Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • नयाँ पार्टी बिरासती पार्टीका लागि चुनौती
नयाँ पार्टी बिरासती पार्टीका लागि चुनौती
मेघराज ओली
मेघराज ओली शनिबार, मंसिर १०, २०७९

नेपालगन्ज : यसपटकको आम निर्वाचनमा थुप्रै अनपेक्षित परिणामहरु आइरहेको छन् । नेपालको राजनीतिमा मतदाताले पटक-पटक कोर्स परिवर्तन गर्दै आएका छन् । चितवन प्रतिनिधि सभा क्षेत्र नम्बर २ यसपटक अलि बढी चर्चामा रह्यो । 

नयाँ दल गठन भएको भर्खर ३ महिना पनि पुग्दा नपुग्दै चुनावी महासंग्राममा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीले देश ब्यापी रुपमा  अनपेक्षित परिणाम  हासिल गर्दै गर्दा यो पार्टीका सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र भएकोले चितवन–२ बढी चर्चामा रहनुलाई अस्वाभाविक त मान्न सकिदैन । 

नेपाली पत्रकारिताको इतिहासमा फरक ढंगले आफुलाई जनजीवनका सवालमा जवरजस्त प्रस्तुत गराउन सफल रबिले राजनीतिक यात्रामा पनि कोर्स परिवर्तन गर्न जवरजस्त कोशिस गरेको देखिन्छ ।

सदाबहार दलहरूलाई चुनौती दिदै सुखद परिणाम हांसिल गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन–२ मा आफ्ना प्रतिद्वन्दी बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पुर्बमन्त्री उमेश श्रेष्ठलाई ३४ हजार १ सय ६२ मतान्तर अर्थात् ४९ हजार २सय ६१ का विरुद्ध १५ हजार ९९ मतको फराकिलो मतान्तरले पराजित गरे ।

कम्युनिष्टको गढ मानिएको अझ नेकपा एमालेले पटक–पटक जित्दै आएको क्षेत्रमा नेकपा एमालेका नेता कृष्णभक्त श्रेष्ठलाई १४ हजार ६ सय ४९ मा सिमित गराउन रवि सफल भए । यो मत परिणाम हेर्दा मतदाता  कुनै दल विशेषका हुँदा रहेनछन् भन्ने पुष्टी हुन्छ । 

नयाँ दलको जवरजस्त उदयले सदावहार विरासती दलहरुलाई ठुलो चुनौती दिएको छ । यो चुनौतीलाई यदी मुख्य दलहरुले युग अनुसार परिवर्तन हुनका लागि अवसरका रुपमा लिन सक्ने हो भने आफ्नो सदावहार साख जोगिन सक्छ ।

होईन पुरानै इतिहास जेल नेलको दम्भमा पहिलेकै अहंकारी ढर्रामा  आलाकाँचाहरु धेरै दिन टिक्दैनन् भन्ने आँकलन गर्ने हो भने सर्वनास हुनबाट कसैले जोगाउन सक्दैन । हेक्का रहोस् विशाल भारतको राजधानी दिल्ली राज्यमा केजरिवालले नेतृत्व गरेको आम आदमी पार्टीलाई हिजो त्यहाँका विरासती दलले कमांलन गर्दा आज दिल्ली मात्रै होईन विशाल भारका अन्य राज्यमा पनि प्रभाव बढ्दैछ ।

नेपाल जस्तो अस्थिर राजनीतिक वातावरण हुर्कदै गएको अभाव नै अभावको प्रभाव मौलाउँदै गएको अल्पविकसित मुलुकमा नयाँ दलको प्रभाव मतदातामा जसरी पर्दै गएको छ, यसलाई कमजोर मुल्यांकन मुख्य दलहरूले गर्नु भुल हुनसक्छ ।

घण्टी(राष्ट्रिय स्वतन्त्र पार्टी) अनि ढकिया (नागरिक उन्मुक्ती पार्टी) को अहिलेको जनमतले यर्थातमा ठुला दलहरूलाई सच्चिनका निम्ति जनखबरदारी दिएको ठानेर पार्टी हाँक्नेले पुर्ण रुपमा समयको चापसँगै जनमैत्री ब्यवहार र सत्तामा पुग्नेहरुले जन–जनले रुपान्तरणको अनुभुती गर्ने काम गर्न नसक्ने हो भने अवस्था जटिल छ । ‘भिरबाट खस्न थालेको गाईको पुच्छर', जनताले समात्न छोडी नयाँ बाटो रोज्ने संकेत यो चुनावी परिणामले गरेको घाम जत्तिकै  छर्लग छ । 

