Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • ‘उद्योग वाणिज्य संघमा परिवर्तनका लागि भोट दिनुस्’ 
‘उद्योग वाणिज्य संघमा परिवर्तनका लागि भोट दिनुस्’  ‘संघलाई साझा व्यवसायीको संस्थाका रुपमा विकास गरौं’ : रौनियार 
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, भदौ १, २०८०

नेपालगन्ज :  नेपालगन्जको उद्योग, व्यवसायका क्षेत्रमा एउटा परिचित नाम हो, ललितकुमार रौनियार । उद्योगी, व्यवसायीका पक्षमा जहिले पनि खडो रुपमा बोल्ने र दुःख परेका बेला 'सारथी' बन्ने यिनै रौनियार यतिबेला नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्व लिने दाउमा छन् ।

संघको कार्यसमितिमा २०६२/०६३ मा छिरेका उनी अहिले नेतृत्व तहमा पुग्न लागेका हुन् । विगतमा तीन कार्यकाल उद्योग वाणिज्य संघमा बसेर काम गरेको उनीसँग लामो अनुभव पनि छ । नेपालगन्जमा शनिबार हुन लागेको निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न रौनियार अन्तिम कसरतमा जुटेका छन् । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको नेतृत्व गरेका उनले उद्योगी, व्यवसायीमाझ आफ्ना विभिन्न एजेण्डा प्रस्तुत गरेका छन् । 

‘अहिले सबैभन्दा ठुलो मुद्दा संंघभित्र ब्याप्त बेथिती जुन छ, त्यो बेथितीलाई अन्त्य गर्नु नै अहिलेको सबैभन्दा ठुलो मुद्दा हो, बिगतको कार्यकालमा त्यहाँ भएका नेतृत्व उद्योगी व्यवसायीको मुद्दामा बिलकुलै मौन रह्यो,’ दूरसञ्चार डटकमसँग उनले भने ‘त्यसकारणले उद्योगी, व्यवसायीको विश्वास जुन उद्योग वाणिज्य संघमा हुनुपर्ने हो, त्यो विश्वास अहिले गुमाएको अवस्था छ, संघ वास्तविक उद्योगी, ब्यवसायीको संस्था हो भनेर स्थापित गर्नु हाम्रो प्रमुख उद्देश्य हो ।’ 

आफु निर्वाचित भईसकेपछि उद्योगी, व्यवसायीका तमाम समस्याका विषयमा बोल्ने रौनियार बताउँछन् । ‘संघ अथवा नेपालगन्ज बजारको आज जुन अवस्था छ र तिनीहरुको मुद्दा छ, नेपालगन्ज बजार सुनसान छ, सिमापारी भिडभाड छ, पाईला टेक्ने ठाउँ छैन, तर नेपालगन्ज सुनसान छ, त्यो किन भयो त ?’ उनी भन्छन् ‘त्यसको कारण खोजेर हामी नेपालगन्जका उद्योगी, व्यवसायीलाई रुपैडिहाका व्यवसायीसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्नको लागि काम गर्छौ, त्यसको लागि भन्सार ऐनमा सुधारको कुरा छ ।’

भन्सार ऐन सुधारको लागि महासंघमार्फत दवाव दिएर सरकारलाई भन्सार मुल्यांकन परिमार्जनको लागि दवाव दिने योजना रहेको उनले सुनाए । ‘अहिले भारतबाट जुन बस्तु आइरहेको छ, त्यहाँ जिएसटी बिललाई नेपाल सरकार अथवा भन्सार कार्यालयले मान्यता नदिएको अवस्था छ, उहाँहरुको आफ्नै मुल्यांकन छ, जबकी भारतबाट आयात गरिदाँ १७ प्रतिशत हामीले सस्तोमा सामानहरु हामी पाउँछौं, त्यसको पनि फाईदा हामीले उठाउन सकिरहेका छैनौं, किनभने त्यहाँबाट कुनै सामान हामी १० रुपैयाँमा आयात गरेका छौं, भने यहाँ भन्सार मुल्यांकन ५० रुपैयाँ छ भने हामी ५० रुपैयाँमै मुल्यांकनको आधारमा भन्सार गराउने अवस्था छ । त्यसकारणले अहिले के छ भने त्यहाँको जिएसटी बिललाई हामीले मान्यता दिनको लागि सरकारलाई दवाव दिन्छौं ।’

