Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विचार
  • Home
  • विचार
  • कहाँ छैन जातीय विभेद ?
कहाँ छैन जातीय विभेद ?
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, भदौ १६, २०७८

मिमबहादुर परियार 
जातीय विभेदको सवालमा नेपाली समाजमा ठूलै पाखण्डी झुन्डको सक्रियता बढ्दो छ । जसको मूल उद्देश्य भनेको जातीय विभेद र भेदभावलाई निरन्तरता दिने र घटनालाई सामान्यकरण गर्ने रहेको बुझिन्छ । अक्सर जातीय विभेदका घटनापछि विभेद गर्दै आएका जातिकै मानिसले सामाजिक सञ्जालदेखि चौतारी, बिसौनी, चियापसलमा अभिव्यक्ति दिन्छन– ‘पहिलाजस्तो छैन अब’, ‘जातीय विभेद हटिसक्यो’, ‘यो बिस्तारै हट्छ’, ‘आजको भोलि कहाँ हट्छ ?’ ‘यस्ता घटनालाई अदालत पु¥याउनु भनेको समाजमा द्वन्द्व निम्त्याउनु हो’ आदि ।

देशको संविधान र कानुनले जातीय भेदभाव तथा छुवाछुतलाई अपराध भनेको छ । यो बिस्तारै हट्छ, त्यसैले तत्काललाई छुट देऊ भनी संविधान र कानुनले भनेको छैन । बरु कारबाही र सजायको व्यवस्था गरेको छ । देशमा कानुन त्यसै बन्दैन, त्यसको लामो पृष्ठभूमि हुन्छ ।

देशको संविधान र कानुनले जातीय भेदभाव तथा छुवाछुतलाई अपराध भनेको छ । यो बिस्तारै हट्छ, त्यसैले तत्काललाई छुट देऊ भनी संविधान र कानुनले भनेको छैन । बरु कारबाही र सजायको व्यवस्था गरेको छ । देशमा कानुन त्यसै बन्दैन, त्यसको लामो पृष्ठभूमि हुन्छ । यसलाई समाजका सबै तह र तप्काका मानिसले नबुझे पनि कम्तीमा युवाले बुझ्नुपर्ने हो । आज कतिपय कथित उच्च जातका युवा नै जात व्यवस्थाका मतियार बनिरहेको देखिन्छ । जातीय भेदभाव तथा छुवाछुत बिस्तारै हट्ने भए हतार गरी कानुन किन बनाउनुपथ्र्यो ? यसको पछाडि पनि कारण होला, न्यायको सिद्धान्त होला ।

नेपाली विशेष गरी हिन्दू समाजको तीतोसत्य के हो भने, जातीय विभेद मन्दिरमा छ, घरमा छ, धारामा छ, सडकमा छ, सदनमा छ, क्याबिनेटमा छ, भोजभतेरमा छ र विचारको अभिव्यक्तिमा पनि छ । यसको अर्थ– मानिसको दिमाग, आचरण, हाउभाउ, बोली–व्यवहार सबैमा कुनै न कुनै रूपमा जातीय विभेदको अंश छ । अधिकांशले यसलाई संस्कार र संस्कृतिको रूपमा बुझिरहेका छन, कुसंस्कार र विकृतिको रूपमा मान्न सकिरहेका छैनन् ।

विभिन्न अध्ययन र अनुसन्धानका अनुसार करिब ३५०० वर्ष अघिदेखि हाम्रो भूगोल अर्थात् हिन्दू समाजमा जात व्यवस्था र विभेद रहेको देखिन्छ । यो व्यवस्थामा एउटा समुदायलाई जसरी हुन्छ मूलधारबाट किनारामा राख्ने प्रपञ्च रचिएको छ । दलितमाथि गैरदलितले गरेको जातीय दमन र अत्याचारको जति निन्दा गरे पनि कम हुन्छ ।

विभिन्न अध्ययन र अनुसन्धानका अनुसार करिब ३५०० वर्ष अघिदेखि हाम्रो भूगोल अर्थात् हिन्दू समाजमा जात व्यवस्था र विभेद रहेको देखिन्छ । यो व्यवस्थामा एउटा समुदायलाई जसरी हुन्छ मूलधारबाट किनारामा राख्ने प्रपञ्च रचिएको छ । दलितमाथि गैरदलितले गरेको जातीय दमन र अत्याचारको जति निन्दा गरे पनि कम हुन्छ । विभिन्न कालखण्डका राजनीतिक परिवर्तनसँगै विभेदका रूप र शैलीमा पनि परिवर्तन आएका छन । पहिला तुच्छ वचन गर्नेले अहिले अलि नम्र शब्दमार्फत विभेदकारी नीतिलाई अपनाएका छन ।

