Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
बुधबार, चैत १५, २०७९
Dursanchar: News Portal
Radio add Radio add
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
IME Add IME Add
राजनीति
  • Home
  • राजनीति
  • राष्ट्रिय सभामा निर्वाचित हुने युवराज शर्मा को हुन् ?
राष्ट्रिय सभामा निर्वाचित हुने युवराज शर्मा को हुन् ?
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, माघ १२, २०७८

नेपालगन्ज : नेपाली कांग्रेसका पुराना नेताको रुपमा परिचित ब्यक्ति हुन्, युवराज शर्मा । यिनै शर्मा बुधबार राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । दाङमा बुधबार सम्पन्न निर्वाचनमा लुम्बिनी प्रदेशबाट सत्तारुढ पाँच दलिय गठबन्धनका तर्फबाट उनी निर्वाचित भएका हुन् । 

निर्वाचित भएपछि प्रतिक्रिया दिदै उनले सम्बैधानिक र पार्टीप्रतिको दुबै दायित्व र कर्तब्य पुरा गर्ने बताएका छन् । ‘मेरो कुरा प्रष्ट नै छ, अब मैले सम्बैधानिक र पार्टीले मलाई दिएको जिम्मेवारी अनुसार पार्टीप्रतिको दायित्व र कर्तब्य पुरा गर्नेछु,’ शर्माले भने । ७१ वर्षीय शर्माले पार्टी राजनीतिमा करिव पाँच दशक बिताइसकेका छन् । 

शर्मा २०४५ देखी २०४९ सालसम्म कांग्रेस बाँकेको सभापति भएर काम गरेका थिए । पार्टीमा योगदान धेरै भएपनि विगतदेखी हरेक अवसरबाट उनी बञ्चित हुँदै आएका थिए । पञ्चायत विरोधी गतिविधी गरेका कारण शर्मा २०२४ सालमा पहिलो पटक जेल परेका थिए । २०२४ सालपछि पटक-पटक गरेर आफु ३/४ वर्षजति जेल बसेको उनी सम्झिन्छन् ।

२०२५ सालमा विपी कोइरालासँग भारतको गोरखपुरमा उनको पहिलो पटक भेट भएको थियो । विपी कोइरालासँग बाक्लो भेटघाट हुन थालेपछि उनकै विचारबाट धेरै प्रभावित भएर कांग्रेसको राजनीतिमा लागेका हुन् । उनी सुरुमा पढाईको शिलशिला भारतको बनारशमा गएका थिए । त्यहाँ विपी कोइरालाका विचार सुनेर प्रभावित भई नेपाल बिद्यार्थी संघ र कांगे्रेसको राजनीतिमा लागे ।

२०२७ सालमा भारतको बनारशबाट प्रतिनिधी भएर नेपाल बिद्यार्थी संघको काठमाडौं महाधिवेशनमा सहभागी भएका थिए । २०२८ सालमा शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको केन्द्रिय अध्यक्ष हुँदा शर्मा उपाध्यक्ष थिए । राजनीतिसँगै केहीवर्ष शिक्षण पेशामा समेत संलग्न रहेका उनी नेपाल शिक्षक संगठनको राष्ट्रिय महासचिव समेत भएका थिए । 

२०३३ सालमा तत्कालिन महामन्त्री गिरिजाप्रसाद कोइरालाले रणेन्द्रबहादुर हमाल (भाईराजा) लाई कांग्रेस बाँकेको जिल्ला सभापति बनाएका थिए । त्यसबेला यिनै शर्मा कांग्रेस बाँकेको जिल्ला सचिव र सुशिल कोइराला जिल्ला कार्यसमिति सदस्य थिए । ‘गिरिजा बाबुले सुशिल जीलाई जिल्ला कार्यसमिति सदस्यमा राखिदिनुपर्यो भन्नुभयो, रणेन्द्रबहादुर हमाल सभापति, म सचिव र सुशिल दाई चाही जिल्ला कार्यसमितिको सदस्य हुनुहुन्थ्यो,’ शर्माले विगतलाई स्मरण गर्दै भने ‘हामीले नै सुशिल जीलाई स्थापित गरेका हौं ।’ 

कोइरालासँग सुरुमा शर्माको राम्रै सम्बन्ध थियो । २०४८ सालपछि भने कोइरालासँग बैचारिक द्धन्द्ध सुरु भयो । कोइराला राजनीतिमा अगाडी बढ्दै गए । तर, शर्माले पार्टीको जिल्ला सभापति बाहेक अरु कुनैपनि पाएनन् । कोइराला र शर्माबीच द्धन्द्ध यसरी बढ्यो कि उनलाई हरेक अवसरबाट बञ्चित गराइयो । 

कोइरालाले शर्माको ठाउँमा अन्य नेतालाई अगाडी सारेर सांसद बनाए । शर्माले भने सांसदको टिकट कहिल्यै पाएनन् । पार्टीले टिकट नदिएपछि उनी २०५१ सालमा क्षेत्र नम्बर १ र २ बाट स्वतन्त्र उम्मेदवार समेत बनेका थिए । कोइरालासँग शर्मा कहिल्यै झुकेनन् र कोइरालाले पनि उनलाई हरेक अवसरबाट बञ्चित गरिरहे । 

