Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विचार
  • Home
  • विचार
  • कोरोना बिमामा नागरिकको लगानी, बालुवामा पानी 
कोरोना बिमामा नागरिकको लगानी, बालुवामा पानी 
विकास आचार्य
विकास आचार्य आइतबार, असोज १०, २०७८

नेपालगन्ज : २०७६ साल चैत्र ११ गतेबाट देश लकडाउन गर्न सरकार बाध्य भयो । त्यसको एउटै कारण थियो, विश्वभरी व्यापक रुपमा फैलिएको कोरोना । यस अवधिमा देशभित्र र बाहिरका सबै नाका बन्द गराइयो । देश विदेशमा रहेका मानिसहरु नेपाल प्रवेश गर्ने घुइचो बढ्यो ।

आपतकालिन अवस्था वाहेक अन्य राष्ट्रिय अन्तर्राष्ट्रिय उडान समेत बन्द भयो । शुरु अवस्थामा कसैलाई ज्वरो, रुघा खोकी लाग्यो भने उपचार गर्ने दायित्व सरकारी अस्पतालको मात्र हो भनी शुरुवात भयो । यस बिचमा निजी अस्पतालहरुले कोभिडका बिरामी हर्ने काम गरेनन् ।

पछि सरकारको दबाब र अस्पताल खारेजी प्रकृया सम्मको अवस्था आएपछि निजी अस्पतालहरुले पनि कोभिडका बिरामीको उपचारमा संलग्न रहेको देखियो । रोग नयाँ भएको कारण दुबै अस्पतालमा संलग्न स्वास्थ्यकर्मीहरुबाट सन्तोषजनक काम भएपनि व्यवहारमा त्यो सेवाको प्रभाव राम्रो रहेको पाइएन् ।   

कोरोना बिमा अभियान :
शुरु वर्षमा कोभिड नयाँ विषय भएको हुँदा यो कसरी अन्त हुन्छ, कसैलाई थाहा थिएन । यो अत्यन्त नौलो विषय थियो । वैज्ञानिकहरु यो रोगको भ्याक्सिनको खाजीमा लागे । सन् २०२० को डिसेम्बर सम्म भ्याक्सिन तयार हुने र भ्याक्सिन उत्पादन भएपछि क्रमशः कोरोना कम हुँदै जाने भनी विभिन्न देशहरुले दावी गर्न थाले भने डब्लु.एच.ओ.ले भ्याक्सिन उत्पादन भई बजारमा नआउँदा सम्म घरमै बस्न र निस्कनै परे मापदण्ड प्रयोग गर्न आग्रह गर्यो । यहि समयको मौका उठाई नेपालमा कोरोना बिमा अभियान अगाडी बढाइयो । 
कम्पनीहरुले जारी गरेका बिमा :
२०७७ साल बैशाख महिनामा देश लकडाउन मै थियो । मानिसहरुलाई कोरोना संक्रमण बढ्दै जाँदा बिमा कम्पनीले सरकारसँग समन्वय गरी कोरोना बिमा अभियान अगाडी बढाए । शुरु-शुरुमा त यो अभियान राम्रो चल्यो, कोरोना बिमा गर्नेको भिड भयो, बिमा कम्पनीले धान्न सक्ने अवस्था थिएन ।

पुनः बिमा कम्पनीलाई सरकारको निर्देशनमा बन्द गरियो । बिमा कम्पनीले जनतालार्ई बिमा गराउँदा कोभिड हुने बित्तिकै कोरोना बिमाको रकम तत्कालै भुक्तानी दिने छौँ भनि गराएका थिए । यो सेवा लिन सरकारी कार्यालयमा कार्यरत सरकारी कर्मचारी लगायत अन्य संघ संस्थामा कार्यरत सबै नागरिकहरुले कोभिड बिमा गराएका थिए ।

बिमा गराउँदाको उद्देश्य खिलाप :
अघिल्लो वर्ष कोरोना हुँदा सबैको घरमा सेल्फ आइसोलेसनमा बस्ने अवस्था थिएन । अस्पतालहरुमा पूर्वाधार प्रयाप्त थिएन । कारोनाको संख्यामा अत्याधिक चाप भएपछि घटाउनको लागि केही होटलहरुलाई सेल्फ आईसोलेसनमा व्यवस्थापन गर्ने काम शुरु भयो ।

