Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
बुधबार, चैत १५, २०७९
Dursanchar: News Portal
Radio add Radio add
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
IME Add IME Add
राजनीति
  • Home
  • राजनीति
  • नेपाली कांग्रेस र विपी स्मृति दिवस
नेपाली कांग्रेस र विपी स्मृति दिवस
मेघराज ओली
मेघराज ओली शुक्रबार, साउन ६, २०७९

हेटौंडा  : महामानव विश्वेश्वरप्रसाद कोइराला नेपालको राजनीतिक आकाशका मूधन्य व्यक्तित्व हुन् । नेपाली काँग्रेसको राजनीतिक सिद्धान्तको मूल मन्त्र वि.पी. को समाजवाद हो । समाजवाद भन्नाले समाजमा रहेका आर्थिक विषमता हटाई समुन्नती ल्याउनुपर्छ भन्ने र देशको सम्पूर्ण सम्पत्तिमा कसैको एकलौटी अधिकार हुन नदिई सबैले मिलेर परिश्रम गर्दै उत्पादन र उपभोक्ताका साधनमा समाजको साझा अधिकार रहनुपर्छ भन्ने राजनीतिक सिद्धान्त समाजवाद हो ।

 साझा भनेको सबै नेपालीको समान हक भएको एक साथ मिलेर काम गर्ने, साथ साथै काम गर्ने साझा सहकारी जस्तो वि.पी. को राजनीति थियो ।वि.पी. नेपाली राजनीतिका धरोहर हुन् । उहाँको जन्म वि.सं. १९७१ भाद्र २४ गते भएको थियो । उहाँ नेपाली काँग्रेसको आँखाको नानी हुनुहुन्थ्यो । वी.पी. को नेपाल र नेपाली जनताप्रति अगाध स्नेह थियो । अहिले पनि उहाँका सिद्धान्तले देश र जनताप्रति स्नेह उद्घोष गरिरहेका छन् ।
राम्रो सबैलाई मन पर्छ, नराम्रो कसैले चाहँदैनन् । हाम्रो नेपाली राजनीतिका धरोहर महामानव विश्वेश्वरप्रसाद कोइरालालाई घाँटीको क्यान्सर रोगले सताएको थियो । त्यही रोगका कारण उहाँको भौतिक शरीरलाई आत्मारुपी अदृश्य शक्तिले छाडिदियो । त्यो दिन थियो २०३९ साल श्रावण ६ गते । आज हामी उनै महामानवको ४१ lऔँ स्मृति दिवस मनाइ रहँदा उहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । यो दिनलाई हामी नेपाली काँग्रेसमा आस्था राख्ने जनहरूले वी.पी. स्मृति दिवसको रूपमा मनाउने गरेका छौँ । त्यति बेला वी.पी. प्रति श्रद्धा भक्ति अर्पण गर्दै उहाँको अस्तु ७५ ओटै जिल्लामा पुर्‍याइएको थियो । 

आज उहाँको ४१ औ स्मृति दिवस मनाइरहँदा उहाँप्रतिको स्मरण सम्झना हेक्का सबै काँग्रेसीजनहरूमा ताजै छ । नेपालका सम्पूर्ण जिल्लाहरूमा वी.पी. स्मृति प्रतिष्ठान खुलेका छन् । वी.पी. को भौतिक शरीर नभएतापनि उहाँको किर्तिमानी  नाम नेपालको इतिहासमा स्वर्णिम अक्षरले लेखिएको  छ ।
वि.पी. नेपालको राजनीतिमा मात्र होइन साहित्यमा पनि अग्रणी साहित्यकारको रूपमा पनि स्थापित हुनु भएको छ । वी.पी. को राजनीति र साहित्य क्षेत्र दुवैमा दिलैदेखिको सम्मान, श्रद्धा, अखण्ड विश्वास भएकोले उहाँको राजनीति र साहित्यमा आस्थाको राजनीति र साहित्य सेवा अविस्मरणीयरहेको छ । 
मोदिआइन, हिटलर र यहुदी उपन्यास, सुम्निमा, तीन घुम्ती वि.पी. का साहित्यिक कृति हुन् । मोदिआइन उपन्यास भित्र मोदिआइनले बालक पात्रले भनेकि छन् ठूला मानिस थरीथरीका हुन्छन् । असल मानिस भने एक थरीका हुन्छन् । ठूलो हुनुपट्टी  नलाग्नु असल हुनपट्टी लाग्नु भनिएको छ । हिटलर र यहुदी उपन्यासमा युद्धविरोधी अभिव्यक्ति दिएका छन् । जीवन र जगतको यथार्थलाई “सुम्निमा” उपन्यासबाट प्रष्ट पार्नु भएको छ । तीन घुम्ती उपन्यासबाट नारीको उच्च सम्मान गर्नु भएको छ । 

