Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • सञ्चार असुविधाले ‘अन्धकार’ सिमाका बस्ती
सञ्चार असुविधाले ‘अन्धकार’ सिमाका बस्ती
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, असोज ३, २०७८

(बाँके) खयरभट्टी : सरकारको नजरमा बाँके सुगम जिल्ला भित्र पर्छ । तर, यही सुगम जिल्लाभित्रै अति दुर्गम बस्ती पनि छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने ‘खयरभट्टी’ का नामले परिचित सिमाका बस्तीले अहिलेसम्म राज्यबाट न्यूनतम आधारभुत सुबिधा पनि पाएका छैनन् । 

उत्तरमा चुरे पहाडसहित वरिपर घना जंगलले घेरिएको, जहाँ झण्डै एक दर्जन जति मानव बस्ती छरिएर रहेका छन् । नेपालगन्जबाट पुर्वी दक्षिणमा अवस्थित उक्त ठाउँ २०६५/०६६ तिर मात्र पत्ता लागेको थियो । उक्त क्षेत्रलाई बाँकेको ‘नयाँगाउँ’ भनेर पनि चिनिन्छ ।

भारतीय सिमासँगै जोडिएका बस्तीमा वर्षेनी तिब्र रुपले जनसंख्या बढिरहेको छ । तर, उक्त बस्तीमा अत्यावश्यक पर्ने सञ्चार सुविधा भने अहिलेसम्म बनेको छैन । सञ्चारका लागि अत्यावश्यक नै पर्ने सञ्चार असुविधाले गर्दा यहाँका बस्ती अन्धकार जस्तै बनेका छन् ।

मोबाईल फोनको असुबिधाले गर्दा यि सरकारी कार्यालय आफ्नै हिसाबले चल्छन् । बाहिरको सूचना प्राप्त गर्ने र यहाँको सूचना बाहिर पठाउन निकै कठिन छ । मोबाईलको सुबिधा नहुँदा समयमै सूचना प्राप्त गर्न र यहाँबाट सूचना बाहिर पुर्याउन सकस हुने गरेको छ ।  

सरकारी पुर्वाधारका नाममा उक्त क्षेत्रमा कक्षा ४ सम्म पढाई हुने एउटा सरकारी बिद्यालय, सामुदायिक स्वास्थ्य एकाइ र सशस्त्र प्रहरी बल नेपालको बिओपी छन् । मोबाईल फोनको असुबिधाले गर्दा यि सरकारी कार्यालय आफ्नै हिसाबले चल्छन्् । बाहिरको सूचना प्राप्त गर्ने र यहाँको सूचना बाहिर पठाउन निकै कठिन छ । मोबाईलको सुबिधा नहुँदा समयमै सूचना प्राप्त गर्न र यहाँबाट सूचना बाहिर पुर्याउन सकस हुने गरेको छ ।  

‘मोबाईल फोनले काम नगर्दा बिद्यालय हरेक सूचनाबाट बञ्चित भइरहेको छ,’ स्थानीय सुर्योदय प्राविकी प्रधानाध्यापक आकृती घर्ती भन्छिन्, ‘गाउँपालिकाबाट कुनै महत्वपुर्ण कार्यक्रम र तालिमका लागि फोन आउँछ, बिद्यालयले कुनै कार्यक्रम गर्नुपर्ने हुन्छ, फोन नलाग्ने समस्याले गर्दा सबै कुरालाई असर गर्छ ।’ 

यस क्षेत्रका स्थानीयको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरिरहेको छ । फोन सुबिधा नहुँदा स्वास्थ्य केन्द्रले पनि प्रभावकारी रुपले सेवा दिन सकिरहेको छैन । सामुदायिक स्वास्थ्य एकाइका ईन्चार्ज(अहेव) धनु चौधरी भन्छन्, ‘फोन सुबिधा छैन, कोही ब्यक्ति बिरामी भईहाल्यो भने उसको उपचार गर्न गाह्रो हुन्छ ।’  

बैजापुर निवासी चौधरीले एकाइको जिम्मेवारी सम्हाल्न थालेको करिव डेढ वर्ष जति भयो । उक्त क्षेत्रमा बसेर अहिलेसम्म बडो मुस्किलले सेवा दिनु परेको बताउने उनी भन्छन्, ‘मोबाईल फोनले काम नगर्दा जेलभित्र बसेको जस्तो अनुभुती हुन्छ, कसैसँग कुराकानी गर्न पाईदैन, समाजिक सञ्जाल चलाउन पाईदैन, कुनै समाचार हेर्न पाईदैन, कहिले काही त दिक्क लाग्छ ।’ कहिले काही बिदा लिएर घर आएको बेला आफुलाई जेलबाट मुक्त भएको जस्तो अनुभुती हुने गरेको चौधरीले सुनाए । 

उक्त क्षेत्रको शान्ति, सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलले हालै त्यहाँ बिओपी सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले निर्माण गरिदिएको भवनमा सशस्त्र प्रहरी बलले सेवा दिइरहेको छ । बिओपी स्थापना भएपछि सिमा क्षेत्रको शान्ति, सुरक्षामा धेरै सुधार आएको छ ।

