Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
दूरसञ्‍चार खोज
  • Home
  • दूरसञ्‍चार खोज
  • यस्तो बन्दैछ भेरी अस्पताल
यस्तो बन्दैछ भेरी अस्पताल भवनको काम ६० प्रतिशत सम्पन्न
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, भदौ ११, २०७८

नेपालगन्ज : दशकौं अघिका पुराना तथा जीर्ण भवनबाट सेवा दिदै आएको नेपालगन्जस्थित भेरी अस्पतालले चाडै सुविधायुक्त भवन पाउने भएको छ ।

अस्पतालको २ सय ४० बेड क्षमताको भवन निर्माणको काम अहिले चलिरहेको छ । शहरी विकास तथा भवन निर्माण विभागले निर्माण गरिरहेको उक्त भवनको काम ६० प्रतिशत सम्पन्न भईसकेको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाई नेपालगन्जका इन्जिनियर विजयकेशर खनालले जानकारी दिए । 

भेरी अस्पतालको निर्माणाधिन भवनको डिजाईन नक्सा । स्रोत : भेरी अस्पताल

उनका अनुसार २०७६ जेठमा मुल्य अभिवृद्धि कर(भ्याट)बाहेक ३२ करोड ३१ लाख रुपैयाँको लागतमा प्रेरा सि.ए.बि. भिमेश्वर जेभीले ठेक्का सम्झौता गरेर काम अगाडी बढाएको थियो । उक्त भवन लिफ्टसहित पाँच तल्ले रहेको छ । ‘भवनको कन्स्ट्रक्सन सम्बन्धी काम सबै सम्पन्न भईसकेको छ, अब फिनिसिङ गर्ने काम मात्र भइरहेको छ,’ उनले भने । सम्झौता अनुसार भवन निर्माणको काम आगामी मंसिर मसान्तभित्र ठेकेदारले सम्पन्न गरिसक्नुपर्नेछ । इन्जिनियर खनालले थपे, ‘कोभिडको पहिलो र दोस्रो लहरले भवन निर्माणको कामलाई केही असर गर्यो, तरपनि मंसिरभित्रमा काम सम्पन्न गर्ने ठेकेदारको कोशिस छ ।’

विभागले भवन निर्माणको काम सम्पन्न भएपछि अस्पताललाई हस्तान्तरण गर्नेछ । उक्त भवनमा २ सय ४० बेडको वार्डसहित इमेरजेन्सी, डायलाशिस, आईसियु, सिसियु, प्रशासनिक कक्ष पनि सञ्चालन गरिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश थापाले बताए । अस्पतालले अहिलेसम्म पुरानो भवनबाट कोभिड वार्डसहित ३ सय क्षमताको बेड सञ्चालन गरिरहेको उनले जनाए । 

अर्को नयाँ भवनको पनि डिपिआर तयार
अस्पतालको सुविधायुक्त भवन निर्माणको काम चलिरहेका बेला अर्को नयाँ भवन निमार्ण गर्न पनि प्रस्ताव अगाडी बढाइएको उनले बताए । ‘अस्पतालका लागि अर्को २ सय ६० बेड क्षमताको भवन बनाउन डिपिआर तयार भईसकेको छ,’ डा. थापाले भने ‘डिपिआरसहित आवश्यक बजेट विनियोजन गरिदिन प्रस्ताव अगाडी बढाएका छौं ।’ नयाँ प्रस्ताव गरिएको अर्को नयाँ भवनमा २ सय ६० बेड क्षमताको वार्डसहित, अण्डर ग्राउण्ड पार्किङ, ओपिडी लगायत अन्य कक्ष राखिने सुनाए । उक्त भवन ७ तल्ले बनाइनेछ । 

प्रस्ताव गरिएको अर्को नयाँ भवनको नक्सा । स्रोत : भेरी अस्पताल 

अस्पताल परिसरमै डाक्टर र अस्पताल कर्मचारी निवास, पोष्टमार्टम भवन निर्माण गर्न प्रस्ताव गरिएको मेसु डा. थापाले बताए । निर्माणाधिन र प्रस्ताव गरिएको भवन पश्चात अस्पतालको क्षमता ५ सय बेड पुग्ने स्पष्ट पारे । सरकारले गतवर्ष नै भेरी अस्पताललाई ५ सय बेडमा विस्तार गर्न अनुमति दिईसकेको स्मरण गर्दै भने, ‘सरकारले हामीलाई ५ सय बेड क्षमताको चलाउन अनुमति दिइसकेको हो, यि दुबै भवन बनेपछि हामीलाई अब समस्या हुदैन, अस्पतालको स्तरवृद्धिसँगै आवश्यक पर्ने जनशक्ति र उपकरण पनि थपिनेछन् ।’

अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले अस्पताल भवन निर्माणले यसक्षेत्रको स्वास्थ्यमा थप सुधार हुने आशा गरेका छन् । ‘एउटा भवन निर्माणको काम भइरहेको छ, अर्को भवन निर्माण गर्न डिपिआर तयार भइसकेको छ, सरकारले दोस्रो भवनको लागि पनि चाडै बजेट विनियोजन गरिदिनुपर्यो ।’

सरकारले भेरी अस्पताललाई विशिष्टकृत अस्पतालका रूपमा घोषणा गरेपछि पुर्वाधार बन्न लागेको श्रेष्ठ बताउँछन् । पश्चिम नेपालका झण्डै २५ जिल्लाका नागरिकको उपचार गर्न भेरी अस्पताल भरपर्दो केन्द्र बन्दै गएकाले सरकारले यसलाई विशेष प्राथमिकता दिनुपर्ने उनको आग्रह छ ।  

 
 


प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  २२:१३
प्रतिक्रिया दिनुहोस्
थप दूरसञ्‍चार खोज
कारागार कर्मचारीको बद्मासी, एउटाको कैद अर्कोसँग असुल 
कारागार कर्मचारीको बद्मासी, एउटाको कैद अर्कोसँग असुल  आइतबार, जेठ ८, २०७९
राप्ती नदीमा अवैध उत्खनन्, क्रसर उद्योगको बील प्रयोग गरेर निकासी
राप्ती नदीमा अवैध उत्खनन्, क्रसर उद्योगको बील प्रयोग गरेर निकासी बिहीबार, पुस १५, २०७८
फेर्दैछ नेपालगन्ज उपमहानगरले मुहार 
फेर्दैछ नेपालगन्ज उपमहानगरले मुहार  आइतबार, असोज ३, २०७८
बीस वर्षअघि भारत गएर वेपत्ता भएका थिए, अहिले फेला परे नारायण
बीस वर्षअघि भारत गएर वेपत्ता भएका थिए, अहिले फेला परे नारायण सोमबार, भदौ १४, २०७८
पर्यटक पर्खिदै बाँके राष्ट्रिय निकुञ्ज 
पर्यटक पर्खिदै बाँके राष्ट्रिय निकुञ्ज  आइतबार, भदौ १३, २०७८
पाटेबाघ संरक्षण गर्न पाईलै पिच्छे चुनौती
पाटेबाघ संरक्षण गर्न पाईलै पिच्छे चुनौती शुक्रबार, भदौ ११, २०७८
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्