Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • कटान रोक्न सांसद केसीको पहलमा दुई करोड 'आकस्मिक बजेट' निकासा-( भिडियो रिपोर्ट सहित)
कटान रोक्न सांसद केसीको पहलमा दुई करोड 'आकस्मिक बजेट' निकासा-( भिडियो रिपोर्ट सहित) बर्षेनी कटान हुने कचनापुरको मदुईमा ‘आपतकालिन तटबन्ध’ निर्माण कार्य सुरु 
अर्जुन ओली
अर्जुन ओली शनिबार, असार ९, २०८०
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ कचनापुरस्थित मदुईमा आकस्मिक तटबन्धको निरीक्षण गर्दै प्रदेश सांसद कृष्णा केसी नमुना लगायत । तस्बिर : दूरसञ्चार

बाँके(कचनापुर) : बर्षेनी तीब्र रुपले कटान भइरहेको राप्ती सोनारी–२ कचनापुरस्थित मदुईमा ‘आपतकालिन तटबन्ध’ निर्माणको काम सुरु गरिएको छ । २०७४ सालदेखी राप्तीको बाढीले खेतीयोग्य जमिन कटान सुरु गरेको थियो । राप्तीको बाढीले अहिलेसम्म करिव ३० विघा पक्का जमिन कटान गरिसकेको छ । 

बाढीले क्षति गरेर थुप्रै स्थानीय बासिन्दा घरबार विहिन बन्ने अवस्थामा पुगेपछि स्थायी तटबन्ध निर्माण गर्नुपर्ने माग स्थानीय स्तरमा उठेको थियो । लुम्बिनी प्रदेशकी सांसद कृष्णा केसी नमुनाको पहलमा अहिले राप्तीको कटान रोक्न आकस्मिक बजेट आएको छ । विगत दुई दिनदेखी राप्तीमा कटान नियन्त्रण सम्बन्धी काम सुरु भइसकेको जनताको तटबन्ध कार्यालय लमहीका इन्जिनियर सुर्यदेव नायकले बताए । 

राप्तीमा पानीको बहाव बढेकाले तारजालीको तटबन्ध गर्न समस्या हुने भएपछि आकस्मिक रोकथामको प्रयास स्वरुप अहिले ठुल्ठुला ढुंगा नदी छेउमा राख्ने गरिएको छ । उक्त क्षेत्रमा करिव २ सय २५ मिटर बराबर तटबन्ध गर्ने योजना रहेको उनले सुनाए । 

हेर्नुस् स्थलगत भिडियो रिपोर्ट :

उनका अनुसार यस्तो प्रविधिको प्रयोग कार्यालयले यसअघि कर्णाली नदी नियन्त्रणमा गरेको थियो । त्यहाँको प्रयोग सफल भएपछि कचनापुरमा पनि यसलाई प्रयोग गरिएको इन्जिनियर नायकले बताए । ‘नदीमा पानीको सतह बढेको छ, यो अवस्थामा तारजालीको काम गर्न पनि सकिदैन,’ उनले भने ‘बरु ठुला ढुंगा राखेपछि नदीले काट्न पाउँदैन, हाम्रो स्टिमेटमा ३० सेन्टीमिटर भन्दा तलको ढुंगा नराख्ने भनेका छौं ।’
राप्तीले वर्षेनी कटान गरिरहँदा पनि नियन्त्रणमा आउन सकेको थिएन ।

हरेक वर्ष कटान क्षेत्रमा पुगेर प्रदेश सांसद केसीले दिर्घकालिन समस्या समाधानको उपाय खोजिने बताएकी थिइन् । कचनापुरको मदुई, फत्तेपुरको खल्ला झगडिया, नरैनापुरको भोजभगवानपुर लगायत ९ स्थानमा कटान नियन्त्रण गर्नका लागि बारम्बार प्रधानमन्त्री कार्यालय, उर्जा तथा जलस्रो मन्त्रालय र अर्थमन्त्रालयमा पुगेर अनुरोध गरेको स्मरण गर्दै सांसद केसीले अहिले आकस्मिक बजेट आएर काम सुरु भइसकेकाले केही राहत मिल्ने बताइन् । 

‘यहाँको जन दवाव र हामीले जसरी पहल गर्यौं प्रधानमन्त्री ज्यु,, उर्जा जलस्रोत मन्त्री ज्यु, अर्थमन्त्री ज्युले ठाडो आदेशमा बजेट पठाउनु भएको छ, अहिले काम पनि सुरु भएको छ,’ उनले भनिन् ‘काम गर्दै गर्नुस्, अरु थप बजेट पुगेन भने हामी दिन्छौं भनेर प्रधानमन्त्री ज्युले आश्वासन दिनु भएको छ ।’ 

सांसद केसीका अनुसार अहिले आकस्मिक रुपमा तटबन्ध गर्नका लागि बजेट दुई करोड निकासा भएको छ । जलस्रोत मन्त्रालयमार्फत आएको उक्त बजेटलाई जनताको तटबन्ध कार्यालय मार्फत कार्यान्वयन गरिदैछ । तटबन्ध निर्माण स्थलमा पुगेर सांसद केसीले मनसुन नजिक आइसकेकाले दिनरात गरेर भएपनि काम सम्पन्न गर्न ठेकेदार तथा कर्मचारीलाई अनुरोध गरिन् । 