उहाँ सम्मान लिनका लागि होइन दिनका लागि हर घडी तयार हुनुहुन्थ्यो । उहिले देश र जनतालाई उच्च सम्मान गर्नुहुन्थ्यो । वि.सं. २०१७ साल पौष १ गते राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरेर निर्दलीय पञ्चायती व्यवस्था लागु गरे पछि वी.पी. भारत निर्वासित हुनु भएको थियो । १६ वर्षको निर्वासपछि नेपालको रास्टृयता संकटमा परिरहेको बेला नेपाल लाई बाहिय आक्रमण बाट जोगाउन नेपालका राजासँग आफ्नो घाँटी जोडिएको छ भन्दै २०३३ साल पुष १६ गते मेलमिलापको नीति लिएर नेपाल फर्कनु भएको थियो । 

राजा संवैधानिक राजा हुनुपर्छ शासक होइन भन्ने उहाँको स्पष्ट  धारणा थियो । मेलमिलाप मेल र मिलाप दुइ  शब्द मिलेर बनेको समास शब्द हो । मेल भनेको परस्पर भेट्ने काम, मिलाप, समागम, आपसको सद्भाव, मित्रता, मैत्री भन्ने अर्थ दिन्छ भने मिलाप भनेको मेल, संयोग भेट, मित्रता, आत्मियता मैत्री सम्बन्ध हिमचिम भन्ने अभिव्यक्ति दिन्छ । वि.पी. ले सधैँ मेलमिलापको राजनीति गर्नुभयो । उहाँले राजा र अन्य राजनीतिक दलहरू प्रति कहिल्यै पनि आक्षेपको राजनीति गर्नु भएन ।
राजा र देशका अन्य राजनीतिक दलहरूलाई उहाँले सम्मान गर्दै नेपाली काँग्रेसको राजनीतिक सिद्धान्तलाई अग्र पङ्क्तिमा राख्नु भयो । उहाँले गुटको राजनीति गर्नु भएन तर अहिले कांग्रेस भित्र उच्च तहका नेतृत्वका गुट , मध्यम खाले नेताका गुट अनि निम्न तहका नेताहरूको गुटगत स्वार्थले असल ,योग्य, क्षमतावान , पार्टी लाई जिवनत राख्न आफनो उर्वरा समय खर्चियका बैचारिक कार्यकर्ताहरुलाई सक्काउने अपबित्र काम भैरहेका छ्न । समुहगत र ब्यक्तिगत अन्याय पुर्ण गुटिय स्वार्थले पार्टीको बिचार र संगठन तहसनहस हुने भयकाले  गुटबन्दी सिर्जना हुन वी.पी. को राजनीतिका सिद्धान्त विरुद्धमा छ भन्ने कुरा आम कांग्रेसिजन ले बुझन अब अत्यन्तै जरुरी छ ।
वि.पी. ले पारस्परिक समझदारी र नैतिकताको राजनीति गर्नुभयो । त्यसैले उहाँ अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपालको सुपरिचित नेता हुनुभयो । उहाँले अरू दलका नेता कार्यकर्तालाई कहिल्यै पनि गाली गर्नु भएन । बरु आफ्नो पार्टीनेपाली काँग्रेसलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर सदैव प्रयासरत हुनुभयो र सफल पनि हुनुभयो । उहाँको पालामा अहिले जस्तो पार्टीभित्र गुट हुनु त परै जावस गुटबन्दीको कुनै आभाष नै थिएन । बिपिले आफ्न कमिकम्जोरी औल्याउने ब्यक्तिलाइ सधै प्रिय ठान्नु भयो । तर अहिलेका नेतृत्वलाइ सकारात्मक टिप्पणी गरेर सुझाव दिदा बिरोधिको बिल्ला भिरायर राजनीतिक हत्या गर्न समेत नेतृत्व तह पछि पर्दैन ।
अहिले पार्टीभित्रको गुटबन्दीले नेपाली काँग्रेसको छवि घट्न गएको छ । महामानव वी.पी. को बारेमा लेख्नु सूर्यका अगाडि टुकी बाल्नु समान हो । आज उहाँको स्मृति दिवस भएको हुनाले स्मरणको टुकी बाल्ने प्रयास मात्र गरिएको हो । आज वी.पी. को स्मृति दिवस नेपाली काँग्रेसका  केन्द्रीय, जिल्ला ,गाउँपालिका र एकाइ समेतका नेता कार्यकर्ताहरूले वी.पी. को सिद्धान्त बिरुद्ध  नेपाली काँग्रेसमा लागेको प्रतिस्पर्धात्मक अस्वच्छ गुटबन्दीको महारोगलाई अन्त्य गर्न  महामानव वी.पी. कोइरालाको आत्माले समेत सबैलाई प्रेरणा दिऊन् भन्ने कामनाका साथ स्वर्गीय आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  ०८:४५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
उपनिर्वाचनका लागि राप्रपाले तोक्यो चुनावी कमान्डर 
उपनिर्वाचनका लागि राप्रपाले तोक्यो चुनावी कमान्डर  मंगलबार, चैत १४, २०७९
सुरू भयो इम्बोस्ड नम्बर प्लेट नेपालीमा राख्ने प्रक्रिया
