नेपालगन्ज : चाडपर्वको लहर छ । केही चाड सकिएका छन् भने प्रमुख चाड मुखमै छन् । तीज, बकराइद, मोहरर्म लगायतका चाड पर्व मनाईसकिएका छन् भने हिन्दु धर्मावलम्वीको महानपर्व दसैँ, तिहार र छठ जस्ता पर्व नजिएका छन् । विशेष र लामो अवधिसम्म मनाइने चाडपर्वका बेला धेरै जसो विदामा रहने गर्दछन् ।
अधिकांश व्यक्तिहरु आफ्नो मूल परिवार, पुख्र्याैली थातथलोमै गएर चाडपर्व मनाउने गर्ने गर्दछन् । चाड पर्वका बेला धेरै मान्छे आफन्त भेटघाट, रमाइलोमा मस्त र व्यस्त पनि हुन्छन् । त्यती बेला मान्छेको मनस्थिती पनि पर्वमय अर्थात उल्लासमय हुन्छ । सानादेखि ठुला, गरिबदेखि धनीसम्म सबै खुसी र आनन्द प्राप्तीको मार्गमा जुटेका हुन्छन् ।
यही चाडपर्वको सहज समयलाई अपराधीहरु भने उपयुक्त समयका रुपमा भरपुर प्रयोग गर्न उदत हुन्छन् । वर्ष दिनमा आउने महत्वपूर्ण चाडपर्वमा धेरै जसो शहरमा बस्नेहरु गाउँ जाने गर्दछन् ।
आफ्नो व्यवसायिक, पेशागत काम र जिम्मेवारी बोेझबाट धेरैले खुकुलो भएको महसुस गरिरहेका पनि हुन्छन् । अन्य कुरामा खासै चाँसो र ध्यान ध्यान दिइदैन । यही चाडपर्वको सहज समयलाई अपराधीहरु भने उपयुक्त समयका रुपमा भरपुर प्रयोग गर्न उदत हुन्छन् । वर्ष दिनमा आउने महत्वपूर्ण चाडपर्वमा धेरै जसो शहरमा बस्नेहरु गाउँ जाने गर्दछन् । कोही नभएकोमा यही मौकामा अपराधीले चोरी, लुटपाट जस्ता अपराध गर्ने गर्दछन् । चाडपर्वमा हुन सक्ने चोरी, लुटपाट जस्ता अपराध, प्रहरी र नागरिक कर्तव्यबारे यहाँ केलाउने प्रयास गरिएको छ ।
बढ्दो अपराध
चाडपर्वका बेला अनेकन खालका अपराधहरु हुन्छन् । विशेषतः दसैँ तिहार जस्ता चाडपर्वको मौका छोपी अपराधीहरुले विभिन्न अपराधका गतिविधीहरु बढाउने गर्दछन् । यस अवधिमा चोरी, लुटपाट, चन्दा असुली, तस्करी, कालोबजारी र सवारी दुर्घटना लगायतका घटना र अपराध बढी हुने गर्दछन् । अन्य समय भन्दाबढी चाडपर्वका बेला किनमेल बढी हुने भएकाले आर्थिक कारोबार पनि सोही अनुसार भइरहेको हुन्छ ।
बैंक, वित्तीय संस्था, सुनचाँदी पसलमा बढी भिडभाड बढने भएकाले ती क्षेत्रमा चोरी, लुटपाट हुने सम्भावना अधिक हुन्छ । पुजापाठ बढी हुने भएकाले मठमन्दिर, धार्मीक स्थलमा पनि दर्शनार्थीको भिडसँगै चोरीका घट्ना पनि बढने सम्भावना रहन्छ । ओहोर दोहोर बढी हुने भएकाले यातायात सेवा सहज नहुन सक्छ । सवारी साधान भरिभराउ हुने भएकाले यात्रु ठगिन सक्ने, लुटिन सक्ने सम्भावना पनि उत्तिकै रहन्छ । राजमार्गमा लुटपाटका घटना पनि बढ्न सक्छन् । क्षमता भन्दा बढी यात्रु राख्ने सम्भावना भएकाले सवारी दुर्घटना पनि बढ्ने हुन्छ ।
प्रहरीको जिम्मेवारी
आमजनताको जिउधनको सुरक्षा गर्नु र शान्ति सुरक्षाको वातावरण बनाइनु प्रहरीको प्रमुख काम हो । चाडपर्वका बेला सुरक्षा सम्वेदनशिलता बढ्ने हुँदा प्रहरी प्रशासन अरु बेला भन्दा थप चनाखो र अग्रसर हुनुपर्छ । सुरक्षाको सुनिश्चितता गर्नु राज्यको दायित्व पनि हो । त्यसतर्फ प्रहरी, प्रशासन बेलैमा सचेत र जिम्मेवार बन्न जरुरी छ । प्रहरी प्रशासनले चाडपर्र्व लक्षित छुट्टै र विशेष रणनीति योजना पनि बनाउने गर्दछ ।
