Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
कला/साहित्य
  • Home
  • कला/साहित्य
  • सनतका फरक पाटा 
सनतका फरक पाटा 
शुक्रऋषि चौलागाई
शुक्रऋषि चौलागाई बुधबार, असोज ६, २०७८

नेपालगन्ज : वरिष्ठ साहित्यकार सनत रेग्मी असोज ६ गते ७५ औं वर्ष गर्दैछन् ।  नेपालगञ्ज– ७ निवासी वरिष्ठ कथाकार रेग्मीलाई जन्मोत्सवमा सार्वजनिक अभिनन्दन गरिदैछ  । उनको सनत-७५ (रोजा कथाहरु) कृति पनि विमोचन गरिदैछ । बाँकेका साहित्यिक संघ संस्थाहरुका तर्फबाट रेग्मीलाई अभिनन्दन गरिन लागिएको हो । उनलाई जन्मदिनको हार्दिक बधाई अनी शुभकामना । 

सनत रेग्मी वरिष्ठ साहित्यीक स्रष्टा हुन् । मुलतः उनी कथाकार हुन् तर यती मात्रको परिचयले उनीमाथि न्याय हुन्छ भन्ने लाग्दैन । नेपाली कथा साहित्यमा उनका कथाहरु स्वयंमै उनका परिचायक तत्व हुन् ।

उनको साहित्यिक पाटोमा धेरैले धेरै कोणबाट लेखीसकेका पनि छन् । उनको समग्र व्यक्तित्व र कृतित्वका बारेमा एउटा आलेखमा लेख्न खोज्नु फलामको च्यूरा चपाउनु सरह हो  । यहाँ मैले एउटा अनुयायीका नाताले उनका अन्य पाटाहरुका विषयमा कोट्याउने प्रयास गरेको छु । 

संक्षिप्त परिचय 

सनत रेग्मी २००४ साल असोज ६ गते नेपालगन्ज–७ गगनगञ्जमा जन्मीएका हुन् । सनत पीता गोपाल शर्मा रेग्मी र माता लीलादेबी रेग्मीका  जेष्ठ सुपुत्र हुन् । रेग्मीले भारतको गुरूकुल बैद्यनाथ धामबाट आइ.ए. साहित्य रत्न सम्म अध्ययन गरेका छन् । उनको प्रथम रचना समाजकी बेटी (कथा) हो ।

साहित्यकारका रुपमा धेरैले चिनेपनि उनको अन्य क्षेत्रमा पनि छुट्टै पहिचान, स्थान र योगदान छ भन्ने कुरा कतीपयलाई थाहा नहुन सक्छ । साहित्य सिर्जना र योगदानको चर्चा गरिरहदा उनको राजनीतिक र सामाजिक योगदानको चर्चा गर्न पनि कञ्जुस्याई गरिनु हुँदैन ।

जुन २०१७ं सालमा वैदनाथ धामको मराल हिन्दी पत्रिकामा प्रशाशित भएको हो । यस्तै पहिलो कविता नारि नेपालगञ्जको नौलो पाइलो(२०१९)मा छापीएको हो । साहित्यकारका रुपमा धेरैले चिनेपनि उनको अन्य क्षेत्रमा पनि छुट्टै पहिचान, स्थान र योगदान छ भन्ने कुरा कतीपयलाई थाहा नहुन सक्छ । साहित्य सिर्जना र योगदानको चर्चा गरिरहदा उनको राजनीतिक र सामाजिक योगदानको चर्चा गर्न पनि कञ्जुस्याई गरिनु हुँदैन । तीनै प्रसंगमा तल उल्लेख गरिएको छ ।   

साहित्यकार 

रेग्मीको मुख्य साहित्य विधा कथा हो । उनका आठ वटा कथासंग्रह प्रकाशित भइसकेका छन् । बुवाको विद्या कुटीरमा रहेका पुस्तकहरुको अध्यनले उनलाई लेखनीमा रुची जगाएको हो । भारतको गरुकुलमा अध्यन गर्दा अग्रज मेघावी छात्र नित्यानन्द प्रचेताबाट पे्ररित भएर उनले बाल कथा लेख्न शुरु गरेका हुन् ।

