Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
विचार
  • Home
  • विचार
  • सरकारी हिस्सेदारी खोज्ने कि गलत क्रियाकलापको खबरदारी गर्ने ?
सरकारी हिस्सेदारी खोज्ने कि गलत क्रियाकलापको खबरदारी गर्ने ?
बसन्त गौतम
बसन्त गौतम आइतबार, असोज ३, २०७८

नेपालगन्ज : २०६२/०६३ सालको जनआन्दोलनताका नागरिक समाजले खेलेको सकारात्मक भुमिकालाई अहिले पनि आम जनताले भुल्न सकेका छैनन । निंरकुश राजतन्त्रको अन्त्य, लोकतन्त्र र नागरिक अधिकारको बहालीका लागी नागरिक समाजले खेलेको भुमिका साच्चै सराहनिय थियो । तर, पछिल्लो समयमा भने लोकतान्त्रिक मुल्य मान्यताको संरक्षण र जनसरोकारका मुद्धामा नागरिक समाजको भुमिका अपेक्षाकृत सक्रिय भएको पाइदैन ।  

जागरुक नागरिकहरूको समूह नागरिक समाज हो । संगठित वा असंगठित रूपमा सक्रिय समूह नै नागरिक समाज हो । त्यस्ता संगठित समाज भनेका कुनै निश्चित अवधारणा सहित निश्चित समूहको हितका लागि गठित पेसागत संस्था, धार्मिक समूह, मजदुर संगठन, नागरिकका पक्षमा बोल्न संस्थाहरू जसमा एउटाको हितमा समाजका विभिन्न समूहहरूको हित निहित हुन्छ, जसले आवाज विहीनको आवाज बोल्ने गर्दछन् । 

तिनले बालबालिकाका लागि, वृद्धहरूका लागि, दलित, अपाङ्गता भएका, समाजमा प्रताडित, अल्प संख्यकका, सीमान्तकृत जनताका लागि बोलिदिने संस्थालाई पनि नागरिकका तर्फबाट बोलिदिने समाजका रूपमा लिनुपर्छ । लोकतन्त्रमा त्यस्ता  आवाज विहीनका सवालहरु बोल्ने र लोकतन्त्रलाई सबैको पहुँचमा पुर्याउने काम नै नागरिक समाजले गर्दछ । 

प्रेसले नागरिक समाजलाई लोकतान्त्रिक बनाउन र लोकतन्त्रको विश्वव्यापी मान्यताका बारेमा जागरुक बनाउँछ, त्यसैले प्रेस लोकतन्त्रलाई सबै नागरिकको पहुँचमा पुर्याउने प्रमुख माध्यम हो ।

त्यसैले प्रेस पनि नागरिक समाजको अभिन्न अंगको रुपमा मानिन्छ ।  लोकतन्त्रमा सबैको पहुँच नपुगेको अवस्थामा नागरिकका कुराहरू ठिक ठाउँमा पुर्याउने र समाजका लागि सरकारलाई, विधायकलाई र न्यायमूर्तिलाई समेत आवश्यक जानकारी उपलब्ध गराउने भनेको वा जनताको आवाज सामयिक रूपमा सबै ठाउँमा पुर्याउने नै नागरिक समाजले हो ।

नागरिक समाज राष्ट्रको यस्तो बलियो किल्ला हो जसले नागरिकले पाउनु पर्ने हक र निभाउनुपर्ने कर्तव्यका बारेमा सबैलाई सजग गराउँछ । अधिकार चाहिँ खोज्ने तर कर्तव्य चहिँ भुसुक्कै बिर्सने मानविय प्रवृत्ति बढिरहेका बेला नागरिक समाज औँलो ठड्याउने उत्कृष्ट माध्यम बन्ने गर्दछ । 

नागरिक समाज राष्ट्रको यस्तो बलियो किल्ला हो जसले नागरिकले पाउनु पर्ने हक र निभाउनुपर्ने कर्तव्यका बारेमा सबैलाई सजग गराउँछ । अधिकार चाहिँ खोज्ने तर कर्तव्य चहिँ भुसुक्कै बिर्सने मानविय प्रवृत्ति बढिरहेका बेला नागरिक समाज औँलो ठड्याउने उत्कृष्ट माध्यम बन्ने गर्दछ । तर अहिलेको अवस्थामा नागरिक समाज सुस्ताएको, राजनितिबाट प्रभावित बनेको आरोप नागरिक समाज माथी लाग्ने गरेको छ । 