सेल्फ आइसोलेसनमा बस्दा सो रकम व्यक्ति आपैmले बुझाउनु पर्ने थियो । शुरु वर्षमा सेल्फ आइसोलेसन १४ दिनसम्म बस्नु पर्ने थियो । कोरोना बिमा गराउनेहरुले होटेलमा बस्दा खाना र औषधी उपचारको खर्च रकम बिमाबाट तत्कालै पाउन बिमा कम्पनीसँग आवश्यक कागजात पेश गरेपनि रकम भुक्तानी पाउने अवस्था रहेन ।

त्यसको एउटै कारण थियो सेल्फ आइसोलेसनमा बसेको अवधी पूरा गरेको कागजातहरु पेश गरेपछि मात्र भुक्तानी हुनेछ भनी आश्वासन पाए तर जुन उद्देश्यको लागि बिमा गराइएको थियो सो उद्देश्य अनुरुप बिमा कम्पनीहरुले सबैलाई बिमा रकम भुक्तानी दिन सकेनन ।

तत्कालै पाउने सपना थियो, तत्कालै त के आज झण्डै १/२ वर्ष सम्म पनि पाउन सकेका छैनन् ।  अलग-अलग नागरिकले यस विषयमा बोलेको साझा आवाज सुन्ने र कार्यान्वयन गर्ने निकाय गैरजिम्मेवार भएका कारण कानूनी दायरामा ल्याउन नसकिएको हो भन्ने प्रष्ट देखिएको छ । 

बिमा कम्पनी र सरकारको लापरवाही :
एकातिर बिमा गर्ने नागरिकहरु मध्ये केही नागरिकको रकम भुक्तानी भएको छ, भने धेरै भन्दा धेरै नागरिकहरुको अझै रकम भुक्तानी हुन बाँकी छ । एउटै विषयमा केही नागरिकले समयमै रकम भुक्तानी पाउने र सोही विषयमा केही नागरिकको रकम भुक्तानी नहुँदा असमानता र विभेद गरेको देखिन्छ ।

सबै व्यक्तिको आ-आफ्नो समस्या भई दिँदा यो विषय राष्ट्रिय समस्याको विषय बन्न सकेन । कोरोना बिमाको रकम भुक्तानी दिन पर्ने दायित्व बिमा कम्पनीको हो वा सरकारको हो ? यो विषयमा सम्बन्धीत बिमा कम्पनी वा सरकारले सबैलाई जानकारी हुने गरी सार्वजनिक गर्नु पर्ने थियो । देशको बिडम्बना फितलो नीति नै हो ।

कोरोना बिमाको रकम भुक्तानी दिने जिम्मेवारी सरकार र त्यसका मातहतका निकायको क्षेत्र भित्रपर्ने हुँदा सार्वजनिक गरी जानकारी गराउने जिम्मा सरकारको हो । यो समस्याको समाधान गर्न सरकार तयार छ ? होइन भने लामो समय सम्म अल्झाएर रकम भुक्तानी नगर्ने र त्यसतर्फ पहल गरी निकास नदिने हो, भने बिमा कम्पनी र सरकार दुबै ‘ठग’ हुन भन्दा कुनै आपत्ति रहदैन । 

समस्या र समाधान :
कारोना बिमा गराएका मध्ये रकम पाउन बाँकी नागरिकहरुको हकमा लामो समय सम्म भुक्तानी पाउन नसक्नु नै आजको प्रमुख समस्या हो । यो कहिले सम्म पाइन्छ र कसले दिन्छ भन्ने नै अन्यौल छ । कोरोना भएकालाई रकम भुक्तानी नदिएको विषयमा सरकारले आफ्नो विषय नबनाएको हुँदा बिमा कम्पनीहरुले जनतालाई टेर्ने अवस्था छैन ।

आज हजारौँ नागरिक बिमा कम्पनीमा रकम आयो भनी १/२ वर्ष देखि दैनिक धाईरहेका छन् । के तिनीहरुले यही गर्न बिमा गरेका थिए ? राज्यले हेर्न पर्दैन ? त्यसकारण सरकार र यससँग सम्बन्धित सरोकारवाला र बिमा कम्पनीहरु बसेर समय मै समस्या समाधान गर्नुपर्ने देखिन्छ । कोरोना रकम भुक्तानी जति छिटो हुनेछ, त्यती नै छिटो यसको समाधान भएको देखिने छ र विमा कम्पनीहरु प्रति नागरिकले हेर्ने दृष्टिकोण राम्रो बन्ने हुन सक्छ । 

