Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विचार
  • Home
  • विचार
  • नेपाली काँग्रेस र १४ औं महाधिवेशन 
नेपाली काँग्रेस र १४ औं महाधिवेशन 
बिनोद थारु
बिनोद थारु शनिबार, असोज ९, २०७८

बाँके : बि.पी. कोइराला, गणेशमान सिहं, कृष्णप्रसाद भट्टराई, सुवर्ण शमशेर राणा, प्रशु नारायण चौधरी, महेन्द्र नारायण निधि, राधाकृष्ण थारु, बैजनाथ थारु लगायत तमाम प्रजातन्त्र, लोकतन्त्र र कांग्रेसका इतिहासहरु बाट बनेको काँग्रेस मुलुककै सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टीको रुपमा परिचित नेपाली काँग्रेस आज हामी करोडौं नेपाली जनता आफ्नो आधिकारको लागि बोल्न पाएका छौं । 

तर  विगत साढे दुई दशकदेखि नेपाली काँग्रेस दिर्घरोगको शिकार बनेको छ । त्यो हो, घात, प्रतिघात, अन्तर्घात र त्यसको परिणाम स्वरुप राष्ट्रिय राजनीतिमा पक्षघात । यही रोगको कारण इतिहास साक्षी छ, काँग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईदेखि कैंयन गनेचुनेका नेता मात्र होइन तल्लो तहका कार्यकर्ता समेतको पटक पटक चुनावी राजनीतिको भुङग्रो अनायसै पिल्सिए । त्यो पनि विरोधीको कारण होइन, आफ्नै सहकर्मी र सहधर्मीहरुको राजनीतिक अर्धमिता र अर्कमण्यताका कारण । 

विशेषगरी लौह पुरुष कमण्डर र सर्बोच्च नेता गणेशमान सिहंको कमाण्डमा २०४६ सालको राजनीतिक परिवर्तनले स्थापना गरेको बहुदलीय संसदीय प्रजातन्त्रिक कालमा सुरु भएको यो घात, अन्तर्घातको संस्कृतिले काँग्रेसभित्र यति बलियो जरा गाड्यो कि अन्ततः त्यो काँग्रेसभन्दा बलियो गुट–उपगुटमा परिणत भयो । 

बौद्धिक नेपाली काँग्रेसका नेता प्रदिप गिरी पटक–पटक अन्तर्वार्ता, टेलिभिजन मर्फत र शब्दहरु दिइरहनु हुन्छ । त्यो गुट–उप–गुटबाट गुटिका र गिरोहमा परिणत भयो ।

काँग्रेसले नेपाली शब्दकोषमा ‘अन्तर्घात’ पदवालीको अभयदान दियो । जसले गर्दा लोकतन्त्रका हरेक लडाईमा सँधै मियोको रुपमा रहेको काँग्रेस चुनाबको राष्ट्रिय राजनीतिमा पटक–पटक पाखामा ‘पाहा’ पछारिए झैँ पछारियो । यसरी पछारिएर घाइते बेनेका हरेक नेतादेखि कार्यकर्ताको एउटै गुनासो छ, गुट–उपगुटको राजनीतिको अन्त्यविना कांग्रेस उँभो लाग्दैन ।  

नेपाली काँग्रेसमा ४० बर्ष लोकतन्त्रका लागि लडेका नेपाली काँग्रेसका राष्ट्रिय उपसभापति तथा पुर्ब उपप्रधानमन्त्री बिजयकुमार गच्छदार ज्युले काठमाडौं महासमिति बैठकद्वारा अब गुटको अन्त्य हुनुपर्छ भनेर नेपाली सभापति देउवा र वरिष्ठ नेता पौडेलको हात उथाएर सहामति गर्नुभयो हजारौं कार्यकर्ताले खुशीले ताली बजाए यसकारण सबैको लय र भाका एउटै छ, काँग्रेसमा पुर्नयौवनको जिजिविषाका लागि पार्टीभित्र गुट–उपगुटको राजनीतिको अन्त्य हुनुपर्छ । 