रहरै रहरमा कथा लेख्न शुरु गरेका रेग्मीले अन्ततः आफना साहित्य सिर्जनामार्फत समाजको यर्थाथतालाई मार्मिकताका साथ प्रस्तुत मात्र गरेका छैनन्, गहन सन्देश पनि दिन सफल भएका छन् । २०१९ मा उनको नेपालीमा कवीता छापीए पनि उनी हिन्दीमै लेख्थे ।

कथाकार भिमनिधि तिवारीसँगको भेट् र पे्ररणाबाट उनले नेपाली कथा लेखन शुरु गरेका हुन् । हिन्दीमा प्रकाशित समाजकी बेटी(कथा)लाई अनुवाद गरि नेपालगञ्जकै पञ्चामृत पत्रिकामा प्रकाशित गरेपछि उनको नेपाली कथा लेखन शुरु भएको मानिन्छ । उनका मातृत्वको चित्कार (कथा संग्रह) २०२४, दिनान्त (कथा संग्रह) २०३५, बन्दकोठाहरूको सहर (कथा संग्रह) २०४५, लछमनियाको गौना (कथा संग्रह) २०५१, समय सत्य (कथा संग्रह) २०५४, सनत रेग्मीका प्रतिनिधी कथा २०६०, स्मृती दंश र अन्य कथा आदि कृतिहरू प्रकाशित छन् । 

केही फुटकर निवन्ध र  संस्मरणहरु पनि उनले लेखेका छन् ।  उनको रुचि संस्मरण लेखन पनि हो । उनको साहित्यिक संस्थाप्रतिको लगाव पनि त्यत्तीकै छ । २०२४ सालमा भेरी साहित्य परिषदमा उनी सदस्य बन्छन् । यस्तै सोही साल नेपाली साहित्य संस्थान बाँके शाखामा पनि सदस्य हुन्छन्  ।

महेन्द्र पुस्तकालयमा सचिव भएर उनले साहित्य रचना र साहित्यिक गतिवीधिलाई पनि सक्रिय बनाइएको पाइन्छ । उनकै अग्रसतामा ०४१ सालमा नेपालगन्जमा वृहत साहित्यिक सम्मेलन भयो । तीन दिने भव्य कार्यक्रम गरिएको उनी अहिले पनि स्मरण गर्छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ(०५६) हुँदै सदस्य सचिव(०६७) जस्तो उच्च पदमा पुग्ने नेपालगञ्जको पहिलो व्यक्तित्व पनि उनै हुन् । उच्च पदमा पुगेपनि नेपालगञ्जका लागि के दिइयो र ? भन्नेहरुका लागि पनि उनीसँग जवाफ छ । गद्य विभागमा रहेर नेपालगञ्ज केन्द्रीत थुप्रै कार्यक्रमहरु गरिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ(०५६) हुँदै सदस्य सचिव(०६७) जस्तो उच्च पदमा पुग्ने नेपालगञ्जको पहिलो व्यक्तित्व पनि उनै हुन् । उच्च पदमा पुगेपनि नेपालगञ्जका लागि के दिइयो र ? भन्नेहरुका लागि पनि उनीसँग जवाफ छ । गद्य विभागमा रहेर नेपालगञ्ज केन्द्रीत थुप्रै कार्यक्रमहरु गरिए ।

०६० मा नेपाली उपन्यास शत वार्षिकी कार्यक्रम, हास्य व्यङ्गय, कथा संस्मरण सम्वन्धी वृहत गोष्ठिहरु, वृहत उपन्यास गोष्ठि, गुरु प्रसाद मैनालीको व्यक्तित्व र कृति, लघु कथा प्रक्रिया र पाठ, नेपाली कथा सिद्धान्त र प्रयोग, प्रेम प्रकाश मल्ल अभिनन्दन, राष्ट्रिय कवी गोष्ठि आदि कार्यक्रम गरिएको उनको भनाई छ । 

