Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
बुधबार, चैत १५, २०७९
Dursanchar: News Portal
Radio add Radio add
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
IME Add IME Add
राजनीति
  • Home
  • राजनीति
  • ‘पार्टीलाई क्षति पुर्याउने अवस्थाको हेक्का बेलैमा होस्’
‘पार्टीलाई क्षति पुर्याउने अवस्थाको हेक्का बेलैमा होस्’
मेघराज ओली
मेघराज ओली शुक्रबार, वैशाख २, २०७९

नेपालगन्ज : राजनीतिक स्थायित्व र देशमा पाँच बर्ष सम्म एउटै सरकारले देश अनि जनतालाई समग्रमा समृद्ध बनाउने सफल योजना लागु गर्नका निम्ति दलहरूमा उच्च स्तरीय सहकार्य हुनु यतिबेला सबैको  बाध्यता हो ।

परिवर्तनको अनुभुती हरेक जनताले पाउन नसकी रहेकोे वर्तमान अवस्थामा सत्ताकै लागि बिचारको घाँटी रेटेर चुनावी गठबन्धन गर्नुपर्ने स्थितीको कारक तत्वको खोजी नगरी पदका निम्ति या अरु कुनै कारणको आवेगमा आएर गठबन्धन गर्दा काँग्रेस जस्तो खुल्ला लोकतान्त्रिक विचारबाट निर्देशित दलका कार्यकर्ताहरुको आक्रोशको ज्वालामुखीले पार्टीलाई दिर्घकालिन क्षति पुर्याउने अवस्थाको हेक्का भने बेलैमा नेतृत्वले राख्नै पर्दछ । 

नेपालमा जबसम्म यो संबिधान अनुसारको निर्वाचन प्रणाली हुबहु रहन्छ, तबसम्म कुनैपनि दलको बहुमतको सरकार बन्ने सम्भावना कमै छ । सबै दलहरू मिलेर सँग सँगै देश चलाउ भन्ने सन्देश संबिधानले दिएको हो । तर, दलका नेतृत्वहरु एकले अर्कालाई खुइल्याउन जस्तोसुकै हद पार गर्न पछि नपर्ने समकालिन राजनीतिक चरित्रका कारण नेपाल राजनीतिक अस्थिरताको भुमरीमा पर्दै यहाँसम्म आइपुगेको यथार्थतालाई जतिसुकै लुकाउन खोजेपनि लुक्ने वाला छैन ।

अहिले यही बैशाख ३० को स्थानीय सरकारको लागि हुने निर्वाचनको  चुनावी गर्मा गर्मीको बहस सर्बत्र छाएको छ । त्यसमा पनि सत्ता गठबन्धन दलहरुको चुनावी तालमेलले अलि बढी चर्चा पाएको छ । यो तालमेलको बहसले काँग्रेसले थालेको ‘घर घर जाउँ कांग्रेस जिताउ’ अभियानलाई पुर्णतः प्रभावित बनायो ।

काँग्रेसको स्थानीय तहमा यो अभियानले संगठन लाई युगानुसार  चलायमान बनाउन महत्त्वपूर्ण उर्जा दिदै गर्दा गठबन्धनरुपी मिसायलले उच्च मनोबलका साथ मैदानमा उत्रिएका स्थानीय नेता तथा कार्यकर्ता सम्मलाई युद्ध हारेको सैनिक सरह  निराशाको  कालो बादलमा मडारी दियो । 

स्थानीय तहमा आवश्यकता र औचित्यका आधारमा चुनावी तालमेल गर्न सक्ने अधिकार नेपाली काँग्रेसको केन्द्रिय समितिको चैत्र १६ गतेको निर्णयले गर्यो, जसले निष्ठा अनि बिचारको राजनीतिलाई शिरमा राख्ने  आम कांग्रेसीजन लाई अलिकति आशाको दियो बाल्ने काम गर्यो, तर आज भोलीका घटनाक्रम त्यो निर्णय विपरित केन्द्रले फेरि स्थानीय तहमा गठबन्धनको संयन्त्र बनाएर नेतृत्वको इच्छा अनुसार जबरजस्त अंश बण्डा गरि पद बाँडफाँड गर्ने चरणहरु पार गरिदैछ । स्थानीय नेता तथा कार्यकर्ताको इच्छा विपरित गरिने अंश बण्डाले निम्त्याउने  क्षतिको जिम्मा कस्ले लिने ?