काँग्रेस उँभो नलागेसम्म मुलुकको लोकतान्त्रिक शासन व्यवस्थाले गति लिँदैन । चाहे वर्तमान सभापति शेरबहादुर देउवा हुन वा वरिष्ठ नेता रामचन्द्र पौडेल अथवा महामन्त्री शशांक कोइराला हुन वा उपसभापति विमलेन्द्र निधिदेखि तेस्रो धारको नेताका रुपमा परिचित कृष्णप्रसाद सिटौला ।  नेपाली काँग्रेसमा ४० बर्ष लोकतन्त्रका लागि लडेका नेपाली काँग्रेसका राष्ट्रिय उपसभापति तथा पुर्ब उपप्रधानमन्त्री बिजयकुमार गच्छदार ज्युले काठमाडौं महासमिति बैठकद्वारा अब गुटको अन्त्य हुनुपर्छ भनेर नेपाली सभापति देउवा र वरिष्ठ नेता पौडेलको हात उथाएर सहामति गर्नुभयो हजारौं कार्यकर्ताले खुशीले ताली बजाए यसकारण सबैको लय र भाका एउटै छ, काँग्रेसमा पुर्नयौवनको जिजिविषाका लागि पार्टीभित्र गुट–उपगुटको राजनीतिको अन्त्य हुनुपर्छ । 

आहिले बाँकेका वडामा आधिवेशन हुन सकेको छैन । बाँके पार्टी संगठनभित्र गुटबन्दीको शिकार बनेका एक अर्कालाई घात, अन्तर्घात गरेर गएको तिनै तहको चुनावमा ब्यक्ति होइन पार्टीलाई नै हराएका बि.पी. र काँग्रेसको नाम भजाएर कमाई खाने भाडों बनाउने गिरोहहरु १४ औं अधिवेशनमा पनि सकृय रूपमा लागिपरेका छन् । 

बाँके जिल्ला संगठनका जिम्मेवार नेताहरुले दशकौंदेखि पार्टीमा हालिमुहाली जमाएर बसेका अन्तरिक फाईदा लुटिरहेका नेताहरुले । तत्कालिन विजय गच्छदार नेतृत्वदायी गरेको पार्टी फोरम लोकतान्त्रिक चार बर्ष पहिले देशैभरी तत्कालीन लोकतान्त्रिक फोरमका २५ हजार कृयाशिल सदस्य सहित । 

राजनीतिक सहामतिको साथ समायोजन भयो, तर त्यो कार्यान्वयन भएन र केन्द्रदेखि लिएर र जिल्लासम्म विशेषगरी बाँके जिल्लाको मात्र झण्डै ३ हजार कृयाशिलको नाम पठाइएका थियो, तर जम्मा ४७७ जनाको मात्र क्रियाशिल आयो, लामो बिबाद पश्चात् जिल्ला कै काँग्रेसका पदाधिकारी आफ्नै ठेकेदारी जस्तै संगठनलाई विस्तार गर्ने विवाद पछि विबाद जम्मा ३८३ कृयाशिल सदस्य आयो ।

राजनीतिक सहामतिको साथ समायोजन भयो, तर त्यो कार्यान्वयन भएन र केन्द्रदेखि लिएर र जिल्लासम्म विशेषगरी बाँके जिल्लाको मात्र झण्डै ३ हजार कृयाशिलको नाम पठाइएका थियो, तर जम्मा ४७७ जनाको मात्र क्रियाशिल आयो, लामो बिबाद पश्चात् जिल्ला कै काँग्रेसका पदाधिकारी आफ्नै ठेकेदारी जस्तै संगठनलाई विस्तार गर्ने विवाद पछि विबाद जम्मा ३८३ कृयाशिल सदस्य आयो । कृयाशिलको विबादास्पद बनाएर तत्कालिन फोरम लोकतान्त्रिकलाई दोष लगाउनु कहाँको उचित होला ? आफू नाच्न नजन्ने आँगन टेडो भनेझै भयो । 