‘लछमनियाको गौना’ कथासंग्रह प्रकाशित भएपछि कथाकार रेग्मीको चर्चा चुलिएको हो । उनले स्थानीय मौलिक विषयलाई कथाका रुपमा सार्वजनिक गरेका हुन् । थोरै लेख्ने तर प्रभावकारी लेख्ने कथाकारका रुपमा पनि उनलाई सम्झिइन्छ । साहित्य रचनामा मात्र हैन, उनको अध्यनमा पनि त्यत्तीकै रुची छ ।

जीवनका केही भोगाइ, अनुभूति र रोचक ऐतिहासिक सन्दर्भहरू समेट्ेर उनले पुस्तक प्रकाशन गर्दै छन् । आफ्नो संस्मरणमा रेग्मीले राणाकालीन अवस्थादेखि २०५६सम्मको नेपालगञ्जको समग्र चित्रण गर्दै छन् । उनको साहित्यक योगदानलाई अनेकौं संस्थाले सम्मान पनि गरेका छन् ।

उनलाई मैनाली कथा पुरस्कार २०४८, राष्ट्रिय प्रतिभा पुरस्कार २०५३, गणेश दुवाल खिलकुमारी पुरस्कार २०५५,  दीप गोविन्द पुरस्कार २०५८, विजयश्रि पुरस्कार २०६५, मान श्री २०६६, हाम्रो पुर्णिमा साहित्य रत्न पुरस्कार २०७१, लक्षिमा शेर बहादुर रानाभाट स्मृति पुरस्कार २०७४, आर पि शर्मा तन्नेरी साहित्य पुरस्कार २०७५, वाजुराम शुरभी आख्यान पुरस्कार २०७५, मध्यपश्चिम स्रष्टा समाज लगायतबाट विशेष सम्मान तथा अभिनन्दन गरिएको छ ।

यस्तै भारतको मेरठ लिटरेटी फेस्टीबलमा उनलाई क्रान्तिधरा साहित्य एकादमी(२०१८) बाट साहित्य शिखर सम्मान दिइएको छ । साहित्य सिर्जनामा समवेदना र अनुभुतीलाई कलात्मक ढंगले अभिव्यक्त गर्नु पर्ने उनको सुझाव छ । उमेर ढल्कीदै गएपनि विभिन्न साहित्यक कार्यक्रममा सक्रिय सहभागिता जनाउने र विभिन्न विषयमा लेख लेख्ने कार्य अझैं जारी छ । यस्तै साहित्यिक लगायतका पत्रिका, पुस्तकहरुको सम्पादन गर्ने काममा पनि उनी उत्तिकै सक्रीय छन् । उनको समाज अध्यन र साहित्यिक सक्रियता नयाँ पुस्ताका लागि अनुकरणीय छ । 

राजनीतिज्ञ

हुने विरुवाको चिल्लो पात भनेझैं रेग्मी पनि तिक्ष्ण वुद्धीका थिए । पारिवारिक माहोलले पनि होला–उनमा कलीलो उमेरमै राजनीतिक चेत थियो । हरेक विषयप्रतिको उनको गहन चासो रहन्थ्यो ।

सामाजिक हितमा हुने हरेक कार्यक्रममा उनले सहभागिता मात्र हैन, जिम्मेवारीवहन पनि गर्दथे । नारायण हाईस्कुलमा अध्यनरत रहदा (२०२२) देखि नै उनमा राजनीतिक रस पसको देखिन्छ । २०२३ सालमा नेपाल विद्यार्थी संगठनको गठन हुन्छ र उनी संगठनको सभापति हुन पुग्छन् ।

जतीबेला भूमिसुधारमा वचत उठाउने सम्वन्धी विभिन्न ठाउँमा घधरपकड समेत भइरहेको थियो । विद्यार्थी  आन्दोलन चकीरहेका बेला गृह सहायक मन्त्री जगत बहादुर सिंहको नारायण हाइस्कुलमा आगमन हुन्छ । सिंहकै सम्मानमा आयोजित कार्यक्रममा विद्यार्थी अगुवाद्धारा भूमिसुधारको प्रश्न सोधीन्छ । त्यसको चित्त बुझ्दो जवाफ नपाएपछि नारावाजी शुरु हुन्छ ।  