तरपनि, मोबाईल फोनले काम नगर्दा चुस्त रुपले सेवा प्रदान गर्न कठिनाई हुने गरेको सशस्त्र प्रहरी बताउँछन् । ‘सिमा क्षेत्रको समग्र शान्ति सुरक्षाका लागि हामी आएका हौं, तर यहाँ मोबाईल फोनले काम नगर्दा शान्ति सुरक्षा गर्न केही समस्या त आउँछ नै, ’ एक सुरक्षाकर्मीले भने । यहाँका स्थानीयले बाहिर कसैलाई फोन गर्नुपरेमा आधा घण्टा जति पैदल हिडेर पहाडको चुचुरोमा पुग्छन् । तर, मानव बस्तीबाट न बाहिर फोन गर्न मिल्छ, न त बाहिरबाट कसैको फोन नै आउँछ । 

‘गाउँमा फोन लाग्दैन, हामीले यता उता सञ्चार गर्नुपर्यो भनेपनि मोबाईल बोकेर माथी लेखमा चढ्नुपर्छ,’ उनले भने ‘घरमा त पुरै अन्धकारै भयौं अब, केही थाहै छैन, कहाँ के भयो थाहै हुदैन, यस्तो अवस्था छ यो ठाउँको ।’ 

सञ्चार विहिनताको अवस्थाले गर्दा गाउँ पुरै अन्धार जस्तै बनेको गुर्दनगौडीका अगुवा तिलबहादुर घर्ती बताउँछन् । ‘गाउँमा फोन लाग्दैन, हामीले यता उता सञ्चार गर्नुपर्यो भनेपनि मोबाईल बोकेर माथी लेखमा चढ्नुपर्छ,’ उनले भने ‘घरमा त पुरै अन्धकारै भयौं अब, केही थाहै छैन, कहाँ के भयो थाहै हुदैन, यस्तो अवस्था छ यो ठाउँको ।’ 

तत्कालिन माओबादी द्धन्द्धका क्रममा २०५४ सालदेखी उक्त क्षेत्रमा बस्ती बस्न थालेको हो । सुरुमा बस्ती सानो भएपनि शान्ति स्थापना पश्चात बढेको हो । घर्तीका अनुसार अहिले उक्त क्षेत्रमा करिव ९ वटा गाउँ रहेका छन् ।

पश्चिमबाट झुरुवा, बाँसखोली, चुनभट्टी, खयरभट्टी, गुर्दनगौडी, महेशपुर, भौरिया, बनवा हुदै पुर्वमा मुर्गिया गाउँ छन् । झुरुवादेखी महेशपुरसम्म मात्र ४ सय घरधुरी रहेको घर्तीले बताए । ‘एउटा घरमा कम्तिमा ४ जनाको दरले पनि २ हजार जनसंख्या हुन्छ, भौरिया, बनवा र मुर्गियाको जनसंख्या चाही हामीलाई एकिन छैन ।’ 

चुरे पहाडको काखमा अवस्थित मानव बस्तीमा नेपाली फोन टावरले त काम गर्दैन, भारतीय मोबाईल टावरको दुरि पनि निकै टाढा पर्छ । मोबाईल टावरले काम नगरेपनि यहाँका प्रायः घरधुरीले मोबाईल फोन भने राखेकै छन् । तर ति फोन ‘ईन्जिन विनाको गाडी’ जस्तै छन् ।

चुरे पहाडको काखमा अवस्थित मानव बस्तीमा नेपाली फोन टावरले त काम गर्दैन, भारतीय मोबाईल टावरको दुरि पनि निकै टाढा पर्छ । मोबाईल टावरले काम नगरेपनि यहाँका प्रायः घरधुरीले मोबाईल फोन भने राखेकै छन् । तर ति फोन ‘ईन्जिन विनाको गाडी’ जस्तै छन् ।

‘प्रत्येक घरले दुई वटा जति मोबाईल त अनिवार्य राखेकै छन्, तर ती मोबाईल फोन गित सुन्ने काममा मात्रै प्रयोग भइरहेका छन्, फोन नआउने मोबाईल सेटको कामै नहुँदो रहेछ,’ घर्तीले भने । उनका अनुसार नेपालीको तुलनामा भारतीय मोबाईल टावरले अलिकति काम त गर्छ, तर त्यसका लागि पनि थोरै उकालो चढ्नुपर्छ । त्यसकारण कतिपय स्थानीयले भारतीय जिओ नामक कम्पनीको सिमकार्ड अबैध रुपमा किनेर चलाउँछन् । ती सिमकाडबार्ट नेपाली मोबाईलमा फोन गर्न आर्थिक रुपले सम्भव नै नहुने घर्ती बताउँछन् ।

सिमावर्ती बस्तीमा अधिकांस घर परिवार सल्यान, रोल्पा, रुकुम, प्युठान, दाङ लगायत जिल्लाबाट बसाई सरेर आएका छन् । यहाँको बस्ती पुरै ऐलानी जमिनमा छ । पछिल्लो समयमा केही ब्यक्तिहरु राप्ती सोनारीकै बैजापुर, बिनौना र कुसुमबाट पनि गएर बसेका छन् । गाई, बाख्रा पाल्ने यहाँको मुख्य पेशा हो ।