सुरू भयो इम्बोस्ड नम्बर प्लेट नेपालीमा राख्ने प्रक्रिया सोमबार, चैत १३, २०७९
प्रतिनिधिसभा बैठक आज बस्ने तयारी 
प्रतिनिधिसभा बैठक आज बस्ने तयारी  आइतबार, चैत १२, २०७९
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल 
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल  शनिबार, चैत ११, २०७९
माओवादी निर्णय : सोमबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिइने 
माओवादी निर्णय : सोमबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिइने  शनिबार, चैत ११, २०७९
‘मन्त्री पद खानेभन्दा पनि कांग्रेसलाई मजबुत बनाउन लागेको छु’ : महामन्त्री थापा
‘मन्त्री पद खानेभन्दा पनि कांग्रेसलाई मजबुत बनाउन लागेको छु’ : महामन्त्री थापा शनिबार, चैत ११, २०७९
'विकास र समृद्धिमा प्रेसको भूमिका महत्वपूर्ण' : प्रदेश सभामुख गुरुङ
'विकास र समृद्धिमा प्रेसको भूमिका महत्वपूर्ण' : प्रदेश सभामुख गुरुङ शनिबार, चैत ११, २०७९
'सामाजिक रूपान्तरणमा सामुदायिक रेडियोको अहम भूमिका' : प्रधानमन्त्री दाहाल
'सामाजिक रूपान्तरणमा सामुदायिक रेडियोको अहम भूमिका' : प्रधानमन्त्री दाहाल बिहीबार, चैत ९, २०७९
काँग्रेस महामन्त्री थापाले भने, 'प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन'
काँग्रेस महामन्त्री थापाले भने, 'प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन' बिहीबार, चैत ९, २०७९
Baijanath Gaupalika ko Jari Sandesh Baijanath Gaupalika ko Jari Sandesh
लोकप्रिय
  • Week
  • Month
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका खत्री निर्वाचित
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका खत्री निर्वाचित
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल 
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल 
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा देखियो उत्साह
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा देखियो उत्साह
बैजनाथमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, सर्बसाधारणलाई राहत
बैजनाथमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, सर्बसाधारणलाई राहत
उपमेयर राई हिरासतमै नबसेर धरौटीमा छुटे !
उपमेयर राई हिरासतमै नबसेर धरौटीमा छुटे !
चैते दशैँको अवसरमा शक्तिपीठमा भक्तजनको घुइँचो
चैते दशैँको अवसरमा शक्तिपीठमा भक्तजनको घुइँचो
मेरो कथा
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  दूरसञ्‍चार
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! दूरसञ्‍चार
अन्तर्वार्ता
‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’
‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’ दूरसञ्‍चार
‘क्याम्पसमा बिद्यार्थीका तमाम समस्यालाई उठान गर्नेछु’
‘क्याम्पसमा बिद्यार्थीका तमाम समस्यालाई उठान गर्नेछु’ दूरसञ्‍चार
‘मलाई विश्वास छ, मतदाता सबैले जिताउनु हुनेछ’
‘मलाई विश्वास छ, मतदाता सबैले जिताउनु हुनेछ’ दूरसञ्‍चार
Duduwa Gaupalika ko Jari Sandesh Duduwa Gaupalika ko Jari Sandesh
Rapti Sonari Gaupalika Khola ko Suchana Rapti Sonari Gaupalika Khola ko Suchana
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५१३२६३४३

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५१३२६३४३

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Dursanchar: News Portal
फेसबुक पेज
Dursanchar: News Portal
© Dursanchar: News Portal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्