दशकौंदेखि बाँके जिल्ला कब्जा गरेर बसेका जिल्लाका पदाधिकारीहरु केही विधि, विधान र नेतृत्वको जिम्मेवारी र दायित्ववोधका आधारमा होइन, उही गुट–उपगुट र गुटिका आधारमा आफू र आफ्ना निकट मानिएका नेता, कार्यकर्ताको मात्रै उचित मूल्यांकन  र यथोचित व्यवस्थापन गरेको छर्लङ्ग देखिएको छ । 

तर, व्यवहारिक रुपमा वयस्क अवस्थामा रहेको गुट, उपगुटको राजनीतिको अन्त्य काँग्रेसभित्र सम्भव छ कि यो पनि बिरालोको घाँटीमा घण्टी झुण्ड्याउने कथा जस्तै कुरा हो ? छ भने कसरी ? त्यो कहिलेदेखि सुरु हुन सक्ला ? र त्यसको सुरुवात कसले गर्ला ? जवाफ सरल र स्पष्ट छ । देशका ७७ जिल्ला मध्ये ६४ जिल्लामा अधिवेशन हालै सम्पन्न भईसकेको छ र १३ जिल्लामा क्रियाशिलको कारण आधिवेशन विवाद बनेको छ । यो विवादास्पद देशभरी सधैंका लागि अन्त्यका गर्ने तपाई हाम्रो जिम्मेवारी होईन र ?

विगतमा काँग्रेसभित्र सानो भन्दा सानो इकाईको चुनावमा पनि केन्द्रदेखि तल्लो तहसम्मका नेता र कार्यकर्ताबीच गुट–उपगुटका आधारमा मत र मन विभाजित हुने गरेको छ । जसले गर्दा कतिपय अवस्थामा नसोचेको परिणाम काँग्रेसले व्यहोर्न बाध्य हुँदै आएको छ ।

यस पटकको १४ औं अधिवेशन पछि भने त्यो नमिठो कथाको अनायासै अन्त्य भएको देख्नु शुभ होस् । हुन त पछिल्लो पटक प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारको चयन प्रक्रियामा काँग्रेसका पदाधिकारी सहितको बैठकमा केही विवाद र मतभेद भएको थियो । तर, अन्ततः सभापति तथा प्रधानमन्त्री सम्माननीय शेरबहादुर देउवा ज्युले कास्कीमा पुराना नेता खेमराज पौडेल, भक्तपुरमा कृष्णलाल भडेल, बाग्लुङमा जीतबहादुर शेरचन र दाङमा केशप आचार्यलाई टिकट दिए ।

फलस्वरुपः काँग्रेसभित्र उत्पन्न विवादले कुनै चर्चा र स्थान पाउन सकेन । यसले देशभरीका काँग्रेसजनमा एउटा नयाँ रक्तसंचारको प्रवाह गरायो । अझ विस्तृतमा भन्नु पर्दा भक्तपुर, कास्की, बाग्लुङ, दाङदेखि धरान उपमहानगरपालिकाको चुनाव प्रचार–प्रसारमा स्वस्फूर्त रुपमा सभापति तथा प्रधानमन्त्री देउवा लगायत  वरिष्ठ नेता पौडेलदेखि पार्टीका अधिकांश नेता, कार्यकर्ता काँग्रेस उम्मेदवारको पक्षमा एक स्वरले मत माग्न पुगे ।  