वास्तवमा नागरिक समाज यस्तो समुह हुनु पर्दछ जो गैर राजनीतिक, गैरसरकारी र गैर नाफामुलक रुपमा कार्य गरेको होस । जसमा नागरिकको हक अधिकारको बहस र पैरवी गर्न स्वतन्त्र अस्तित्व भएका व्यक्तिहरू स्वतस्फर्त रुपमा संगठित भएका हुन । 

निश्चित उदेश्य प्राप्तिका लागि नागरिकहरू मिलेर बनेको सङ्गठन नागरिक समाज हो । विश्वका कैयौँ राष्ट्रहरूले यसलाई समाज रूपान्तरणको आधारको रूपमा लिने गरेका छन् ।

हुन पनि नागरिक समाजको आन्दोलन र वकालतले नेपालमा धेरै सामाजिक कुरीतीजन्य कार्यको अन्त्य र समाज परिवर्तनका लागी मद्धत पुगेको कुरा हामी कसैबाट छिपेको छैन ।  नागरिक समाजले कानुन कार्यान्वयनमा सरकारलाई र कानुन पालनामा नागरिकलाई सचेत र सहयोग गरि सार्वजनिक सेवा प्रवाह गर्ने कार्यमा सरकार र नागरिकलाई सहज वातावरणको सिर्जना गर्दै सरकार र नागरिक बीच सुमधुर सम्बन्ध कायम गरि सरकारको काम कारबाहीलाई जनउत्तरदायी र पारदर्शी ढंगबाट सञ्चालन हुन मद्धत गर्दछ ।  

नेपालमा मानवअधिकार, शान्ति, लोकतन्त्र, लैंगिकता, अल्पसंख्यकका मुद्धा, द्धन्द्धब्यवस्थापन र द्धन्द्धोत्तर राज्य संचालन, महिला बिरुद्ध हुने हिंशा, बालअधिकार जस्ता बिषयहरुमा नागरिक समाजको भुमिका महत्वपुर्ण रहने गरेको छ ।  नागरिक समाजमा रहेका तरल भिडलाई जुनसुकै देशमा पनि राजनैतिक दलहरुले स्वार्थ पुर्तिमा प्रयोग गर्ने खतरा रहन्छ ।

बर्तमान अवस्थामा नागरिक समाजको भुमिका बहुमुखि हुन पर्दछ । ग्रामिण र दुरदराजका जनताहरुको पीर मर्कालाई उजागर गर्ने र आफुलाई पुर्ण ब्यवशायिक बनाउनु पर्दछ ।

त्यसैले नागरिक समाजले राजनितिक पुर्वाग्रही हुनबाट आफुलाई जोगाई सभ्य र शालिन ढंगले नागरिक खवरदारी गर्नु पर्ने हुन्छ । बर्तमान अवस्थामा नागरिक समाजको भुमिका बहुमुखि हुन पर्दछ । ग्रामिण र दुरदराजका जनताहरुको पीर मर्कालाई उजागर गर्ने र आफुलाई पुर्ण ब्यवशायिक बनाउनु पर्दछ । लोकतन्त्रको दिगो बिकाश र स्थायी शान्तिका लागी निरन्तर खवरदारी गरिरहनु पर्दछ । यस्तो खवरदारी अमुक राजनैतिक दल वा शक्ति केन्द्रको उक्साहटमा होइन कि आमजनताको हितमा हुनु पर्दछ । 

राज्यमा सुशासन स्थापित गर्नमा नागरिक समाजको महत्वपुर्ण भुमिका रहनु पर्दछ । राष्ट्रिय सरोकारका विषयहरूमा जनतालाई जागरूक गराई दिगो शान्ति र शान्ति सुरक्षा अमनचयन स्थापना गर्नु नागरिक समाजको लक्ष्य हुने गर्दछ । सरकारका सरकारका राम्रा काममा सहयोग र गलत कार्यमा खवरदायी गर्नु नागरिक समाजको दायित्व र कर्तब्य रहन्छ । 

देशमा ब्याप्त भ्रष्टाचारका बिरुद्धको मुद्धालाई पनि नागरिक समाज उत्तिकै महत्वका साथ उठाई सुशासन कायम गर्नमा मद्धत पुर्याउनु पर्दछ ।

