Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विचार
  • Home
  • विचार
  • चाडपर्वमा सम्भावित अपराध
चाडपर्वमा सम्भावित अपराध
शुक्रऋषि चौलागाई
शुक्रऋषि चौलागाई बिहीबार, असोज २८, २०७८

नेपालगन्ज : चाडपर्वको लहर छ । केही चाड सकिएका छन् भने प्रमुख चाड मुखमै छन् । तीज, बकराइद, मोहरर्म लगायतका चाड पर्व मनाईसकिएका छन् भने हिन्दु धर्मावलम्वीको महानपर्व दसैँ, तिहार र छठ जस्ता पर्व नजिएका छन् । विशेष र लामो अवधिसम्म मनाइने चाडपर्वका बेला धेरै जसो विदामा रहने गर्दछन् ।

अधिकांश व्यक्तिहरु आफ्नो मूल परिवार, पुख्र्याैली थातथलोमै गएर चाडपर्व मनाउने गर्ने गर्दछन् । चाड पर्वका बेला धेरै मान्छे आफन्त भेटघाट, रमाइलोमा मस्त र व्यस्त पनि हुन्छन् । त्यती बेला मान्छेको मनस्थिती पनि पर्वमय अर्थात उल्लासमय हुन्छ । सानादेखि ठुला, गरिबदेखि धनीसम्म सबै खुसी र आनन्द प्राप्तीको मार्गमा जुटेका हुन्छन् ।

यही चाडपर्वको सहज समयलाई अपराधीहरु भने उपयुक्त समयका रुपमा भरपुर प्रयोग गर्न उदत हुन्छन् । वर्ष दिनमा आउने महत्वपूर्ण चाडपर्वमा धेरै जसो शहरमा बस्नेहरु गाउँ जाने गर्दछन् ।

आफ्नो व्यवसायिक, पेशागत काम र जिम्मेवारी बोेझबाट धेरैले खुकुलो भएको महसुस गरिरहेका पनि हुन्छन् । अन्य कुरामा खासै चाँसो र ध्यान ध्यान दिइदैन । यही चाडपर्वको सहज समयलाई अपराधीहरु भने उपयुक्त समयका रुपमा भरपुर प्रयोग गर्न उदत हुन्छन् । वर्ष दिनमा आउने महत्वपूर्ण चाडपर्वमा धेरै जसो शहरमा बस्नेहरु गाउँ जाने गर्दछन् । कोही नभएकोमा यही मौकामा अपराधीले चोरी, लुटपाट जस्ता अपराध गर्ने गर्दछन् । चाडपर्वमा हुन सक्ने चोरी, लुटपाट जस्ता अपराध, प्रहरी र नागरिक कर्तव्यबारे यहाँ केलाउने प्रयास गरिएको छ । 

बढ्दो अपराध 
चाडपर्वका बेला अनेकन खालका अपराधहरु हुन्छन् ।  विशेषतः दसैँ तिहार जस्ता चाडपर्वको मौका छोपी अपराधीहरुले विभिन्न अपराधका गतिविधीहरु बढाउने गर्दछन् । यस अवधिमा चोरी, लुटपाट, चन्दा असुली, तस्करी, कालोबजारी र सवारी दुर्घटना लगायतका घटना र अपराध बढी हुने गर्दछन् । अन्य समय भन्दाबढी चाडपर्वका बेला किनमेल बढी हुने भएकाले आर्थिक कारोबार पनि सोही अनुसार भइरहेको हुन्छ ।

बैंक, वित्तीय संस्था, सुनचाँदी पसलमा बढी भिडभाड बढने भएकाले ती क्षेत्रमा चोरी, लुटपाट हुने सम्भावना अधिक हुन्छ । पुजापाठ बढी हुने भएकाले मठमन्दिर, धार्मीक स्थलमा पनि दर्शनार्थीको भिडसँगै चोरीका घट्ना पनि बढने सम्भावना रहन्छ । ओहोर दोहोर बढी हुने भएकाले यातायात सेवा सहज नहुन सक्छ । सवारी साधान भरिभराउ हुने भएकाले यात्रु ठगिन सक्ने, लुटिन सक्ने सम्भावना पनि उत्तिकै रहन्छ । राजमार्गमा लुटपाटका घटना पनि बढ्न सक्छन् । क्षमता भन्दा बढी यात्रु राख्ने सम्भावना भएकाले सवारी दुर्घटना पनि बढ्ने हुन्छ । 