निष्कर्ष :
फेरिपनि सरकारको फितलो नीतिका कारण जनताले दुःख पाएको कुरामा दुई मत छैन । कोरोना बिमा गराउँदाको उद्देश्य अनुसार नै तत्कालै दिनु पर्ने रकम बिमा कम्पनीले दिन सकेनन् । के कारणले दिन सकेनन्, जनताले जानकारी पाएका छैनन् । त्यो बिमा कम्पनी र सरकारको विषय होला ।

तर, जनतालाई त बिमा कम्पनीले कोभिड भएमा रकम भुक्तानी गर्छु भनि पोलिसी जारी गरेका थिए । त्यो पोलिसीबाट बिमा कम्पनी पछी हट्न पाउने अवस्था छैन । पोलिसी अनुसारको रकम जसरी पनि बिमा कम्पनीले नागरिकलाई भुक्तानी गर्नुपर्ने हुन्छ । सरकारको चासो र कार्यान्वयन गर्ने क्षमता कम भयो भने पनि यस्ता समस्याले खेल्ने ठाउँ बढी पाउँछन् । त्यसको प्रत्यक्ष मारमा पर्ने जनता नै हुन् ।

लाखौँ नागरिकले गरेको कोरोना बिमाको रकम बालुवामा पानी भएको छ । सरकारको अस्पष्ट नीतिका कारण बिमा कम्पनी मोटाउने र सरकार रमिते भई नियमन नगरेको देखियो । कानूनको प्रयोग र पालना सबैले गर्नुपर्ने हुन्छ । सबैले यस विषयमा आ-आफ्नो क्षेत्रबाट खबरदार गरी लाखौँ नागरिकले गरेको कोरोना बिमा रकम भुक्तानी पाउने वातावरणमा सहयोग गरौँ । धन्यवाद ! 
(लेखक अधिवक्ता एवम् उच्च अदालत बार एशोसियशन नेपालगन्जका निर्वतमान अध्यक्ष हुन् )

यदी तपाईका पनि समसामयिक विषयमा लेखहरु छन्, भने हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ ।
-सम्पादक 

 


प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  १४:०७
प्रतिक्रिया दिनुहोस्
थप विचार
कांग्रेस सक्किने बाटो तय गर्नु बिडम्वना
कांग्रेस सक्किने बाटो तय गर्नु बिडम्वना बुधबार, पुस ३०, २०८२
'कांग्रेस भित्रको आन्तरिक द्धन्द्धको परिणाम निष्पट्ट उजाडै-उजाड मात्र हो'
'कांग्रेस भित्रको आन्तरिक द्धन्द्धको परिणाम निष्पट्ट उजाडै-उजाड मात्र हो' बुधबार, पुस २३, २०८२
'नरैनापुरलाई सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ'
'नरैनापुरलाई सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ' बुधबार, पुस ९, २०८२
'यदुवंशी' बन्ने दुस्साहस कसैले गर्ने छैन 
'यदुवंशी' बन्ने दुस्साहस कसैले गर्ने छैन  बुधबार, मंसिर २४, २०८२
ज्ञानेन्द्र शाह, आफूलाई नियन्त्रणमा राख्नुस् !
ज्ञानेन्द्र शाह, आफूलाई नियन्त्रणमा राख्नुस् ! आइतबार, चैत १७, २०८१
'जनताका चाहनालाई नजरअन्दाज गरिनु लोकतान्त्रिक गणतन्त्रका लागि हितकर होईन'
'जनताका चाहनालाई नजरअन्दाज गरिनु लोकतान्त्रिक गणतन्त्रका लागि हितकर होईन' बिहीबार, भदौ १३, २०८१
नेपाल मात्र होईन बिश्व नै भावुक भए.........
नेपाल मात्र होईन बिश्व नै भावुक भए......... शनिबार, असार १, २०८१
‘कानूनको अज्ञानता क्षम्य हुँदैन’: सिद्धान्त
‘कानूनको अज्ञानता क्षम्य हुँदैन’: सिद्धान्त बुधबार, पुस १८, २०८०
अगुवाहरूलाई सोच्ने फुर्सद कहाँ छ र ?
अगुवाहरूलाई सोच्ने फुर्सद कहाँ छ र ? मंगलबार, पुस १७, २०८०
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्