सिमापारीबाट एक सय रुपैयाँको मात्रै सामान लिएर आउन पाउने भनि उपभोक्तामाथी लागु गरिएको नियमलाई पनि कडाईका साथ लागु गर्नका लागि भन्सार कार्यालयमा दवाव दिने अध्यक्ष पदका उम्मेदवार रौनियार बताउँछन् । नेपालगन्जका व्यवसायी र उपभोक्ताबीचको दुरी घटाउनका लागि पनि काम गर्ने उनको योजना छ । 

संघलाई नयाँ उचाईमा पुर्याउनका लागि रौनियार नेतृत्वको कार्यसमिति, पदाधिकारीलाई निर्वाचित गराउनु नै आजको आवश्यकता रहेको यहाँका अधिकांस उद्योगी, व्यवसायी, बुद्धिजिवी, नागरिक समाजको बुझाई छ ।

रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक समुहको तर्फबाट उपाध्यक्ष (बाणिज्य) मा विष्णु प्रसाद श्रेष्ठ, उपाध्यक्ष (उद्योग) मा मोहम्मद सफिक बेहना, उपाध्यक्ष (महिला) मा करिष्मा योगी, महासचिवमा टंकप्रसाद शर्मा, उप-महासचिवमा टेकबहादुर खड्का र कोषाध्क्षमा मख्खन बहादुर धामी प्रतिस्पर्धामा छन् ।

यस्तै सदस्यहरुमा शिवप्रसाद दाहाल, अतुलकुमार गुप्ता, बिवेक कुमार श्रेष्ठ, सन्तोष कुमार पौडेल, पदम श्रेष्ठ, युवराज ढकाल, प्रमोदकुमार अग्रवाल,  कैफुल वरा जोलाहा, सुनिल भण्डारी, बलबहादुर बिष्ट (बबी), प्रदीकुमार गुप्ता सदस्य (एशोसिएट), पुरुषोतम अग्रवाल सदस्य (एशोसिएट), हिमनाथ पौडेल सदस्य, सम्बद्ध (वस्तुगततर्फ) र विनय श्रेष्ठ सदस्य, सम्बद्ध (वस्तुगततर्फ) ले प्रतिस्पर्धा गरिरहेका छन् ।

रौनियार भन्छन्, ‘यसपटकको निर्वाचनमा तपाईहरुले परिवर्तनको लागि भोट दिनुस् र नेपालगन्ज उद्योग वाणिज्य संघलाई साझा व्यवसायीको संस्थाका रुपमा विकास गरौं भन्ने म अनुरोध गर्दछु ।’

यो पनि पढ्नुस् :

‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’


प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १८:४२
प्रतिक्रिया दिनुहोस्
थप विशेष
बजेट अधिवेशन : नयाँ संसद् भवनको मुख्य सभाकक्षमा बसाईदै
बजेट अधिवेशन : नयाँ संसद् भवनको मुख्य सभाकक्षमा बसाईदै सोमबार, जेठ ११, २०८३
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन   शुक्रबार, जेठ ८, २०८३
लुम्बिनी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम स्वीकृत
लुम्बिनी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम स्वीकृत शुक्रबार, जेठ ८, २०८३
भारतीय पर्यटक आकर्षित गर्न ‘कर्णाली टुरिजम् मिट-२०२६’ सुरु
भारतीय पर्यटक आकर्षित गर्न ‘कर्णाली टुरिजम् मिट-२०२६’ सुरु शुक्रबार, जेठ ८, २०८३
३० अंक बढ्यो सेयर बजार, सबै सूचक वृद्धि
३० अंक बढ्यो सेयर बजार, सबै सूचक वृद्धि बुधबार, जेठ ६, २०८३
बजेट खर्चमा लुम्बिनी प्रदेश सरकार कमजोर
बजेट खर्चमा लुम्बिनी प्रदेश सरकार कमजोर आइतबार, जेठ ३, २०८३
नेपालगन्ज बजारमा किनमेल गर्ने उपभोक्ता बढे
नेपालगन्ज बजारमा किनमेल गर्ने उपभोक्ता बढे शनिबार, वैशाख २६, २०८३
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल शनिबार, वैशाख १२, २०८३
'नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज' फेस्टिभलको तयारी अन्तिम चरणमा 
'नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज' फेस्टिभलको तयारी अन्तिम चरणमा  बिहीबार, वैशाख १०, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्