विगतमा कतिपय क्षेत्रमा काँग्रेसकै उम्मेदवारले पनि गुटगत आधारमा नेताहरुको साथ र समर्थन पाएको तितो अनुभव थियो । तर, पछिल्लो पटक  चाहे कास्कीका खेमराज पौडेल हुन वा दाङका केशव आचार्य, भक्तपुरका कृष्णलाल भडेल हुन वा बाग्लुङका जीतबहादुर शेरचन, बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ को चुनाव होस्, उनीहरु सबैले पार्टी नेतृत्वदेखि आम कार्यकर्तासम्मको शुभकामनासँगै तन, मन र धनसहितको साथ र सहयोग पाए । 
उनीहरुको गुटगत नाम, थर र वतनको परिचयपत्र हरायो ।

उनीहरुका लागि राजनीतिमा यो भन्दा ठूलो उपलब्धी अरु के हुन सक्ला र ? आफूबाहेक अरुका निम्ति पाइलो नचाल्ने नेताहरुसमेत पछिल्लो पटक उप–निर्वाचनको चुनावमा भ्याएसम्म दिलोज्यान दिएर स्वस्फूर्त खटिए । त्यो दृश्य देख्दा लाग्दथ्यो, काँग्रेसमा पनि यस्तो एकता कसरी सम्भव छ होला र ?

केही समय यस्तो थियो, आफ्नै नेतालाई हराउनका लागि भएभरको राज्य संयन्त्रदेखि ज्ञात अज्ञात स्रोतसाधन मात्र होइन, कतिपय गनेचुनेका नेतादेखि कार्यकर्ता समेतले ‘रुखमा होइन सूर्यमा हाल, सूर्यमा नहाल्ने भए ‘केरा’ र ‘पुतली’ मा भोट हाल भन्दै हिँडे । 

त्यही पार्टीका शीर्ष नेतादेखि आम कार्यकर्ता यो उप–निर्वाचनमा एक मत र एक मनले ‘रुख बाहेक अरुमा छैन सुख’ भन्दै हिँडे । हिजो कुनै नेता अथवा उसको नजिकको उम्मेदवारले चुनाव जित्दा दुःख मनाउ र हार्दा अघोषित रुपमा भोज खाने, खुवाउने र काखी ठोक्ने गर्दथे, तिनै नेता यो उप-निर्वाचनमा एकाएक बद्लिए । यो देख्दा लाग्दथ्यो, काँग्रेस कतै अरबी पौराणिक कथामा आधारित कविताको ‘फिनिक्स’ चरा त होइन ? जुन गीत गाउँदा गाउँदै यति रुन्छ र रुँदा रुँदा सूर्यको रापमा जलेर भष्म खरानी हुन्छ र फेरी त्यही खरानीबाट नयाँ जीवन पाउँछ ।  

यो देख्दा लाग्दछ, के साँच्चिनै काँग्रेसभित्र २५ वर्षअघि सुरु भएर झाँगिएको घात, अन्तर्घातको दुश्चक्र र क्रुरताको राजनीतिको अन्त्य भएकै हो ? यदी हो भने समस्त काँग्रेसजनलाई साधुवाद ।

यो देख्दा लाग्दछ, के साँच्चिनै काँग्रेसभित्र २५ वर्षअघि सुरु भएर झाँगिएको घात, अन्तर्घातको दुश्चक्र र क्रुरताको राजनीतिको अन्त्य भएकै हो ? यदी हो भने समस्त काँग्रेसजनलाई साधुवाद । चाहे कास्कीका खेमराज हुन वा बाग्लुङका जीतबहादुर र दाङका केशवमात्र होइन, दूरदराजको एउटा बाँके, कोहलपुरका वडा अध्यक्षको उम्मेदवार पनि मतगणनामा पछि पर्दा खिन्न भए ।

भक्तपुरका कृष्णलाल भडेलदेखि धरानका तिलक राई र भरतपुर महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्षको अग्रतामा प्रफुल्लित र पुलंकित भए समस्थ कांग्रेसजन । उनीहरुको विजयको खबरले समग्र कांग्रेसजनमा दिएको खुशीको सीमा मापन गर्न सक्ने यन्त्र सायद काँग्रेसभित्र नै भएन । 