अपराध नियन्त्रण योजना प्रचार गर्नु अपराधीहरुलाई दवावमा राख्ने हेतुले ठिक पनि हुन सक्ला । तर बढ्ता हल्ला गर्ने कार्यान्वयनमा नदेखिने हो भने जनताको विश्वास पनि गुम्ने हुन्छ ।
बाँके प्रहरीले सो योजना सार्वजनिक गरिसकेको छ । घटनाको प्रवृत्ती अनुसार रणनीती बनाइनु स्वभाविक पनि हो तर कतिपय अवस्थामा प्रहरीले आफु र आफनो योजनालाई बढ्ता चर्चामा ल्याउने काम पनि गर्दछ । अर्थात् प्रभावकारिताभन्दा पहिले नै सस्तो लोकप्रियता खोजिरहेको हुन्छ । अपराध नियन्त्रण योजना प्रचार गर्नु अपराधीहरुलाई दवावमा राख्ने हेतुले ठिक पनि हुन सक्ला । तर बढ्ता हल्ला गर्ने कार्यान्वयनमा नदेखिने हो भने जनताको विश्वास पनि गुम्ने हुन्छ ।
नाङ्लो ठटाएर हात्ती तर्साउने रणनीति प्रहरीले अपनाउन खोज्दा अपराधीहरु थप सचेत भएर अर्कै रणनीति पनि अवलम्वन गर्न सक्छन् । विगतको समिक्षा गर्दै पाठ सिकेर प्रहरीले नयाँ रणनीति लागु गर्नु पर्छ । आपराधिक घटना हुनै नदिन प्रहरी सचेत र तयार रहनु पर्दछ ।
अपराध हुन सक्ने सम्भावित स्थानको पहीचान गरि गस्ती, सुराकी बढाउने, सम्भावित संलग्नहरुको अनुमान गरि विशेष निगरानी गर्ने पनि गर्नु पर्दछ । आपराधिक गतिविधी हुन नदिन पुर्व तयारी के कस्तो गर्ने, रोकथामका विधी के कस्तो, कसरी अपनाउने आदी प्रहरीले बेलैमा अवलम्वन गर्नु पर्दछ ।
लुटपाट बढोत्तरी हुन्छ । यस्तै यातायातका साधानमा पनि क्षमता भन्दाबढी यात्रु राख्ने गरिन्छ जसका कारण लुटपाटसँगै सवारी दुर्घटना बढ्ने सम्भावना हुन्छ । यसतर्फ प्रहरी, ट्राफिक प्रहरीले विशेष कडाई र निगरानी बढाइनु पर्छ ।
चाडपर्वको मौसममा यात्रुहरुको आहोर दोहोर बढी हुने भएकाले यात्रुहरु लुटिन सक्ने, ठगिन सक्ने र दुर्घटनामा पर्न सक्ने सम्भावना प्रवल हुन्छ । भिडभाडमा पकेटमारहरु सक्रिय हुन्छन् । लुटपाट बढोत्तरी हुन्छ । यस्तै यातायातका साधानमा पनि क्षमता भन्दाबढी यात्रु राख्ने गरिन्छ जसका कारण लुटपाटसँगै सवारी दुर्घटना बढ्ने सम्भावना हुन्छ । यसतर्फ प्रहरी, ट्राफिक प्रहरीले विशेष कडाई र निगरानी बढाइनु पर्छ ।
वैंक, वित्तीय संस्था, सुनचाँदी पसलमा भिडभाड बढ्ने भएकाले ती क्षेत्रलाई प्राथमिकताका साथ सुरक्षा दिनुपर्ने हुन्छ । मठ मन्दिर लगायतका धार्मिक स्थलमा पनि सुरक्षा सतर्कता अपनाइनुपर्ने हुन्छ । हतियार देखाएर लुटपाट गर्ने, पेय तथा नशालु पदार्थ खुवाएर बहोश बनाएर लुटने भएकाले यसबाट जोगिन र आपराधिक गतिविधिको पहिचानका लागि चेतनामुलक कार्यक्रम पनि सञ्चालन गर्नुपर्ने हुन्छ ।