मंगल मावि, सरस्वती मावि लगायतका विद्यार्थी सडकमा उत्रीन्छन् । रणेन्द्र हमाल, खेमराज मायालु आदिका साथ रेग्मी पनि संघर्षको नेतृत्व सम्हाल्न पुग्छन् । त्यतीबेला अञ्चलाधिश राम बहादुर रावलले रेग्मी लगायतका नाममा वारेन्ट जारी गराउँछन् ।  आन्दोलन चर्कीरहेकै अवस्थामा आन्दोलन मत्थर पार्न जनप्रतिनिधिको मध्यस्थतामा आन्दोलन नगर्ने सहमती  गराइन्छ ।

सोही अवधीमा नेपाली काँगे्रसमा आवद्ध तर भूमिगत अवस्थामा रहेका डा अरुण कोइराला, अंगीरा शम्शेर जबरा, डा केशवराज शर्माले रेग्मीलाई प्रजातान्त्रिक आन्दोलनमा लाग्न सहमत गराउँछन् । २०२४ मा अखील नेपाल क्रान्तिकारी संघ गठन गरेर पर्चा छर्ने काम बढाइदा रेग्मी फेरी पक्राउ पर्छन् । रेग्मीकाअनुसार काँगे्रस नेता सुवर्ण शम्शेरबाट काँग्रेस सदस्यता (रसिद) प्राप्तीपछि सदस्ता वितरण गर्न शुरु गरिन्छ ।

सोही आरोपमा उनी पटक पटक पक्राउ पनि पर्छन् । त्यतीबेला ६ महिना जेल बस्नु परेको थियो । २०२५ मा विपी जेलबाट छुटेपछि आम माफी भयो । आम माफी पाएका काँगेसका नेता राधाकृष्ण थारु, गोपाल वहादुर कर्माचार्य, निरक बहादर पछाई, माया गिरि, मिठ्ठुलाल विश्वकर्मा लगायतलाई जमुनाहामा स्वागत गरेको उनी स्मरण गर्छन् । 
पुर्वमन्त्री रामनारायण मिश्रको छोराको विवाहमा जन्तीका रुपमा यूवराज शर्माका साथ रेग्मी पनि सरिक हुने अवसर पाउँछन् ।

विपी कोइरालाले काँगे्रस कार्यकर्ता भेट्न इच्छाइए वमोजीम विवाहका अवसर पारेर सो योजना बनाइएको हुन्छ । बरौनी तेल सोधक कारखाना गेष्ट हाउसमा रेग्मीको वीपीसँग भेटवार्ता हुन्छ । विपीसँगको राजनीतिक र साहित्यिक कुराकानीले तरुण आन्दोलनको योजनामा मलजल पुग्छ ।

विपी कोइरालाले काँगे्रस कार्यकर्ता भेट्न इच्छाइए वमोजीम विवाहका अवसर पारेर सो योजना बनाइएको हुन्छ । बरौनी तेल सोधक कारखाना गेष्ट हाउसमा रेग्मीको वीपीसँग भेटवार्ता हुन्छ । विपीसँगको राजनीतिक र साहित्यिक कुराकानीले तरुण आन्दोलनको योजनामा मलजल पुग्छ । नेपाल विद्यार्थी संघको स्थापनाका लागि योजना बनाइन्छन् र सोही अनुरुप २०२७ वैशाख ६ गते नेविसंघको स्थापना हुन्छ ।

पशुपति नाथ सत्तलमा भइरहेको कार्यक्रममा प्रहरीले गिरफतार गर्छ । केहीलाई छाडछ भने केहीलाई जेल समेत पठाइन्छ । छुटेका यूवाहरु त्रिभुवन विश्व विद्यालयको अर्थशास्त्र संकायमा भेला भई संघको निर्वाचनमा होमीन्छन् । ३ वटा उपाध्यक्ष हुने व्यवस्थाअनुसार रेग्मी उपाध्यक्ष हुन्छन् ।

०३३ सालमा राष्ट्रिय मेलमिलापपछि गाउँ फर्क अभियानमा लागेर उनी वडा अध्यक्ष पनि भए । अन्ततः २०३४ मा प्रतिवन्धित अवस्थामा काँगे्रस नेता गरिजा प्रसाद कोइरालाको उपस्थितीमा बाबागन्जमा नेपाली काँगे्रस बाँकेको कार्यसमिति गठन हुन्छ ।