‘सुशिल जीसँग मेरो वैचारिक द्धन्द्ध भयो, उहाँसँग मेरो विवाद भएपछि गिरिजा बाबुले पनि मलाई रुचाउनु भएन, विगतमा मलाई हरेक अवसरबाट बञ्चित गराइयो, अहिले मलाई पार्टीले जुन हिसाबले मुल्यांकन गरेको छ, यसप्रति म धेरै नै आभारी छु,’ उनी भन्छन् ।

नेपालगन्ज निवासी शर्माले बाँकेको क्षेत्र नम्बर ३ बाट पार्टीको राजनीति गर्दै आएका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा क्षेत्र नम्बर ३ बाँकेबाट महाधिवेशन प्रतिनिधीमा शर्मा निर्विरोध निर्वाचित भएका हुन् । 

सम्बन्धित समाचार पढ्नुस् :

राष्ट्रिय सभामा लुम्बिनी प्रदेशबाट सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित

‘विपीको ब्यक्तित्व र विचारबाट प्रभावित भई कांग्रेसको निष्ठावान कार्यकर्ता बनेको हुँ’- (भिडियो संवाद)

राष्ट्रियसभा निर्वाचनको टिकट पाउने शर्माको यस्तो छ राजनीतिक उतार-चढाप

कांग्रेसले राष्ट्रियसभा सदस्यका उम्मेदवार टुंग्यायो, लुम्बिनीबाट युवराज शर्मा

राष्ट्रिय सभा निर्वाचनमा बाँके कांग्रेसले गर्यो चार जनालाई सिफारिस

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  २२:०३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
उपनिर्वाचनका लागि राप्रपाले तोक्यो चुनावी कमान्डर 
उपनिर्वाचनका लागि राप्रपाले तोक्यो चुनावी कमान्डर  मंगलबार, चैत १४, २०७९
सुरू भयो इम्बोस्ड नम्बर प्लेट नेपालीमा राख्ने प्रक्रिया
सुरू भयो इम्बोस्ड नम्बर प्लेट नेपालीमा राख्ने प्रक्रिया सोमबार, चैत १३, २०७९
प्रतिनिधिसभा बैठक आज बस्ने तयारी 
प्रतिनिधिसभा बैठक आज बस्ने तयारी  आइतबार, चैत १२, २०७९
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल 
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल  शनिबार, चैत ११, २०७९
माओवादी निर्णय : सोमबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिइने 
माओवादी निर्णय : सोमबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिइने  शनिबार, चैत ११, २०७९
‘मन्त्री पद खानेभन्दा पनि कांग्रेसलाई मजबुत बनाउन लागेको छु’ : महामन्त्री थापा
‘मन्त्री पद खानेभन्दा पनि कांग्रेसलाई मजबुत बनाउन लागेको छु’ : महामन्त्री थापा शनिबार, चैत ११, २०७९
'विकास र समृद्धिमा प्रेसको भूमिका महत्वपूर्ण' : प्रदेश सभामुख गुरुङ
'विकास र समृद्धिमा प्रेसको भूमिका महत्वपूर्ण' : प्रदेश सभामुख गुरुङ शनिबार, चैत ११, २०७९
'सामाजिक रूपान्तरणमा सामुदायिक रेडियोको अहम भूमिका' : प्रधानमन्त्री दाहाल
'सामाजिक रूपान्तरणमा सामुदायिक रेडियोको अहम भूमिका' : प्रधानमन्त्री दाहाल बिहीबार, चैत ९, २०७९
काँग्रेस महामन्त्री थापाले भने, 'प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन'
काँग्रेस महामन्त्री थापाले भने, 'प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन' बिहीबार, चैत ९, २०७९
Baijanath Gaupalika ko Jari Sandesh Baijanath Gaupalika ko Jari Sandesh
लोकप्रिय
  • Week
  • Month
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका खत्री निर्वाचित
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका खत्री निर्वाचित
सामुदायिक रेडियोलाई नीतिगत रूपमा बजेट ब्यवस्थापन गर्न मन्त्री मोदीको निर्देशन
सामुदायिक रेडियोलाई नीतिगत रूपमा बजेट ब्यवस्थापन गर्न मन्त्री मोदीको निर्देशन
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल 
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल 
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा देखियो उत्साह
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा देखियो उत्साह
बैजनाथमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, सर्बसाधारणलाई राहत
बैजनाथमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, सर्बसाधारणलाई राहत
चैते दशैँको अवसरमा शक्तिपीठमा भक्तजनको घुइँचो
चैते दशैँको अवसरमा शक्तिपीठमा भक्तजनको घुइँचो
मेरो कथा
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  दूरसञ्‍चार
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! दूरसञ्‍चार
अन्तर्वार्ता
‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’
‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’ दूरसञ्‍चार
‘क्याम्पसमा बिद्यार्थीका तमाम समस्यालाई उठान गर्नेछु’
‘क्याम्पसमा बिद्यार्थीका तमाम समस्यालाई उठान गर्नेछु’ दूरसञ्‍चार
‘मलाई विश्वास छ, मतदाता सबैले जिताउनु हुनेछ’
‘मलाई विश्वास छ, मतदाता सबैले जिताउनु हुनेछ’ दूरसञ्‍चार
Duduwa Gaupalika ko Jari Sandesh Duduwa Gaupalika ko Jari Sandesh
Rapti Sonari Gaupalika Khola ko Suchana Rapti Sonari Gaupalika Khola ko Suchana
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५१३२६३४३

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५१३२६३४३

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Dursanchar: News Portal
फेसबुक पेज
Dursanchar: News Portal
© Dursanchar: News Portal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्