पहिले दलितलाई ‘तँ’ भनी सम्बोधन गर्नेले अहिले ‘तिमी’ भन्न थालेका छन । भाषा र शैली जस्तो भए पनि सार एउटै छ– जसरी भए पनि जातीय भेदभाव तथा छुवाछुत गर्ने । अर्थात विकृति, विभेद र अन्यायलाई प्रश्रय दिने, आफू ‘ठूलो’ भइरहने । कतिपय शिक्षितले पनि यो पाखण्डपनलाई त्याग्न सकेका छैनन । नत्र जातीय विभेदजस्तो मानवताविरोधी गतिविधिलाई किन समर्थन गर्थे १ किन कानुनलाई ठाडै चुनौती दिन्थे ? नेपाली समाजमा दशवर्षे माओवादी जनयुद्धपछि दलितहरुमा जातीय विभेद नसहने चेतनाको राम्रैसँग विकास भएको पाइन्छ । ०६२/६३ को राजनीतिक परिवर्तनपछि समाजमा विभिन्न क्षेत्रमा विभेदबारे बहस हुन थाले ।

विशेषतः गणतन्त्रपछि कानुनी, राजनीतिक र प्रशासनिक तहमा केही परिवर्तन देखिए । यसले विभेद गर्ने समुदायमा पनि केही हदसम्म चेतनाको वृद्धि भएको देखिन्छ । तर विभेद गर्दै आएको समुदायका अधिकांश व्यक्तिको मानसिकतामा परिवर्तन आउन सकेको छैन । उनीहरू अझै पनि ‘जातीय विभेद बिस्तारै हट्छ’ भन्ने रटानमै छन । जातीय विभेदले दलित समुदायका बालकदेखि वृद्धवृद्धासम्मलाई विभिन्न तरिकाले मानसिक पीडा हुने गर्छ ।  

समाजमा अन्य मानिसले जस्तै मानिसको दर्जा नपाएपछि उनीहरू मानसिक रूपमा खुम्चन्छन, प्रगति गर्न सक्दैनन् र अवसरका ढोकाहरू थुनिन्छन । अझ हामीकहाँ विभेदको शृंखला विद्यालय तहदेखि नै सुरु हुन्छ । हाम्रा विद्यालयका पाठ्यक्रम भित्रका केही पाना पल्टाएर हेर्दा स्पष्ट हुन्छ, भलै ती पानामा विभेद गर्नु हुँदैन भनेर लेखिएको होस ।

समाजमा अन्य मानिसले जस्तै मानिसको दर्जा नपाएपछि उनीहरू मानसिक रूपमा खुम्चन्छन, प्रगति गर्न सक्दैनन् र अवसरका ढोकाहरू थुनिन्छन । अझ हामीकहाँ विभेदको शृंखला विद्यालय तहदेखि नै सुरु हुन्छ । हाम्रा विद्यालयका पाठ्यक्रम भित्रका केही पाना पल्टाएर हेर्दा स्पष्ट हुन्छ, भलै ती पानामा विभेद गर्नु हुँदैन भनेर लेखिएको होस । पाठ्यक्रममा रहेका दलितलाई होच्याउने खालका शब्द, चित्र र प्रसंग हटाउन आवाज उठ्दै आएको छ तर त्यसो हुन सकेको छैन ।

पेसा जनाउने चित्रका माध्यमबाट दलितलाई निरिह देखाइन्छ । यस्ता पुस्तक पढ्ने पुस्ताले दलितलाई मानिसको रूपमा सम्मान गर्नभन्दा दयाभाव राख्न सिक्ने देखिन्छ । यो २१ औँ शताब्दीमा हाम्रो समाजमा समाजमा जातीय भेदभाव तथा छुवाछुत हुने विभिन्न घटना घटिरहेकै छन । र, देशका चेतनशील युवा दलित र गैरदलित दुवै० सडकमा पोस्टर लिएर उभिन बाध्य छन, जात व्यवस्थाविरुद्ध । एकथरी गैरदलित युवा दलितको अधिकारको विरोधमा उत्रने गर्छन्।

जातीय विभेदको पीडा नबुझेका उनीहरू सहजै भन्छन- तिमीले जातका कारण कोठा पाएनौँ, मैले कोटा पाइनँ। अछुत भएर बाँच्न कति पीडा हुन्छ, इतिहासदेखि अछुत हुँदा दलितहरू कति पछाडि पर्न पुगे भन्ने उनीहरूले बुझ्दैनन । हिजो र आज पनि समाजमा कथित ठूलो जातकै सबै कुरा चल्छ । दलितले भैँसी पालेर घिउ बेच्न पाउँदैनथे । त्यसमाथि घृणित भनिएको पेसा गर्न लगाई निश्चित बाली दिएर आर्थिक रूपमा शोषण गरिएको थियो ।