रणेन्द्र हमालको अध्यक्षता बनेको कार्यसमितिमा उनी सदस्य बन्छन् । अनेकन संघर्षमा होमीएका रेग्मीले अन्ततः ०४८ सालदेखि ०५३ सम्म काँगे्रस बाँकेको सभापतिको जिम्मेवारी सम्हाल्छन् । ०५६ मा महासमिति सदस्यपछि उनको सक्रिय राजनीति कम हुँदै गएको छ । तर पनि राजनीतीको नशा भने उत्रीसकेको छैन । बेला बेला राजनीतिक कार्यक्रममा जान र बोल्न भने मन लागीरहन्छ –उनलाई । प्रजातन्त्रका लागि सिंगो जीवन समर्पित गरेका संघर्षशिल व्यक्तित्व मात्र हैनन्– उनी विचार र संगठन पनि हुन् । 

समाजसेवी 
रेग्मी सानै उमेरबाट समाजसेवामा पनि सक्रिय भएको पाइन्छ । संघ संस्थाहरु सहजै खोल्न नपाइने त्यो समयमा पनि रेग्मीले विभिन्न संघ संस्थाहरु स्थापना गर्ने र जिम्मेवारी लिएर समाज सेवा गर्ने गरेको देखिन्छ । सामाजिक र राजनैतिक जागरणलाई अघि बढाउन उनी विभिन्न संघ संस्थामा सक्रिय रहेका हुन् । २०२४ सालमै उनले जनजागृती संघमा आवद्ध भएर सेवा शुरु गरेका हुन् ।

उक्त संस्थाको सचिव भएर समाज सेवामा प्रवृत हुन्छन् । प्रजातान्त्रिक विचारको प्रवाह र सामाजिक चेतना अभिवृद्धिका लागि रेग्मीले २०२८ सालमा जनसेवा पुस्तकालय स्थापना गर्दछन् । पुस्तक पढनेसंस्कृतिको विकास र राजनैतिक चेतना जागृत गराउने उद्येश्यले सञ्चालित सो पुस्तकालयमा पञ्चायती व्यवस्थाले प्रतिवन्ध लगाइ बन्द गराइदिन्छ । २०३२ सालमा महेन्द्र पुस्तालयमा आवद्ध भएपछि उनले साहित्यिकसँगै सामाजिक गतविधि पनि अघि बढाउन थालेका हुन् । महाविर प्रसाद गुप्ताको अग्रसरतामा पुस्तकालयलाई सक्रिय बनाउने काम भयो ।

सो पुस्तकालयको विकासमा रेग्मीको भूमिका (२०५४ सम्म) सदैव अग्रणी रह्यो । २०३२ सालमै नेपाल रेडक्रस सोसाइटीमा आवद्ध भएका रेग्मी, शाखाको सहमन्त्री हुँदै केन्द्रीय उपाध्यक्ष सम्म हुन्छन् । पदमा रहदा मात्र हैन, नरहदा पनि उनले रेडक्रसका हरेक मानवीय सेवामा आफुलाई समर्पित गरेका छन् ।

हाल उनी शाखाको मनोनित सदस्यका रुपमा रहेका छन् । महेन्द्र मावि सञ्चालक समितिमा अध्यक्ष भएर पनि उनले शैक्षिक  विकासमा अग्रणी भूमिका निर्वाह गरेका छन् ।  उनकै कार्यकालमा महेन्द्र मावि उच्च मावि बनेको हो । जिल्ला शिक्षा समितीमा रहेर पनि उनले शैक्षिक विकासमा योगदान पु¥याएका छन् । उनीसँगको भेटघाटमा केही नयाँ कुरा पनि सुन्न पाइयो ।

उनी मानवअधिकार संगठन बाँकेको पहिलो सभापति पनि रहेछन् । अभिनयमार्फत पनि समाजमा सेचतना फैलाएका रहेछन् । रामलीला र विभिन्न नाटकमा अभिनय गरेको पनि उनले स्मरण गरे । कलाकारितामार्फत पनि सांस्कृतिक, सामाजिक सचेतना तथा जागृती फैलाएको पाइन्छ ।  मिशन पत्रकारितामा पनि केही समय सक्रिय रहेको उनले सुनाए । राष्ट्रपुकार र जनआंकाक्षामा समाचारदाताको रुपमा काम गरेको पनि उनमा अनुभव रहेछ । अहिले पनि उनी नागरिक लगायतका पत्रिकामा कलम चलाइरहन्छन् ।    