सिमावर्ती बस्तीमा अधिकांस घर परिवार सल्यान, रोल्पा, रुकुम, प्युठान, दाङ लगायत जिल्लाबाट बसाई सरेर आएका छन् । यहाँको बस्ती पुरै ऐलानी जमिनमा छ । पछिल्लो समयमा केही ब्यक्तिहरु राप्ती सोनारीकै बैजापुर, बिनौना र कुसुमबाट पनि गएर बसेका छन् । गाई, बाख्रा पाल्ने यहाँको मुख्य पेशा हो ।

यहाँका स्थानीयहरु सिमा क्षेत्रमा आफ्नो ब्यक्तिगत स्वार्थका लागि मात्र नबसेर नेपाली सिमा स्तम्भको सुरक्षामा पनि उत्तिकै ध्यान दिइरहेकोे जिकिर गर्छन् । ‘हाम्रा पिलर कहाँ छन्, कस्तो अवस्थामा छन्, भन्ने कुरा हामीलाई सबै थाहा छ, हामी सिमा स्तम्भ हेर्न गईराख्छौं, हिडिराख्छौं, सिमामा बसेर राष्ट्रको लागि पनि हामीले योगदान गरिरहेका छौं,’ घर्तीले भने ।

यसबाहेक डोरी बाट्ने, भारतमा गएर मजदुरी पनि गर्छन् । यहाँका स्थानीयहरु सिमा क्षेत्रमा आफ्नो ब्यक्तिगत स्वार्थका लागि मात्र नबसेर नेपाली सिमा स्तम्भको सुरक्षामा पनि उत्तिकै ध्यान दिइरहेकोे जिकिर गर्छन् । ‘हाम्रा पिलर कहाँ छन्, कस्तो अवस्थामा छन्, भन्ने कुरा हामीलाई सबै थाहा छ, हामी सिमा स्तम्भ हेर्न गईराख्छौं, हिडिराख्छौं, सिमामा बसेर राष्ट्रको लागि पनि हामीले योगदान गरिरहेका छौं,’ घर्तीले भने ।

टेलिफोन टावर स्थापना गरिदिन यहाँका स्थानीयले गाउँपालिका, नेपाल टेलिकम, यसक्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद लगायतलाई बारम्बार अनुरोध गर्दै आएका छन् । टेलिकमले यसअघि उक्त क्षेत्रमा नेपाली सुरक्षाकर्मी नभएकाले टावरको सुरक्षामा चुनौती आउन सक्ने भन्दै पन्छिएको थियो ।

अहिले सशस्त्र प्रहरी बलको बिओपी स्थापना भईसकेपछि भने टावर स्थापना गर्ने विषयमा टेलिकमको कुनै प्रतिक्रिया आएको छैन । मोबाईल टावर स्थापना गरिदिनुपर्ने मागसहित यहाँका स्थानीयले हस्ताक्षर नै संकलन गरेर टेलिकम कार्यालयमा निवेदन पनि बुझाईसकेका छन् ।


प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  ०९:०८
#दुर्गमबासीका पीडा
प्रतिक्रिया दिनुहोस्
थप विशेष
बालेन शाह बने रास्वपा संसदीय दल नेता
बालेन शाह बने रास्वपा संसदीय दल नेता बिहीबार, चैत १२, २०८२
एकातिर बर्डफ्लुको त्रास, अर्कोतिर भित्रिदै भारतीय कुखुरा र चल्ला 
एकातिर बर्डफ्लुको त्रास, अर्कोतिर भित्रिदै भारतीय कुखुरा र चल्ला  बुधबार, चैत ११, २०८२
ओली, लेखक र खापुङ्गमाथि १० वर्षसम्म जेल सजायँको सिफारिस
ओली, लेखक र खापुङ्गमाथि १० वर्षसम्म जेल सजायँको सिफारिस बुधबार, चैत ११, २०८२
बाँकेमा एस.ई.ई. परीक्षा तयारी पूरा, सहभागी हुँदै ९ हजार ७८३ विद्यार्थी
बाँकेमा एस.ई.ई. परीक्षा तयारी पूरा, सहभागी हुँदै ९ हजार ७८३ विद्यार्थी सोमबार, चैत ९, २०८२
मानव अधिकार आयोगको प्रतिवेदनमा ओली, लेखक र सिग्देल दोषी ठहर
मानव अधिकार आयोगको प्रतिवेदनमा ओली, लेखक र सिग्देल दोषी ठहर शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापतिबाट गगन थापाले दिए राजीनामा
कांग्रेस सभापतिबाट गगन थापाले दिए राजीनामा बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
बाँके क्षेत्र नम्बर २ मा जित नजिक पुगिसकेको कांग्रेसको उद्घोष
बाँके क्षेत्र नम्बर २ मा जित नजिक पुगिसकेको कांग्रेसको उद्घोष सोमबार, फागुन १८, २०८२
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्