Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
अर्थ
  • Home
  • अर्थ
  • नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, वैशाख १२, २०८३

नेपालगन्ज : नेपालगन्जमा पहिलो पटक ‘स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल’ सुरु भएको छ । नेपालगन्ज लगायत बाँके जिल्लाको पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय स्थलहरूको प्रचार-प्रसार, स्थानीय परिकारको पहिचान र प्रवर्द्धन तथा होटल व्यवसायको प्रवर्द्धन गर्ने लक्ष्यका साथ नेपालगन्जको वाटरपार्कसम्मको क्षेत्रमा साँझ ६ बजेदेखि राति ११ बजेसम्म फेस्टिभल सञ्चालन गरिएको हो ।

होटल व्यवसायी संघ बाँके र होटल संघ नेपाल बाँके लगायतले पश्चिम नेपालका स्वदेशी पर्यटकका साथै छिमेकी मुलुक भारतका पर्यटकलाई भित्र्याई नेपालगन्ज क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको हो । फेस्टिभलमा स्ट्रिट फुडदेखि पाँचतारे होटलका विभिन्न स्वादका परिकारहरूलाई एउटै स्थानमा उपलब्ध गराइएको छ।

फेस्टिभलमा स्थानीय स्वादिष्ट फुड, परम्परागत तथा आधुनिक खानाका परिकार र पेय पदार्थका साथै स्थानीय कला, संस्कृति र मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गरिएको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीम कँडेलले बताए । फेस्टिभलमा होटल व्यवसायीका साथै विभिन्न व्यापारिक प्रतिष्ठानहरूका ४० वटा स्टलहरू रहेका छन् ।

फेस्टिभलमा स्थानीय कलाकारका परम्परागत नृत्यदेखि ‘फिरन्ते’, ‘द जाप्पर्स’, ‘रकहेड्स’, ‘द ब्ल्याक होल’ र चर्चित गायक रामकृष्ण ढकाल, हास्य कलाकार तथा नायक विजय बराल, नायिका वर्षा राउत, हास्य कलाकार मेक्सम गौडेलसहितका कलाकारहरूले लाइभ म्युजिकसहितको प्रस्तुति दिनेछन् । त्यसैगरी स्थानीय कलाकारदेखि रसियन कलाकारसम्मको डान्स हुनेछ ।

फेस्टिभलमा सहभागी आगन्तुकहरूले विभिन्न प्रकारका खानाका स्टलहरू, लाइभ म्युजिक, सांस्कृतिक प्रस्तुति र अफरहरूको अनुभव लिन सक्नेछन् । यसले स्थानीय उत्पादन र व्यवसायीलाई प्रोत्साहन गर्ने र नेपालगन्जलाई ‘फुड डेस्टिनेसन’का रूपमा चिनाउने विश्वास गरिएको छ ।

प्रचण्ड गर्मीका कारण उकुसमुकुस भएका नेपालगन्जवासीहरू साँझ ६ बजेदेखि राति ११ बजेसम्म हुने खानाका परिकारदेखि लाइभ म्युजिकको आनन्दमा रमाइरहेको होटल संघ बाँकेका अध्यक्ष दिवाकर खनालले बताए ।

 

 

 

 

 

 


प्रकाशित मिति: शनिबार, वैशाख १२, २०८३  १७:५७
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
नेपालगन्ज बजारमा किनमेल गर्ने उपभोक्ता बढे
नेपालगन्ज बजारमा किनमेल गर्ने उपभोक्ता बढे शनिबार, वैशाख २६, २०८३
'नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज' फेस्टिभलको तयारी अन्तिम चरणमा 
'नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज' फेस्टिभलको तयारी अन्तिम चरणमा  बिहीबार, वैशाख १०, २०८३
एक सय भन्दाबढीको सामान खरिद गर्दा भन्सार गर्नुपर्ने निर्णय स्वागतयोग्य
एक सय भन्दाबढीको सामान खरिद गर्दा भन्सार गर्नुपर्ने निर्णय स्वागतयोग्य बुधबार, वैशाख ९, २०८३
सेयर बजार १८ अंकले घट्यो, ३ कम्पनी १५ प्रतिशत बढे
सेयर बजार १८ अंकले घट्यो, ३ कम्पनी १५ प्रतिशत बढे मंगलबार, वैशाख ८, २०८३
सुरु भयो पौवा 'स्वाद उत्सव'
सुरु भयो पौवा 'स्वाद उत्सव' बिहीबार, चैत २६, २०८२
दुई दिनमा नेप्सेले जोड्यो ९४ अंक, सबै उप-समूहमा हरियाली
दुई दिनमा नेप्सेले जोड्यो ९४ अंक, सबै उप-समूहमा हरियाली बिहीबार, चैत २६, २०८२
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव मंगलबार, चैत २४, २०८२
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती सोमबार, चैत २३, २०८२
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्