उनीभित्र दार्शनिक, द्रष्टा, सर्जक, चिन्तकको साझा व्यक्तित्व पनि भेटीन्छ । उनी राजनीतीलाई आस्था र साहित्यलाई अभिरुची ठान्छन् । समकालीन साहित्यको मात्र हैन, इतिहास, भाषा, संस्कृति र समाजका जानकार एवं प्रखर वक्ता पनि हुन्–उनी ।

उनीभित्र दार्शनिक, द्रष्टा, सर्जक, चिन्तकको साझा व्यक्तित्व पनि भेटीन्छ । उनी राजनीतीलाई आस्था र साहित्यलाई अभिरुची ठान्छन् । समकालीन साहित्यको मात्र हैन, इतिहास, भाषा, संस्कृति र समाजका जानकार एवं प्रखर वक्ता पनि हुन्–उनी ।

नेपालगञ्जको हरेक उतार चढावका प्रत्यक्ष साछी रेग्मीबाट धेरै कुरा सिक्न बाँकी छ । रेग्मी साहीत्य सिर्जना, समाजसेवा र राजनैतिक संघर्षका तीनवटै पाटालाई समानान्तर ढंगबाट अघि बढाउन सफल छन् । फेरी पनि रेग्मीलाई हार्दिक बधाईसहित सुस्वास्थ्य र दिर्घायूको शुभकामना !

यदी तपाईका पनि समसामयिक विषयमा लेखहरु छन्, भने हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ ।
-सम्पादक 


प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  १०:०३
#साहित्यकार सनत रेग्मीको ७५ औं जन्मोत्सव
प्रतिक्रिया दिनुहोस्
थप कला/साहित्य
कांग्रेस सक्किने बाटो तय गर्नु बिडम्वना
कांग्रेस सक्किने बाटो तय गर्नु बिडम्वना बुधबार, पुस ३०, २०८२
'कांग्रेस भित्रको आन्तरिक द्धन्द्धको परिणाम निष्पट्ट उजाडै-उजाड मात्र हो'
'कांग्रेस भित्रको आन्तरिक द्धन्द्धको परिणाम निष्पट्ट उजाडै-उजाड मात्र हो' बुधबार, पुस २३, २०८२
'नरैनापुरलाई सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ'
'नरैनापुरलाई सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ' बुधबार, पुस ९, २०८२
'यदुवंशी' बन्ने दुस्साहस कसैले गर्ने छैन 
'यदुवंशी' बन्ने दुस्साहस कसैले गर्ने छैन  बुधबार, मंसिर २४, २०८२
ज्ञानेन्द्र शाह, आफूलाई नियन्त्रणमा राख्नुस् !
ज्ञानेन्द्र शाह, आफूलाई नियन्त्रणमा राख्नुस् ! आइतबार, चैत १७, २०८१
'जनताका चाहनालाई नजरअन्दाज गरिनु लोकतान्त्रिक गणतन्त्रका लागि हितकर होईन'
'जनताका चाहनालाई नजरअन्दाज गरिनु लोकतान्त्रिक गणतन्त्रका लागि हितकर होईन' बिहीबार, भदौ १३, २०८१
नेपाल मात्र होईन बिश्व नै भावुक भए.........
नेपाल मात्र होईन बिश्व नै भावुक भए......... शनिबार, असार १, २०८१
‘कानूनको अज्ञानता क्षम्य हुँदैन’: सिद्धान्त
‘कानूनको अज्ञानता क्षम्य हुँदैन’: सिद्धान्त बुधबार, पुस १८, २०८०
अगुवाहरूलाई सोच्ने फुर्सद कहाँ छ र ?
अगुवाहरूलाई सोच्ने फुर्सद कहाँ छ र ? मंगलबार, पुस १७, २०८०
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्