समाज र राष्ट्रलाई सही बाटामो हिँड्न प्रेरणा दिने, जनताको प्रतिनिधित्व गर्दै जनताका जल्दाबल्दा समस्याहरू समाधानका लागि आवाज उठाउन नेतृत्व गर्ने र समाजका विकृति र विसङ्गति विरूद्ध आवाज उठाउँदै त्यसको निराकरणका लागि प्रयास गर्ने काम नागरिक समाजकै हो । यस्ता कार्यमा सबै एक भएर लागि पर्नु पर्छ ।

नागरिक समाजबाट आम नागरिकले लोकतन्त्रका पक्षमा प्रशस्त जानकारी प्राप्त गर्दछन् । ससाना समुदायका क्रियाकलापमा सम्मिलित नागरिकले राजनीतिले राज्य संचालनमा पार्ने प्रभाव, हरेक संघ सस्था र राजनैतिक दलको आन्तरिक लोकतान्त्रिकरणमा नागरिक समाजले निरन्तर आवाज उठाईरहनु पर्दछ । 

लोकतन्त्रिक शासन ब्यवस्थामा कसरी सबै समुदायको हित निहित हुन्छ भन्ने बारेमा नागरिक समाजले आमनागरिकलाई सुसुचित बनाउने र अधिकार हनन भएको अवस्थामा दावी गर्ने प्रक्रियाका बारेमा समेत नागरिकलाई निरन्तर सचेत बनाउनु पर्दछ । 

लोकतान्त्रिक प्रक्रिया भनेको के हो र लोकतान्त्रिक प्रक्रियाद्वारा कसरी काम हुन्छ भन्ने कुरा पनि नागरिक समाजले ती समुदायलाई जानकारी गराउनु पर्दछ । नागरिक समाजले नै सरकार र सार्वजनिक क्षेत्रका बीचमा मध्यस्थताको काम गर्दछन् ।

एक प्रकारले नागरिक समाजले लोकतान्त्रिक संस्थाको काम कर्तव्य र व्यवहारको मिहिन तरिकाले जाँच गरेर सेवाग्राही संस्थालाई सदैव सतर्क र सेवामुखी बनाइरहन खवरदारी गरिरहनु पर्दछ । यसप्रकार नागरिक समाजको चासो र संलग्नताले लोकतन्त्रको सामाजिक आधार बलियो बनाइरहेको हुन्छ । नागरिक समाजले दललाई सतर्क बनाउन सकेको अवस्थामा मात्र दलको क्रियाकलापमा सन्तुलन आउन सक्दछ । 

नागरिक समाजको भुमिकाको कुरा गर्दा लोकतान्त्रिक मुल्य मान्यताको विकास र संस्थागत गर्ने माध्यमको रुपमा, परिवर्तनको संवाहकको रुपमा, समाज सुधारको रुपमा, रचनात्मक सुझाव कर्ताको रुपमा, आवश्यक दबाबकर्ताको रुपमा, सचेतकको रुपमा, सचेतना अभिवृद्धिको रुपमा, जनसहभागिता र मत निर्माण गर्ने माध्यमको रुपमा नागरिक समाजले बिभिन्न माध्यमले प्रभावकारी काम गर्नु पर्ने आम जनताको भनाई रहने गरेको छ । 

नागरिक अधिकारको संरक्षण, प्राप्त उपलब्धीको रक्षा, राजनैतिक स्थिरताका लागी नागरिक खवरदारी अझै बढाउनु पर्ने देखिएको छ । देशमा १० बर्षसम्म चलेको राजनैतिक अस्थिरता र सशस्त्र द्धन्द्धले धेरै नेपाली नागरिकको जनधनको क्षति ब्यहोरेको तथ्य हामी माझ छ ।

नागरिक अधिकारको संरक्षण, प्राप्त उपलब्धीको रक्षा, राजनैतिक स्थिरताका लागी नागरिक खवरदारी अझै बढाउनु पर्ने देखिएको छ । देशमा १० बर्षसम्म चलेको राजनैतिक अस्थिरता र सशस्त्र द्धन्द्धले धेरै नेपाली नागरिकको जनधनको क्षति ब्यहोरेको तथ्य हामी माझ छ ।

१० बर्षे द्धन्द्धको मारमा परेका पीडितले अझै न्याय नपाएको सन्दर्भमा दलबिचको खिचातानी र मनमुटावले हिंशात्मक रुप लिन नपाओस भन्ने कुरामा राजनैतिक दललाई सचेत बनाउने र निरन्तर खवरदारी सचेत बनाउने कार्य नागरिक समाजले अझ बढी सक्रिय भई लाग्नु पर्ने देखिएको छ । यसै गरि मानव अधिकारको संरक्षण र सम्बद्र्धन, दण्डहिनताको अन्त्य र कानूनी शासनको स्थापनाका लागी पनि नागरिक समाजले निरन्तर खवरदारी गरिरहनु पर्दछ । 

