Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
समाज
  • Home
  • समाज
  • भम्का गाउँबासीको फेरियो दैनिकी, झोलुंगे पुल बनेपछि राहत-(भिडियो सहित)
भम्का गाउँबासीको फेरियो दैनिकी, झोलुंगे पुल बनेपछि राहत-(भिडियो सहित)
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, असोज १८, २०७९

बाँके(कुसुम) : बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित भम्का गाउँबासीको दैनिकीमा यतिबेला परिवर्तन आएको छ । राप्ती नदीका कारण यहाँका स्थानीयलाई यसअघि गाउँसम्म सहज रूपमा आवत-जावत गर्न निकै समस्या हुने गरेको थियो ।

गाउँलाई जोड्न राप्ती नदीमा झोलुंगे पुल बनेपछि यहाँका स्थानीयको दैनिकीमा परिवर्तन आएको हो । पुल बनेपछि आवत जावत गर्न निकै सहज भएको स्थानीय बताउँछन । राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ भम्का निवासी विजय खुनाले झोलुङ्गे पुल बनेपछि आवत-जावत गर्न धेरै सहज भएको  बताए । 

'पहिला डुंगा लाग्थ्यो यहाँ, पुल नहुँदा गाह्रो थियो, पुल बनेपछि धेरै राम्रो भयो,  धेरै भन्दा धेरै सुविधा भएको छ,' उनलेे दूरसन्चार डटकमसँग भने 'पुल  हुँदा मान्छे हिड्ने, बाईक हिड्ने भयो, अहिले आउँदा जादा खासै समस्या छैन ।'                                                         IMG_20221004_2129151664898484.jpg
सोही गाउँका युवा सन्तोष बि.क.ले विद्यालय जाँदा पहिला धेरै समस्या भोग्नु परेको स्मरण गर्दै भने, 'पढ्ने बेलामा पुल नहुँदा धेरै पीडित थियौ हामी, नदी बढ्दा भवानीयापुर भएर जाने समस्या थियो, पुल बन्दा धेरै खुसी छौँ, जतिखेर पनि आवत-जावत गर्न सजिलो भएको छ ।'

नदीमा पुल नहुँदा यस अघि स्थानीयले डुंगाबाट जोखिमपुर्ण यात्रा गर्नुपर्थ्यो । जोखिमपुर्ण यात्राकै क्रममा डुंगा पल्टेर कतिपयले अकालमा ज्यान गुमाउन पुगेका थिए । डुंगामा यात्रा गर्नुपर्ने बाध्यताले गर्दा स्थानीयले दिनमा भन्दा रातको समयमा कमै मात्रामा आवत जावत गर्थे ।

स्थानीय युवा तथा शिक्षक खडानन्द डाँगी भन्छन्,'रात बिरात हिड्नुपर्दा अप्ठ्यारो हुन्थ्यो, पुल बनेपछि राती जतिबेला आएपनि भयो, अहिले धेरै सजिलो भएको छ । 'भम्का गाउँ हुँदै प्रशिद्द पर्यटकिय स्थल गाइलेकसम्म पुग्न सकिन्छ । पुल बनेपछि सर्बसाधारणलाई सुबिधाका साथै गाईलेकको पर्यटनलाई जोड्ने काम पनि गरेको स्थानीय बुद्धिजिबी तथा शिक्षक डिल्ली डाँगी बताउँछन । 'सामान्य सर्बसाधारणले सुबिधा पाइराख्नु भएको छ, यो पुलले गाईलेकको पर्यटनलाई जोड्ने काम गर्छ,' उनलेे भने ।

पुल नहुँदा सास्ती हुन थालेपछि गाउँका अगुवा समेत रहेका नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर १ का तत्कालिन सभापति माधवराम खत्रीले करिब चार वर्षअघि संघीय मन्त्रालयमा पटक-पटक धाएर राप्ती नदीको बैरिया-भम्का घाटमा झोलुंगे पुल बनाउने योजना पार्न सफल भएका थिए ।

पुल बनाउने  योजना स्वीकृत भएपछि भम्का गाउँका स्थानीय बासिन्दा समेत रहेका खत्री, राप्ती सोनारी गाउँपालिकाका तत्कालिन अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्रीले संयुक्त रूपमा सिलान्यास गरेका थिए । त्यसक्रममा गाउँका स्थानीयले खुसी मनाएका थिए ।                              IMG_20221004_2129331664898525.jpg
झोलुंगे पुल सिलान्यास पश्चात ठेकेदारले काम सुरु गर्न लाग्दा केही समयसम्म राजनीतिकरण समेत भयो । केही ब्यक्ती बिरोधमा उत्रिएपनि ठेकेदार कम्पनीले काम अगाडी बढायो । पुल निर्माणमा भएको राजनीतिकरण, कोरोना महामारी, ठेकेदारको ढिला सुस्ती लगायत कारणले गर्दा उक्त पुल तोकिएको समय भन्दा झन्डै दुई वर्ष ढिलो सम्पन्न भएको थियो । ढिलै भएपनि पुल बनेर आवत जावत गर्न पाउँदा अहिले सबै खुसी छन ।

भिडियो हेर्नुस् :


प्रकाशित मिति: मंगलबार, असोज १८, २०७९  २१:३०
प्रतिक्रिया दिनुहोस्
थप समाज
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत-(प्रत्यक्ष प्रशारण)
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत-(प्रत्यक्ष प्रशारण) मंगलबार, जेठ १, २०८१
‘प्रथम बैजनाथ महोत्सव’ को तयारी तीब्र 
‘प्रथम बैजनाथ महोत्सव’ को तयारी तीब्र  बुधबार, माघ ३, २०८०
बैजनाथ गाउँपालिकाको १४ औं गाउँसभा यसरी भयो सञ्चालन-(फोटो फिचर)
बैजनाथ गाउँपालिकाको १४ औं गाउँसभा यसरी भयो सञ्चालन-(फोटो फिचर) आइतबार, पुस २९, २०८०
लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनीमा १५ लाख बढी कारोबार 
लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनीमा १५ लाख बढी कारोबार  शनिबार, पुस २८, २०८०
पर्यटकीय गन्तब्य बाँके-बर्दियाका समस्या, चुनौती र समाधानबारे छलफल
पर्यटकीय गन्तब्य बाँके-बर्दियाका समस्या, चुनौती र समाधानबारे छलफल शनिबार, पुस २८, २०८०
नेपालगन्जमा गरिदै ‘आमा सेमिनार’-(भिडियो सहित)
नेपालगन्जमा गरिदै ‘आमा सेमिनार’-(भिडियो सहित) आइतबार, मंसिर २४, २०८०
‘कसैका अगाडी शिर झुक्न दिन्न’ : सभापति लामिछाने
‘कसैका अगाडी शिर झुक्न दिन्न’ : सभापति लामिछाने शनिबार, असोज १३, २०८०
बिरामीलाई ५० शैया निःशुल्क प्रदान गर्दै भेरी अस्पताल
बिरामीलाई ५० शैया निःशुल्क प्रदान गर्दै भेरी अस्पताल बिहीबार, असोज ११, २०८०
आक्रमणको बिरोधमा सडकमै निस्किए चिकित्सक तथा स्वास्थ्यकर्मी
आक्रमणको बिरोधमा सडकमै निस्किए चिकित्सक तथा स्वास्थ्यकर्मी बिहीबार, असोज ११, २०८०
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्