पद अनि सत्ताका निम्ति  पार्टीलाई मृत्यु शैयामा पुर्याएर कार्यकर्ताको इहलिला हुने यस्तो जबरजस्त गराइने गठबन्धनले कतै लोकतान्त्रिक आन्दोलनको मियो दल नेपाली कांग्रेस भारतीय काँग्रेस आई को हालतमा त पुग्ने होईन ? बेलैमा आम कांग्रेसजन सचेत र सजग हुन जरुरी छ ।  

आवश्यकता  र औचित्यका आधारमा स्थानीयले नै तालमेल गर्ने या नगर्ने निर्णयको अधिकार स्वयंले गर्न पाउने कुरा सबैभन्दा मुख्य हुनु पर्दछ । बाह्य  एकतालाई प्राथमिकतामा राख्दै गर्दा आन्तरिक एकता तहस नहस  हुनु भनेको मृत्यु पत्रमा हस्ताक्षर गर्नु सरह नै हो भन्ने कुरा काँग्रेस नेतृत्वले बेलैमा बुझ्न अति आवश्यक छ ।  

बरदानको आस गरेर जबरजस्त गरिने गठबन्धन अभिसाप नबन्नोस् । औंला दिन खोज्दा हात मात्रै होईन दीर्घकालमा सिंगो शरिर नै नरहने अरुलाई बलियो बनाउने गठबन्धन होईन आफु बलियो बन्ने गठबन्धन गर्ने हो भने जबरजस्ती गरेर होईन आवश्यकता अनि औचित्यका आधारमा  तालमेल गर्ने  जिम्मा स्थानीयलाई नै दिनु उपयुक्त होला । 

एकातिर गठबन्धनको प्रेसर अर्कातिर अत्याधिक संख्यामा उम्मेदवारको दाबीले काँग्रेस बृहतमा ब्यापक चासो अनि चिन्ता देखिएको छ । लोकतान्त्रिक पार्टीभित्र धेरै भन्दा धेरै उम्मेदवार हुनुपर्छ यो कुनै नौलो कुरा होईन, लोकतान्त्रिक दलको गहना भनेकै यहीँ हो ।

जति धेरै आकांक्षी त्यति धेरै पार्टी बलियो बन्दछ, तर पार्टीले टिकट एकजना लाई दियो भने सबैले हातमा हात मिलाएर मुख होईन रुखलाई सम्झिएर निर्वाचन जित्ने अभियानमा सँग सँगै यात्रा गर्न भने जरुरी छ । यदी चुनावी अभियानमा कुनैपनि नेता तथा कार्यकर्ता दिल दिमागले सकेजति पार्टीलाई जिताउन लाग्दैन भने पार्टीले ती मनुवाहरुको लेखाजोखा राख्नै पर्दछ । घर ध्वस्त पारेर छिमेकीलाई बलियो बनाउनेहरुबाट घर जोगाउनका निम्ति कुनै आग्रह पुर्वाग्रह नलिएर निर्भिकता अनि निडरताका साथ दण्ड दिन नेतृत्वलाई दवाव दिन आवश्यक छ । जय नेपाल !  (लेखक नेपाली कांग्रेस बाँकेका महासमिति सदस्य हुन् )  

