रिया सुरु शुक्रबार, साउन ९, २०८२
टिकटकमाथिको प्रतिबन्ध आज हटाउँदै सरकार 
टिकटकमाथिको प्रतिबन्ध आज हटाउँदै सरकार  बिहीबार, भदौ ६, २०८१
बैजनाथलाई बनाइँदै पूर्ण ‘डिजिटल’ गाउँपालिका  
बैजनाथलाई बनाइँदै पूर्ण ‘डिजिटल’ गाउँपालिका   शुक्रबार, जेठ ३२, २०८१
नेपालगन्ज आउँदै नासाका वैज्ञानिक डा. जेइग्लर 
नेपालगन्ज आउँदै नासाका वैज्ञानिक डा. जेइग्लर  बिहीबार, जेठ ३, २०८१
देशभर इन्टरनेट सेवामा एकै पटक समस्या
देशभर इन्टरनेट सेवामा एकै पटक समस्या बिहीबार, वैशाख २०, २०८१
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
संसद्‍मा प्रतिपक्षी दल मागे प्रधानमन्त्रीको राजीनामा
संसद्‍मा प्रतिपक्षी दल मागे प्रधानमन्त्रीको राजीनामा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्