प्रहरीको जिम्मेवारी 
आमजनताको जिउधनको सुरक्षा गर्नु र शान्ति सुरक्षाको वातावरण बनाइनु प्रहरीको प्रमुख काम हो । चाडपर्वका बेला सुरक्षा सम्वेदनशिलता बढ्ने हुँदा प्रहरी प्रशासन अरु बेला भन्दा थप चनाखो र अग्रसर हुनुपर्छ । सुरक्षाको सुनिश्चितता गर्नु राज्यको दायित्व पनि हो । त्यसतर्फ प्रहरी, प्रशासन बेलैमा सचेत र जिम्मेवार बन्न जरुरी छ । प्रहरी प्रशासनले चाडपर्र्व लक्षित छुट्टै र विशेष रणनीति योजना पनि बनाउने गर्दछ ।

अपराध नियन्त्रण योजना प्रचार गर्नु अपराधीहरुलाई दवावमा राख्ने हेतुले ठिक पनि हुन सक्ला । तर बढ्ता हल्ला गर्ने कार्यान्वयनमा नदेखिने हो भने जनताको विश्वास पनि गुम्ने हुन्छ ।

बाँके प्रहरीले सो योजना सार्वजनिक गरिसकेको छ । घटनाको प्रवृत्ती अनुसार रणनीती बनाइनु स्वभाविक पनि हो तर कतिपय अवस्थामा प्रहरीले आफु र आफनो योजनालाई बढ्ता चर्चामा ल्याउने काम पनि गर्दछ । अर्थात् प्रभावकारिताभन्दा पहिले नै सस्तो लोकप्रियता खोजिरहेको हुन्छ । अपराध नियन्त्रण योजना प्रचार गर्नु अपराधीहरुलाई दवावमा राख्ने हेतुले ठिक पनि हुन सक्ला । तर बढ्ता हल्ला गर्ने कार्यान्वयनमा नदेखिने हो भने जनताको विश्वास पनि गुम्ने हुन्छ ।

नाङ्लो ठटाएर हात्ती तर्साउने रणनीति प्रहरीले अपनाउन खोज्दा अपराधीहरु थप सचेत भएर अर्कै रणनीति पनि अवलम्वन गर्न सक्छन् । विगतको समिक्षा गर्दै पाठ सिकेर प्रहरीले नयाँ रणनीति लागु गर्नु पर्छ । आपराधिक घटना हुनै नदिन प्रहरी सचेत र तयार रहनु पर्दछ ।

अपराध हुन सक्ने सम्भावित स्थानको पहीचान गरि गस्ती, सुराकी बढाउने, सम्भावित संलग्नहरुको अनुमान गरि विशेष निगरानी गर्ने पनि गर्नु पर्दछ । आपराधिक गतिविधी हुन नदिन पुर्व तयारी के कस्तो गर्ने, रोकथामका विधी के कस्तो, कसरी अपनाउने आदी प्रहरीले बेलैमा अवलम्वन गर्नु पर्दछ ।  

लुटपाट बढोत्तरी हुन्छ । यस्तै यातायातका साधानमा पनि क्षमता भन्दाबढी यात्रु राख्ने गरिन्छ जसका कारण लुटपाटसँगै सवारी दुर्घटना बढ्ने सम्भावना हुन्छ । यसतर्फ प्रहरी, ट्राफिक प्रहरीले विशेष कडाई र निगरानी बढाइनु पर्छ ।