पछिल्लो समयमा शान्ति सुरक्षाका लागि आम नागरिकसँग प्रहरीले विभिन्न माध्यमबाट हातेमालो गरिरहेको छ । तथापी त्यसको प्रभावकारिता के कस्तो रह्यो ? त्यो भने त्यति सार्वजनिक गरिएको पाइदैन । यस्तै चाडपर्वको अवधिमा पुजापाठ, मुर्ति स्थापना, मन्दिर रंगरोगन आदिका नाममा जवरजस्ती पैंसा उठाउने, चन्दा असुल्ने प्रवृति पनि बढ्दो छ । यसलाई नियन्त्रण र निरुत्साहित गरिनुपर्छ ।
साथै प्रहरीले राजमार्ग सुरक्षा गस्ती बढाउने, मापसे चेक अभियान तिव्र पार्ने, ट्राफिक नियमको पालन गर्न लगाउने लगायतका विशेष अभियान पनि सञ्चालन गर्नु पर्छ । आम जनतालाई के कसरी सुरक्षित राख्न सकिन्छ ? के कस्ता अपराधका प्रवृति देखा परेका छन्? सो का बारे पनि प्रहरीले आम जनतालाई जानकारी गराउने र सचेत पार्नु पर्दछ ।
नागरिकको कर्तव्य
नागरिक पनि बिना बर्दीको प्रहरी हो । यो भनाई पक्कै पनि त्यसै भनीएको हैन । नागरिक स्वयं सचेत र जागरुक भइदिने हो भने अपराधका आधा घटना त्यसै कम हुने प्रहरीको अनुभव छ । कुनै आपराधिक गतिविधिको सूचना सर्व प्रथम प्रत्यक्षदर्शीका रुपमा होस् या स्थानीयका रुपमा उसले नै पाउने हो, तसर्थ त्यस्ता अवाञ्छित र शंकाष्पद गतिविधिको बेलैमा प्रहरीलाई खवर गर्न सके धेरै घटनाबाट जोगीन र जोगाउन सकिन्छ ।
तर हाम्रो समाजमा आफुलाई नपर्दा सम्म अघि सर्दैनन् । अपराधका घटनालाई पनि सामान्य ठानीदिन्छन् र आँखा चिम्लीदिने गर्छन् । यसले गर्दा अपराधमा संलग्नहरुको मनोवल बढ्ने र घटना पुनरावृति हुने सम्भावना हुन्छ । कतिपय अवस्थामा हाम्रै, आफ्नै कारणले पनि अपराधलाई बढवा मिलीरहेको हुन्छ । आफनो जीउधनको सुरक्षामा लाफरवाही गरिरहेका हुन्छौं, त्यसको फाइदा ती अपराधीले लिइरहेका हुन्छन् ।
घर बाहिर, कहीं टाढा जानु छ भने बहुमुल्य वस्तु सुरक्षित राखिनु पर्छ । झ्याल ढोका बन्द गरिनु पर्छ । छिमेकीलाई रेखदेखका लागि सुचित पनि गर्नु पर्छ । आपराधिक क्रियाक्लापको शंका लागेमा तुरुन्त प्रहरीलाई खवर गर्ने प्रवृति बसाल्नु पर्छ ।
घर बाहिर, कहीं टाढा जानु छ भने बहुमुल्य वस्तु सुरक्षित राखिनु पर्छ । झ्याल ढोका बन्द गरिनु पर्छ । छिमेकीलाई रेखदेखका लागि सुचित पनि गर्नु पर्छ । आपराधिक क्रियाक्लापको शंका लागेमा तुरुन्त प्रहरीलाई खवर गर्ने प्रवृति बसाल्नु पर्छ । आफनो चोरी भएको हैन, भनेर चुप लाग्ने गर्नाले चोरलाई थप हौसला मिल्ने हुन्छ । घटना पुनरावृति हुन्छ । चाडपर्वको समयमा आमसर्वसाधारण स्वयं जिउधनको सरक्षार्थ सचेत हुन जरुरी छ ।
यात्रामा निस्किदा महंगा गरगहना नलगाउने, ठुलो धनराशी नबोक्ने, आर्थिक कारोवार वैंकमार्फत गर्ने बानी बसाल्नु पर्दछ । चाड पर्वको समय त्यसै पनि सम्वेदनशिल अवस्था हो । यस्तो बेला धार्मिक, सामाजिक सदभाव र धार्मीक सहिष्णुता कायम राख्न पनि नागरिकको अंह भूमिका हुनुपर्दछ । (लेखक, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष हुन् )
लेखकबाट थप :
सनतका फरक पाटा
यदी तपाईका पनि समसामयिक विषयमा लेखहरु छन्, भने हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ ।
-सम्पादक
शुभकामना बडादसैँको - भिडियो