कतिपयले आफूले चुनावमा जित्दा भन्दा बढी खुुसी उप-निर्वाचनमा काँग्रेस उम्मेदवारले जितेको सुन्दा भए । काँग्रेस उम्मेदवार पराजित भएको खबरले आफैँ पराजित भएको भन्दा बढी दुःख मनाउ यही काँग्रेसका नेता र कार्यकर्ताले गरे ।

आज फेरी केही काँग्रेसका कार्यकर्ताहरु पछिल्लो पटकको उप-निर्वाचनको काँग्रेसको एकतालाई बिर्सेर आज पुनः १४ औं महाधिवेशनको संघारमा आफ्नै पार्टीको नेतृत्वमा सरकार छ, तर एउटा गुटले सरकारलाई असहायोग गरिरहेको छ, अर्को गुटले तत्कालिन फोरम लोकतान्त्रिकको क्रियाशिलको नाम जोडेर आँखाको कसिंगर झैं प्रयास मै छन ।

कामना होस्, १४ औं देखि नेपाली काँग्रेसका केही नेताले बनाएको गुट–उपगुट अन्त्य होस्, नेपाली काँग्रेस वि.सं. २०१५ को जस्तै काँग्रेस  बनोस् । नेतृत्वले आउने तीनै तहको निर्वाचनमा बहुमतको साथ पार्टीलाई विजय गराउन सफल होस्, यही कामना छ । जय नेपाल !

यदी तपाईका पनि समसामयिक विषयमा लेखहरु छन्, भने हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ ।
-सम्पादक 


प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  १७:४३
प्रतिक्रिया दिनुहोस्
थप विचार
कांग्रेस सक्किने बाटो तय गर्नु बिडम्वना
कांग्रेस सक्किने बाटो तय गर्नु बिडम्वना बुधबार, पुस ३०, २०८२
'कांग्रेस भित्रको आन्तरिक द्धन्द्धको परिणाम निष्पट्ट उजाडै-उजाड मात्र हो'
'कांग्रेस भित्रको आन्तरिक द्धन्द्धको परिणाम निष्पट्ट उजाडै-उजाड मात्र हो' बुधबार, पुस २३, २०८२
'नरैनापुरलाई सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ'
'नरैनापुरलाई सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ' बुधबार, पुस ९, २०८२
'यदुवंशी' बन्ने दुस्साहस कसैले गर्ने छैन 
'यदुवंशी' बन्ने दुस्साहस कसैले गर्ने छैन  बुधबार, मंसिर २४, २०८२
ज्ञानेन्द्र शाह, आफूलाई नियन्त्रणमा राख्नुस् !
ज्ञानेन्द्र शाह, आफूलाई नियन्त्रणमा राख्नुस् ! आइतबार, चैत १७, २०८१
'जनताका चाहनालाई नजरअन्दाज गरिनु लोकतान्त्रिक गणतन्त्रका लागि हितकर होईन'
'जनताका चाहनालाई नजरअन्दाज गरिनु लोकतान्त्रिक गणतन्त्रका लागि हितकर होईन' बिहीबार, भदौ १३, २०८१
नेपाल मात्र होईन बिश्व नै भावुक भए.........
नेपाल मात्र होईन बिश्व नै भावुक भए......... शनिबार, असार १, २०८१
‘कानूनको अज्ञानता क्षम्य हुँदैन’: सिद्धान्त
‘कानूनको अज्ञानता क्षम्य हुँदैन’: सिद्धान्त बुधबार, पुस १८, २०८०
अगुवाहरूलाई सोच्ने फुर्सद कहाँ छ र ?
अगुवाहरूलाई सोच्ने फुर्सद कहाँ छ र ? मंगलबार, पुस १७, २०८०
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्