चाडपर्वको मौसममा यात्रुहरुको आहोर दोहोर बढी हुने भएकाले यात्रुहरु लुटिन सक्ने, ठगिन सक्ने र दुर्घटनामा पर्न सक्ने सम्भावना प्रवल हुन्छ । भिडभाडमा पकेटमारहरु सक्रिय हुन्छन् । लुटपाट बढोत्तरी हुन्छ । यस्तै यातायातका साधानमा पनि क्षमता भन्दाबढी यात्रु राख्ने गरिन्छ जसका कारण लुटपाटसँगै सवारी दुर्घटना बढ्ने सम्भावना हुन्छ । यसतर्फ प्रहरी, ट्राफिक प्रहरीले विशेष कडाई र निगरानी बढाइनु पर्छ ।

वैंक, वित्तीय संस्था, सुनचाँदी पसलमा भिडभाड बढ्ने भएकाले ती क्षेत्रलाई प्राथमिकताका साथ सुरक्षा दिनुपर्ने हुन्छ । मठ मन्दिर लगायतका धार्मिक स्थलमा पनि सुरक्षा सतर्कता अपनाइनुपर्ने हुन्छ । हतियार देखाएर लुटपाट गर्ने, पेय तथा नशालु पदार्थ खुवाएर बहोश बनाएर लुटने भएकाले यसबाट जोगिन र आपराधिक गतिविधिको पहिचानका लागि चेतनामुलक कार्यक्रम पनि सञ्चालन गर्नुपर्ने हुन्छ ।

पछिल्लो समयमा शान्ति सुरक्षाका लागि आम नागरिकसँग प्रहरीले विभिन्न माध्यमबाट हातेमालो गरिरहेको छ । तथापी त्यसको प्रभावकारिता के कस्तो रह्यो ? त्यो भने त्यति सार्वजनिक गरिएको पाइदैन । यस्तै चाडपर्वको अवधिमा पुजापाठ, मुर्ति स्थापना, मन्दिर रंगरोगन आदिका नाममा जवरजस्ती पैंसा उठाउने, चन्दा असुल्ने प्रवृति पनि बढ्दो छ । यसलाई नियन्त्रण र निरुत्साहित गरिनुपर्छ ।

साथै प्रहरीले राजमार्ग सुरक्षा गस्ती बढाउने, मापसे चेक अभियान तिव्र पार्ने, ट्राफिक नियमको पालन गर्न लगाउने लगायतका  विशेष अभियान पनि सञ्चालन गर्नु पर्छ । आम जनतालाई के कसरी सुरक्षित राख्न सकिन्छ ? के कस्ता अपराधका प्रवृति देखा परेका छन्? सो का बारे पनि प्रहरीले आम जनतालाई जानकारी गराउने र सचेत पार्नु पर्दछ ।

नागरिकको कर्तव्य 
नागरिक पनि बिना बर्दीको प्रहरी हो ।  यो भनाई पक्कै पनि त्यसै भनीएको हैन । नागरिक स्वयं सचेत र जागरुक भइदिने हो भने अपराधका आधा घटना त्यसै कम हुने प्रहरीको अनुभव छ । कुनै आपराधिक गतिविधिको सूचना सर्व प्रथम प्रत्यक्षदर्शीका रुपमा होस् या स्थानीयका रुपमा उसले नै पाउने हो, तसर्थ त्यस्ता अवाञ्छित र शंकाष्पद गतिविधिको बेलैमा प्रहरीलाई खवर गर्न सके धेरै घटनाबाट जोगीन र जोगाउन सकिन्छ ।

तर हाम्रो समाजमा आफुलाई नपर्दा सम्म अघि सर्दैनन् । अपराधका घटनालाई पनि सामान्य ठानीदिन्छन्  र आँखा चिम्लीदिने गर्छन् । यसले गर्दा अपराधमा संलग्नहरुको मनोवल बढ्ने र घटना पुनरावृति हुने सम्भावना हुन्छ । कतिपय अवस्थामा हाम्रै, आफ्नै कारणले पनि अपराधलाई बढवा मिलीरहेको हुन्छ । आफनो जीउधनको सुरक्षामा लाफरवाही गरिरहेका हुन्छौं, त्यसको फाइदा ती अपराधीले लिइरहेका हुन्छन् ।

