नेपालगन्ज : नेपालगन्जको त्रिभुवन चोक क्षेत्रमा आगामी असार १५ गतेदेखी ‘स्ट्रीट फुडलेन’ सञ्चालनमा आउने भएको छ । स्थानीय स्वादलाई एकिकृत गरेर एकै ठाउँबाट पस्किने उद्देश्यले स्ट्रीट फुडलेन सञ्चालनमा ल्याउन लागिएको हो ।
नेपालगन्ज उपमहानगरपालिका कार्यालयमा मंगलबार भएको सरोकारवालाबीच भएको छलफल पश्चात १५ गतेबाट सञ्चालन गर्ने निर्णय गरिएको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टर अध्यक्ष एवम् नेपालगन्ज फुडलेन व्यवस्थापन समितिका संयोजक श्रीराम सिग्देलले जानकारी दिए ।
उक्त छलफलमा उपस्थित भएका नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्जलाई पर्यटनसँग जोड्न स्ट्रीट फुडलेन महत्वपूर्ण सावित हुने बताए । यसका लागि उपमहानगरपालिकाले स्ट्रीट फुडलेन क्षेत्रमा सार्वजनिक शौचालय, फोहोरमैला ब्यवस्थापन, लगायत काममा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । भिडियो हेर्नुस् :
समितिका संयोजक सिग्देलले स्ट्रीट फुडलेनले नेपालगन्जलाई चिन्न सजिलो हुने र नेपालगन्जलाई पनि चिनाउने बताए । यसका लागि सामुहिक प्रतिवद्धता आवश्यक रहेको उनको भनाई छ । ‘यो सुरु भएपछि नियमित रुपमा समन्वय र अनुगमन गर्नुपर्छ, यसको लागि एउटा टिम बनाउनुपर्छ,’ सिग्देलले भने ।
पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख (उपसचिव) दिनेश अधिकारीले स्ट्रीट फुडलेन पर्यटनसँग जोडिएको विषय भएको बताए । यसवर्ष पर्यटन डिभिजन कार्यालयसँग सहयोग गर्ने कुनै त्यस्तो कार्यक्रम नभएपनि आगामी आर्थिक वर्षमा सहकार्य गर्ने प्रतिवद्धता जनाए ।
![Street Food Meeting Photo 11686051662.jpg](https://www.dursanchar.com/uploads/posts/Street Food Meeting Photo 11686051662.jpg)
छलफलमा उपस्थित भएका नेपालगन्जका पुर्वमेयर विजय गुप्ता, उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्धिन राई, नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष नन्दलाल बैश्य, संघका प्रतिनिधि भिम रानाभाट, वाणिज्य कार्यालय नेपालगन्जका विष्णुप्रसाद धिताल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत अञ्जु हुमागाई, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष रजनीश वाजपेयी र वडा नम्बर ११ का नन्दकिशोर कश्यप, सामाजिक अभियन्ता डा. बिनोद कर्ण, पर्यटन ब्यवसायी, सञ्चारकर्मी, पत्रकार लगायतले स्ट्रीट फुडलेन नेपालगन्जको समृद्धिसँग जोडिएको भन्दै चाडो कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव दिए ।
सम्बन्धित समाचार पढ्नुस् :
नेपालगन्जमा चाडै कार्यान्वयन हुदै ‘स्ट्रीट फुडलेन’
‘स्ट्रीट फुडलेन’ को यसरी बुझाइँदैछ महत्व र आवश्यकता-(भिडियो सहित)
नेपालगन्जको त्रिभुवन चोक क्षेत्रमा ‘स्ट्रीट फुड लेन' बनाइने