प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  २२:२२
#ओलीको निजी बोली
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
उपनिर्वाचनका लागि राप्रपाले तोक्यो चुनावी कमान्डर 
उपनिर्वाचनका लागि राप्रपाले तोक्यो चुनावी कमान्डर  मंगलबार, चैत १४, २०७९
सुरू भयो इम्बोस्ड नम्बर प्लेट नेपालीमा राख्ने प्रक्रिया
सुरू भयो इम्बोस्ड नम्बर प्लेट नेपालीमा राख्ने प्रक्रिया सोमबार, चैत १३, २०७९
प्रतिनिधिसभा बैठक आज बस्ने तयारी 
प्रतिनिधिसभा बैठक आज बस्ने तयारी  आइतबार, चैत १२, २०७९
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल 
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल  शनिबार, चैत ११, २०७९
माओवादी निर्णय : सोमबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिइने 
माओवादी निर्णय : सोमबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिइने  शनिबार, चैत ११, २०७९
‘मन्त्री पद खानेभन्दा पनि कांग्रेसलाई मजबुत बनाउन लागेको छु’ : महामन्त्री थापा
‘मन्त्री पद खानेभन्दा पनि कांग्रेसलाई मजबुत बनाउन लागेको छु’ : महामन्त्री थापा शनिबार, चैत ११, २०७९
'विकास र समृद्धिमा प्रेसको भूमिका महत्वपूर्ण' : प्रदेश सभामुख गुरुङ
'विकास र समृद्धिमा प्रेसको भूमिका महत्वपूर्ण' : प्रदेश सभामुख गुरुङ शनिबार, चैत ११, २०७९
'सामाजिक रूपान्तरणमा सामुदायिक रेडियोको अहम भूमिका' : प्रधानमन्त्री दाहाल
'सामाजिक रूपान्तरणमा सामुदायिक रेडियोको अहम भूमिका' : प्रधानमन्त्री दाहाल बिहीबार, चैत ९, २०७९
काँग्रेस महामन्त्री थापाले भने, 'प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन'
काँग्रेस महामन्त्री थापाले भने, 'प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन' बिहीबार, चैत ९, २०७९
Baijanath Gaupalika ko Jari Sandesh Baijanath Gaupalika ko Jari Sandesh
लोकप्रिय
  • Week
  • Month
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका खत्री निर्वाचित
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका खत्री निर्वाचित
सामुदायिक रेडियोलाई नीतिगत रूपमा बजेट ब्यवस्थापन गर्न मन्त्री मोदीको निर्देशन
सामुदायिक रेडियोलाई नीतिगत रूपमा बजेट ब्यवस्थापन गर्न मन्त्री मोदीको निर्देशन
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल 
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल 
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा देखियो उत्साह
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा देखियो उत्साह
बैजनाथमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, सर्बसाधारणलाई राहत
बैजनाथमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, सर्बसाधारणलाई राहत
प्रधानमन्त्री निवास बालुवाटारमा मिटरब्याजी पीडितको धर्ना 
प्रधानमन्त्री निवास बालुवाटारमा मिटरब्याजी पीडितको धर्ना 
चैते दशैँको अवसरमा शक्तिपीठमा भक्तजनको घुइँचो
चैते दशैँको अवसरमा शक्तिपीठमा भक्तजनको घुइँचो
उपनिर्वाचनका लागि राप्रपाले तोक्यो चुनावी कमान्डर 
उपनिर्वाचनका लागि राप्रपाले तोक्यो चुनावी कमान्डर 
मेरो कथा
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  दूरसञ्‍चार
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! दूरसञ्‍चार
अन्तर्वार्ता
‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’
‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’ दूरसञ्‍चार
‘क्याम्पसमा बिद्यार्थीका तमाम समस्यालाई उठान गर्नेछु’
‘क्याम्पसमा बिद्यार्थीका तमाम समस्यालाई उठान गर्नेछु’ दूरसञ्‍चार
‘मलाई विश्वास छ, मतदाता सबैले जिताउनु हुनेछ’
‘मलाई विश्वास छ, मतदाता सबैले जिताउनु हुनेछ’ दूरसञ्‍चार
Duduwa Gaupalika ko Jari Sandesh Duduwa Gaupalika ko Jari Sandesh
Rapti Sonari Gaupalika Khola ko Suchana Rapti Sonari Gaupalika Khola ko Suchana
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५१३२६३४३

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५१३२६३४३

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Dursanchar: News Portal
फेसबुक पेज
Dursanchar: News Portal
© Dursanchar: News Portal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्