घर बाहिर, कहीं टाढा जानु छ भने बहुमुल्य वस्तु सुरक्षित राखिनु पर्छ । झ्याल ढोका बन्द गरिनु पर्छ । छिमेकीलाई रेखदेखका लागि सुचित पनि गर्नु पर्छ । आपराधिक क्रियाक्लापको शंका लागेमा तुरुन्त प्रहरीलाई खवर गर्ने प्रवृति बसाल्नु पर्छ ।

घर बाहिर, कहीं टाढा जानु छ भने बहुमुल्य वस्तु सुरक्षित राखिनु पर्छ । झ्याल ढोका बन्द गरिनु पर्छ । छिमेकीलाई रेखदेखका लागि सुचित पनि गर्नु पर्छ । आपराधिक क्रियाक्लापको शंका लागेमा तुरुन्त प्रहरीलाई खवर गर्ने प्रवृति बसाल्नु पर्छ । आफनो चोरी भएको हैन, भनेर चुप लाग्ने गर्नाले चोरलाई थप हौसला मिल्ने हुन्छ । घटना पुनरावृति हुन्छ । चाडपर्वको समयमा आमसर्वसाधारण स्वयं जिउधनको सरक्षार्थ सचेत हुन जरुरी छ ।

यात्रामा निस्किदा महंगा गरगहना नलगाउने, ठुलो धनराशी नबोक्ने, आर्थिक कारोवार वैंकमार्फत गर्ने बानी बसाल्नु पर्दछ । चाड पर्वको समय त्यसै पनि सम्वेदनशिल अवस्था हो । यस्तो बेला धार्मिक, सामाजिक सदभाव र धार्मीक सहिष्णुता कायम राख्न पनि नागरिकको अंह भूमिका हुनुपर्दछ । (लेखक, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष हुन् )

लेखकबाट थप  :

सनतका फरक पाटा

यदी तपाईका पनि समसामयिक विषयमा लेखहरु छन्, भने हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ ।
-सम्पादक 

शुभकामना बडादसैँको - भिडियो 


प्रकाशित मिति: बिहीबार, असोज २८, २०७८  १३:२४
प्रतिक्रिया दिनुहोस्
थप विचार
कांग्रेस सक्किने बाटो तय गर्नु बिडम्वना
कांग्रेस सक्किने बाटो तय गर्नु बिडम्वना बुधबार, पुस ३०, २०८२
'कांग्रेस भित्रको आन्तरिक द्धन्द्धको परिणाम निष्पट्ट उजाडै-उजाड मात्र हो'
'कांग्रेस भित्रको आन्तरिक द्धन्द्धको परिणाम निष्पट्ट उजाडै-उजाड मात्र हो' बुधबार, पुस २३, २०८२
'नरैनापुरलाई सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ'
'नरैनापुरलाई सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ' बुधबार, पुस ९, २०८२
'यदुवंशी' बन्ने दुस्साहस कसैले गर्ने छैन 
'यदुवंशी' बन्ने दुस्साहस कसैले गर्ने छैन  बुधबार, मंसिर २४, २०८२
ज्ञानेन्द्र शाह, आफूलाई नियन्त्रणमा राख्नुस् !
ज्ञानेन्द्र शाह, आफूलाई नियन्त्रणमा राख्नुस् ! आइतबार, चैत १७, २०८१
'जनताका चाहनालाई नजरअन्दाज गरिनु लोकतान्त्रिक गणतन्त्रका लागि हितकर होईन'
'जनताका चाहनालाई नजरअन्दाज गरिनु लोकतान्त्रिक गणतन्त्रका लागि हितकर होईन' बिहीबार, भदौ १३, २०८१
नेपाल मात्र होईन बिश्व नै भावुक भए.........
नेपाल मात्र होईन बिश्व नै भावुक भए......... शनिबार, असार १, २०८१
‘कानूनको अज्ञानता क्षम्य हुँदैन’: सिद्धान्त
‘कानूनको अज्ञानता क्षम्य हुँदैन’: सिद्धान्त बुधबार, पुस १८, २०८०
अगुवाहरूलाई सोच्ने फुर्सद कहाँ छ र ?
अगुवाहरूलाई सोच्ने फुर्सद कहाँ छ र ? मंगलबार, पुस १७, २०८०
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्