त्यसकारण उनीहरूले राज्यको उपल्लो तहमा जान, सम्पत्ति जोड्न सकेनन, सदियौँदेखि उनीहरू गरिबी र छुवाछुतमा बाँच्न बाध्य भए, यसको क्षतिपूर्ति के हुन सक्छ ?  दलितमाथिको विभेद आजको होइन, सदियौँ पुरानो हो, जुन धर्मशास्त्रसँग पनि जोडिएको छ । मनुस्मृति, रामायणजस्ता ग्रन्थमा विभेदकारी कुरा उल्लेख छन्। रामायण अनुसार, राजा रामले शम्बूक ऋषिको हत्या गरेका थिए ।

शूद्र वर्णका ऋषि शम्बूकले ज्ञान प्राप्त गरेको रामलाई ग्राह्य भएन । मनुस्मृतिमा विवाहको नियम बनाएर शूद्रलाई दबाइयो । आज प्रेम र विवाहका नाममा नवराज विकहरू मारिएका छन । जातका कारण कोठा नपाउने, प्रेम र विवाहको नाममा मारिनुपर्ने, समाजमा विभिन्न किसिमले जातीय छुवाछुत हुने, पढेलेखेका शिक्षितले पनि विभिन्न आसयले जातीय विभेद गर्ने जस्ता कार्य अहिले चलिरहेकै छ ।

तर, समाज र समाजको इतिहास नबुझेका, बुझ्न नचाहने युवाहरू भन्छन- कहाँ छ जातीय विभेद ? यसको जवाफमा प्रतिप्रश्न गर्नुपर्ने हुन्छ। आजसम्म यो देशको प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रधानसेनापति लगायत उच्च पदस्थ व्यक्तिमा कुन जातका मानिस आए ? किन आए ? कस्तो सुविधा, व्यवस्था र विरासतले आए ? यसकै जवाफ खोज्ने हो भने समाजका तप्कातप्कामा जातीय विभेद भेटिन्छ । त्यसैले विभेद हटाउनतिर सबै चेतनशील युवा लाग्नुपरेको छ ।
 


प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  ११:५४
प्रतिक्रिया दिनुहोस्
थप विचार
कांग्रेस सक्किने बाटो तय गर्नु बिडम्वना
कांग्रेस सक्किने बाटो तय गर्नु बिडम्वना बुधबार, पुस ३०, २०८२
'कांग्रेस भित्रको आन्तरिक द्धन्द्धको परिणाम निष्पट्ट उजाडै-उजाड मात्र हो'
'कांग्रेस भित्रको आन्तरिक द्धन्द्धको परिणाम निष्पट्ट उजाडै-उजाड मात्र हो' बुधबार, पुस २३, २०८२
'नरैनापुरलाई सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ'
'नरैनापुरलाई सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ' बुधबार, पुस ९, २०८२
'यदुवंशी' बन्ने दुस्साहस कसैले गर्ने छैन 
'यदुवंशी' बन्ने दुस्साहस कसैले गर्ने छैन  बुधबार, मंसिर २४, २०८२
ज्ञानेन्द्र शाह, आफूलाई नियन्त्रणमा राख्नुस् !
ज्ञानेन्द्र शाह, आफूलाई नियन्त्रणमा राख्नुस् ! आइतबार, चैत १७, २०८१
'जनताका चाहनालाई नजरअन्दाज गरिनु लोकतान्त्रिक गणतन्त्रका लागि हितकर होईन'
'जनताका चाहनालाई नजरअन्दाज गरिनु लोकतान्त्रिक गणतन्त्रका लागि हितकर होईन' बिहीबार, भदौ १३, २०८१
नेपाल मात्र होईन बिश्व नै भावुक भए.........
नेपाल मात्र होईन बिश्व नै भावुक भए......... शनिबार, असार १, २०८१
‘कानूनको अज्ञानता क्षम्य हुँदैन’: सिद्धान्त
‘कानूनको अज्ञानता क्षम्य हुँदैन’: सिद्धान्त बुधबार, पुस १८, २०८०
अगुवाहरूलाई सोच्ने फुर्सद कहाँ छ र ?
अगुवाहरूलाई सोच्ने फुर्सद कहाँ छ र ? मंगलबार, पुस १७, २०८०
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्