Kachanapur Nadi Niyantran_Photo 91687588446.jpg

‘सकेसम्म वर्षायाम अगाडी नै कति सुरक्षित गर्न सकिन्छ यो ठाउँलाई, ठुलो क्षति पुर्याएको छ, हेक्टरौं हेक्टर जमिन कटान भएर गएको छ, यस्तो जग्गालाई विगतमा जोगाउन सकेनौं,’ सांसद केसीले भनिन् ‘जसरी आज आकस्मिक बजेट छुट्याएर हाम्रो कुरालाई प्रधानमन्त्री ज्यु, उर्जामन्त्री ज्यु, अर्थमन्त्री ज्युले सुनिििदनु भयो, बजेट कार्यान्वयन भएर अहिले काम भइरहेको छ, केही भएपनि यहाँका जनसमुदायलाई राहत हुन्छ, नयाँ विधिबाट काम गरेको देखियो, ठुल्ठुला ढुंगा ल्याएर छेक्ने काम भइरहेको छ, यो असाध्यै राम्रो र सह्रानीय छ, बजेटलाई सदुपयोग गरेर बर्खा अगाडी नै सम्पन्न गर्नुहुनेछ ।’ 

पुर्वमन्त्री समेत रहेका कचनापुरका स्थानीय प्रेमबहादुर भण्डारीले राप्ती नदीले २०७४ सालदेखी निरन्तर कटान सुरु गर्दा अहिलेसम्म ३० विघा पक्का जमिन कटान गरिसकेको दुखेसो पोखे । आफ्नो मात्रै करिव १२ विघा जमिन राप्तीले कटान गरेको उनले बताए ।

Kachanapur Nadi Niyantran_Photo 101687588446.jpg

‘नदीले कचनापुर गाउँलाई लक्षित गरेको जस्तो देखियो, करिव ३० विघा पक्का जमिन कटान भईसकेको छ, जुन बिनौना र मदुवाको बीचमा पुल छ, त्यो पुलमा पनि क्षति हुन सक्ने सम्भावना देखिएको छ,’ राप्रपाका नेता भण्डारीले भने । नदी नियन्त्रणका लागि ठेक्का लागेपनि ठेकेदारले कामै नगरेपछि बाढीले थप क्षति पुर्याएको उनको गुनासो छ । 

सरकारले त्यस्ता ठेकेदारलाई अविलम्ब नियन्त्रणमा लएर कानुनी कारबाही गर्नुपर्नेमा अहिलेसम्म कारबाही नगरेको भण्डारीले बताए । भर्खरै प्रधानमन्त्रीसँग अनुरोध गरेर प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाको पहलमा बजेट निकासा भई काम सुरु भएको बताए । उनले अगाडी थपे ‘वर्षातले कति साथ दिने हो, श्वास छँदासम्मको आश भनेझै केही संरक्षण हुन्छ कि भन्ने सोच बनाएका छौं ।’

Kachanapur Nadi Niyantran_Photo 41687588442.jpg

Kachanapur Nadi Niyantran_Photo 81687588445.jpg

Kachanapur Nadi Niyantran_Photo 61687588445.jpg

Kachanapur Nadi Niyantran_Photo 31687588440.jpg

Kachanapur Nadi Niyantran_Photo 51687588442.jpg

Kachanapur Nadi Niyantran_Photo 11687588439.jpg

Kachanapur Nadi Niyantran_Photo 21687588438.jpg

 

 


प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १२:१६
प्रतिक्रिया दिनुहोस्
थप विशेष
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत-(प्रत्यक्ष प्रशारण)
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत-(प्रत्यक्ष प्रशारण) मंगलबार, जेठ १, २०८१
‘प्रथम बैजनाथ महोत्सव’ को तयारी तीब्र 
‘प्रथम बैजनाथ महोत्सव’ को तयारी तीब्र  बुधबार, माघ ३, २०८०
बैजनाथ गाउँपालिकाको १४ औं गाउँसभा यसरी भयो सञ्चालन-(फोटो फिचर)
बैजनाथ गाउँपालिकाको १४ औं गाउँसभा यसरी भयो सञ्चालन-(फोटो फिचर) आइतबार, पुस २९, २०८०
लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनीमा १५ लाख बढी कारोबार 
लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनीमा १५ लाख बढी कारोबार  शनिबार, पुस २८, २०८०
पर्यटकीय गन्तब्य बाँके-बर्दियाका समस्या, चुनौती र समाधानबारे छलफल
पर्यटकीय गन्तब्य बाँके-बर्दियाका समस्या, चुनौती र समाधानबारे छलफल शनिबार, पुस २८, २०८०
नेपालगन्जमा गरिदै ‘आमा सेमिनार’-(भिडियो सहित)
नेपालगन्जमा गरिदै ‘आमा सेमिनार’-(भिडियो सहित) आइतबार, मंसिर २४, २०८०
‘कसैका अगाडी शिर झुक्न दिन्न’ : सभापति लामिछाने
‘कसैका अगाडी शिर झुक्न दिन्न’ : सभापति लामिछाने शनिबार, असोज १३, २०८०
बिरामीलाई ५० शैया निःशुल्क प्रदान गर्दै भेरी अस्पताल
बिरामीलाई ५० शैया निःशुल्क प्रदान गर्दै भेरी अस्पताल बिहीबार, असोज ११, २०८०
आक्रमणको बिरोधमा सडकमै निस्किए चिकित्सक तथा स्वास्थ्यकर्मी
आक्रमणको बिरोधमा सडकमै निस्किए चिकित्सक तथा स्वास्थ्यकर्मी बिहीबार, असोज ११, २०८०
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्