अहिले अवस्थामा अहिले आमजनताले नागरिक समाजको सकारात्मक भुमिकाको अपेक्षा गरेका छन् । यस्तो बेलामा नागरिक समाजका प्रतिनिधिहरु देशको अस्थिर राजनैतिक प्रभावमा परे र अमुक दल वा तिनका नेताको स्वार्थमा लागे भने भने तिनलाई कदापी नागरिक समाजका प्रतिनिधि मान्न सकिदैन ।

नागरिक समाजले सरकारी निकायका गलत कार्यको खवरदारी नगरि आफ्नो निहित स्वार्थमा साझेदारी गर्न पट्टी लागेमा त्यो भन्दा अर्को दुभाग्य केही हुन सक्दैन ।  लोकतन्त्रको सुढृढीकरण, मानव अधिकारको रक्षा, कानूनी शासनको स्थापना, स्वतन्त्र प्रेश र जनअधिकारका सवालमा नागरिक समाजकोे भुमिका महत्वपुर्ण हुनु पर्दछ । यसका लागी नागरिक समाज कुनै प्रकारको दवाव र प्रभावबाट बिचलित नभै आफ्नो ब्यवशायिक मुल्य र मान्यतालाई कायम राख्न कहिले पनि चुक्नु हुदैन ।

जनताले वास्तविक रुपमै लोकतन्त्रको अनुभुति गर्न नपाएको वर्तमान अवस्थामा उनीहरुले दैनिक रुपमा भोग्नु परेका बिभिन्न समस्याहरुको सम्बोधन र अधिकारमा उनीहरुको पुहँच पुर्याउन, भष्ट्राचारको रोकथाम, सुशासनका कायम गर्नका लागी नागरिक समाजले सशक्त भुमिका खेल्न जरुरी छ । (लेखक अधिवक्ता हुन् )

यदी तपाईका पनि समसामयिक विषयमा लेखहरु छन्, भने हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ ।
-सम्पादक 


प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  ०७:१९
प्रतिक्रिया दिनुहोस्
थप विचार
ज्ञानेन्द्र शाह, आफूलाई नियन्त्रणमा राख्नुस् !
ज्ञानेन्द्र शाह, आफूलाई नियन्त्रणमा राख्नुस् ! आइतबार, चैत १७, २०८१
'जनताका चाहनालाई नजरअन्दाज गरिनु लोकतान्त्रिक गणतन्त्रका लागि हितकर होईन'
'जनताका चाहनालाई नजरअन्दाज गरिनु लोकतान्त्रिक गणतन्त्रका लागि हितकर होईन' बिहीबार, भदौ १३, २०८१
नेपाल मात्र होईन बिश्व नै भावुक भए.........
नेपाल मात्र होईन बिश्व नै भावुक भए......... शनिबार, असार १, २०८१
‘कानूनको अज्ञानता क्षम्य हुँदैन’: सिद्धान्त
‘कानूनको अज्ञानता क्षम्य हुँदैन’: सिद्धान्त बुधबार, पुस १८, २०८०
अगुवाहरूलाई सोच्ने फुर्सद कहाँ छ र ?
अगुवाहरूलाई सोच्ने फुर्सद कहाँ छ र ? मंगलबार, पुस १७, २०८०
‘पुँजीवादी अर्थतन्त्रलाई प्राथमिकता दिनु विपीप्रति घोर अपमान’
‘पुँजीवादी अर्थतन्त्रलाई प्राथमिकता दिनु विपीप्रति घोर अपमान’ आइतबार, भदौ २४, २०८०
प्रेस युनियन र प्रेस स्वतन्त्रता 
प्रेस युनियन र प्रेस स्वतन्त्रता  बुधबार, भदौ २०, २०८०
वि.पी. कोइराला नेपाली राजनीतिका धरोहर 
वि.पी. कोइराला नेपाली राजनीतिका धरोहर  शनिबार, साउन ६, २०८०
मुलुक समृद्ध बनाउन सकिने पाँच ‘ज’ ओझेलमा
मुलुक समृद्ध बनाउन सकिने पाँच ‘ज’ ओझेलमा शुक्रबार, जेठ १२, २०८०
लोकप्रीय
  • Week
  • Month
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्