इतिहास  जग हो, तर अब इतिहास मात्रै भट्यार अहिले इन्टरनेटको माध्यमबाट सूचनाको सबैभन्दा बढी पहुँच हुने समाजिक सञ्जालको दुनियासँग गहिरो पहुँच भएको जनताको मत लिन सकिदैन । युग सुहाउने खालको कार्ययोजना जनताको बीच पस्कन सक्ने योग्यता अनि क्षमताको विकाश विना अबको युगका नयाँ मतदाताको मत आकृष्ट गर्न सकिदैन भन्ने सन्देश यो चुनावले दिदैछ । मतदाता अटल हुदैनन् । स्थिर हुदैनन् । बरु चलायमान हुँदा रहेछन् भन्ने कुरा बुझ्न जरुरी छ । 

अबका मतदाताले नेतृत्वको भिजन पनि हेर्दा रहेछन् । अब भोटका लागि कुनै ठेकेदार, मुखिया, प्रधानको खोजी भन्दा एजेण्डाको खोजी गर्न सक्ने मतदाता भइसकेको आभास यस पटकको चुनावी महासंग्रामले गराएको कुरालाई नजरअन्दाज गर्नेहरूको अवस्था आउने दिनमा अझै जटिल हुन सक्छ भन्ने खबरदारी पनि हो । 

जनता निश्चल, निर्मल अनि निस्वार्थी छन् र पल–पलका हरेक घडीमा  समय सापेक्ष रुपमा रुपान्तरण चहान्छन् भन्ने आक्रामक झटारो पनि यो आम चुनावको महासंग्राममा जनता जनार्दनले साच्चिकै मतको दानबाट हानेका छन् । यसलाई कुनै आग्रह पूर्वाग्रह नठानी यथार्थ सहितको सत्यमा आधारित  राजनीतिको अविरल यात्राको पाठशालाको रुपमा ग्रहण गर्दै  मतदाताको विश्वास जित्न सकेको खण्डमा मात्र जनमतलाई परिवर्तन गर्न जो कोहीले नसक्ला भन्न सकिदैन । 

अहिलेको जनमत पुराना प्रतिको विविध खाले कामबाट उब्जिएको विकर्षण कै कारण नयाँ प्रति आकर्षण बढेको जनमत हो भन्दा कत्तिपनि हिच्किचाहट मान्नु हुदैन कि भन्ने मेरो निस्कर्ष हो ।
 


प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  ०८:१६
प्रतिक्रिया दिनुहोस्
थप विशेष
कांग्रेस सक्किने बाटो तय गर्नु बिडम्वना
कांग्रेस सक्किने बाटो तय गर्नु बिडम्वना बुधबार, पुस ३०, २०८२
'कांग्रेस भित्रको आन्तरिक द्धन्द्धको परिणाम निष्पट्ट उजाडै-उजाड मात्र हो'
'कांग्रेस भित्रको आन्तरिक द्धन्द्धको परिणाम निष्पट्ट उजाडै-उजाड मात्र हो' बुधबार, पुस २३, २०८२
'नरैनापुरलाई सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ'
'नरैनापुरलाई सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ' बुधबार, पुस ९, २०८२
'यदुवंशी' बन्ने दुस्साहस कसैले गर्ने छैन 
'यदुवंशी' बन्ने दुस्साहस कसैले गर्ने छैन  बुधबार, मंसिर २४, २०८२
ज्ञानेन्द्र शाह, आफूलाई नियन्त्रणमा राख्नुस् !
ज्ञानेन्द्र शाह, आफूलाई नियन्त्रणमा राख्नुस् ! आइतबार, चैत १७, २०८१
'जनताका चाहनालाई नजरअन्दाज गरिनु लोकतान्त्रिक गणतन्त्रका लागि हितकर होईन'
'जनताका चाहनालाई नजरअन्दाज गरिनु लोकतान्त्रिक गणतन्त्रका लागि हितकर होईन' बिहीबार, भदौ १३, २०८१
नेपाल मात्र होईन बिश्व नै भावुक भए.........
नेपाल मात्र होईन बिश्व नै भावुक भए......... शनिबार, असार १, २०८१
‘कानूनको अज्ञानता क्षम्य हुँदैन’: सिद्धान्त
‘कानूनको अज्ञानता क्षम्य हुँदैन’: सिद्धान्त बुधबार, पुस १८, २०८०
अगुवाहरूलाई सोच्ने फुर्सद कहाँ छ र ?
अगुवाहरूलाई सोच्ने फुर्सद कहाँ छ र ? मंगलबार, पुस १७, २०८०
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्